प्रधानमन्त्री देउवालाई ओली र प्रचण्डको खबरदारी : ओलीका तीन प्रश्न देउवाका यस्तो तीन जवाफ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

शुरोजंग पाण्डे/नयाँ पत्रिका

१० र २१ मंसिरको निर्वाचन यताउति हुन्न, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति सार्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । मिति सार्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा बाहिर आएका खबरले संशय पैदा भएको भन्दै उनीहरूले बिहीबार देउवालाई भेटेरै संविधान र निर्वाचन आचारसंहिताविपरीत कदम नचाल्न सचेत गराएका हुन् ।

देउवालाई भेट्न ओली र प्रचण्डसँगै एमाले नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । उनीहरूले निर्वाचन सर्ने हल्ला, मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा सदस्यसम्बन्धी विधेयकलगायतका विषयमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए ।

तोकिएकै मितिमा निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ओली र प्रचण्डले तीनवटा विषयमा केन्द्रित रहेर प्रश्न राखेपछि प्रधानमन्त्री देउवाले आशंका निवारण हुने गरी जवाफ दिएका थिए । ‘प्रधानमन्त्रीज्यूले तोकिएकै मितिमा दुवै चरणको निर्वाचन गर्न प्रतिबद्ध छु, मैले आज पनि यही घोषणा गरेँ भन्दै आशंका निवारण हुने गरी प्रतिबद्धता जनाउनुभएको छ,’ एमाले उपनेता नेम्वाङले भने । तीन दलका शीर्ष नेता सम्मिलित छलफलले १० र २१ मंसिरमैै निर्वाचन गर्न पूर्ण प्रतिबद्ध रहेको निष्कर्ष निकालेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्रीले चुनावको मिति र कार्यतालिकामा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । ‘प्रधानमन्त्रीज्यूले बैठक सुरु गर्दै मिति र कार्यतालिका दुवै हेरफेर हुँदैन, आशंका नगरौँ भन्दै आश्वस्त पार्ने प्रयास गर्नुभो,’ उनले भने, ‘चुनाव गर्ने दायित्व मेरो हो, म गराउँछु भन्नुभयो ।’ देउवाले निर्वाचन आचारसंहिता पालनाप्रतिसमेत प्रतिबद्ध रहेको जनाएर राष्ट्रिय सभासम्बन्धी विधेयक भने थप छलफल गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए । नेताहरूबीच शुक्रबार थप छलफलमार्फत सहमतिमै विधेयक पारित गर्ने समझदारी पनि भएको छ ।

ओलीको पहिलो प्रश्न

ओली : तपाईंले त अचेल हामीलाई चटक्कै बिर्सिनुभो नि ?

प्रधानमन्त्री : त्यस्तो होइन । मलाई पनि बोलाउनुपर्छ भन्ने नै लागेको थियो, तपाईंहरू आउनुभो, राम्रो भो ।

सकारात्मक सन्देशका लागि छलफल

अहिलेको सन्दर्भमा विभिन्न कुरा उठिरहेका छन् । चुनाव सर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेजस्ता कुरा बाहिर आइरहेका छन् । यस्तो वेला प्रमुख तीन दल एकै ठाउँ बसेर कुराकानी गर्नुपर्ने आवश्यकता थियो । त्यसैले प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका नेता र हामी (माओवादी केन्द्र) सँगै बसेर राम्रो सन्देश दिन छलफल गरौँ भनेर तपाईंलाई आग्रह गरेको थिएँ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे बोलेनन् देउवा

भेटमा ओली र प्रचण्डले सम्बन्धित दलसँगको परामर्श र सहमतिविनै संविधान र निर्वाचन आचारसंहिताविपरीत मन्त्रिपरिषद् पुनर्गठनको कदम नचाल्न चेतावनी दिए पनि देउवाले त्यसबारे स्पष्ट जवाफ दिएनन् । ‘उहाँले म निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध छु मात्रै भन्नुभो, पुनर्गठन गर्ने कि नगर्ने विषयमा कुरै निकाल्नुभएन,’ बैठकपछि एक नेताले भने ।

ओलीका तीन प्रश्न देउवाका तीन जवाफ

ओली : चुनाव सर्ने त्यत्रा कुरा उठिरहेका छन् । खास कुरा के हो, प्रमुख प्रतिपक्षीसहित तीन दलमा कुनै छलफल छैन । के गर्न खोज्दै हुनुहुन्छ तपाईं ?

देउवा : लामो कुरा धेरै किन गर्ने ? १० र २१ मंसिरको चुनाव यताउति हुँदैन, तोकिएकै मितिमा हुन्छ । तोकिएकै समयमै गर्छु । यो मेरो प्रतिबद्धता हो, घोषणा पनि हो ।

ओली : चुनावको प्रक्रिया सुरु भइसक्यो । तपाईं कहिले राज्यमन्त्री थप्ने, कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा गर्नुहुन्छ । यो सरकारको काम त चुनाव सम्पन्न गराएर नयाँ संसद्बाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने हो, निर्वाचन आचारसंहिताका कारण सिन्को पनि भाँच्न पाइँदैन । निर्वाचन आचारसंहिताबारे के हो तपाईंको प्रतिबद्धता ?

देउवा : होइन, त्यस्तो हुँदैन । म आचारसंहिता पूर्ण पालना गरिहाल्छु नि ।

ओली : विधेयक सरकारले पेस गर्ने हो । आफैँले एकल संक्रमणीय मत प्रणालीबाट निर्वाचित नहुने गरी संसद्मा राष्ट्रिय सभा सदस्यसम्बन्धी विधेयक पेस गर्ने अनि अहिले त्यही प्रणालीबाट निर्वाचित हुनुपर्छ भनेर विधेयक पास नगर्ने के हो ताल ? तपाईंहरू पास गर्न खोज्दै हुनुहुन्छ कि भाग्दै हुनुहुन्छ ?

देउवा : त्यतिवेला गल्ती भएछ, के गर्ने । एकल संक्रमणीय प्रणालीबाटै राष्ट्रिय सभाका सदस्य निर्वाचित हुनुपर्छ भन्ने हाम्रो धारणा छ । बसौँ, छलफल गरौँ ।

प्रचण्डको पहलमा छलफल

सरकारले निर्वाचन सार्ने तथा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको खबर बाहिर आएपछि माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफलका लागि समय मागेका थिए । गत मंगलबार कानुन व्यवसायीहरूसँगको छलफलपछि संविधान र आचारसंहिताविपरीत दुवै काम नगर्न प्रधानमन्त्रीलाई भेटेरै सजग गराउने सहमति ओली र प्रचण्डबीच भएको थियो ।