केसी अनशनको आठौँ दिन, विधेयक पास गराउन सभामुखले विशेष अधिकार प्रयोग गर्नुपर्छ : केसी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

अर्जुन अधिकारी/नयाँ पत्रिका

आठ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास गराउन सभामुखले विशेष अधिकार प्रयोग गर्नुपर्ने बताएका छन् । संसद्को अवधि शुक्रबार सकिने भएपछि उनले सभामुख ओनसरी घर्तीमगरलाई विशेष अधिकार प्रयोग गरेर विधेयक पास गराउन अपिल गरेका हुन् ।

अनशनस्थल महाराजगन्जमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै केसीले सभामुखलाई माफियाको पक्षमा नभई जनता र देशको पक्षमा उभिन आग्रह गरे । बुधबार र बिहीबारको संसद्मा चिकित्सा शिक्षा विधेयक पेस नगर्नु दुःखद भएको उनले बताए । ‘महिला, बालबालिका तथा ज्येष्ठ समितिले तोडमोड गरेको विधेयकलाई सरकारले केही परिमार्जन गरेर ल्याउन लागेको छ,’ केसीले भने, ‘तर, माफियाको प्रलोभनमा परेका सांसदहरूले यसलाई रोकिरहेका छन् । यसलाई जनताले बुझ्न जरुरी छ ।’

उनले कुनै पनि हालतमा चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने संसद् बैठकबाट पास हुनुपर्ने माग गरे । ‘म भोकै अनशन बसेको छु, मेरो लागि होइन, देशका लागि हो,’ डा. केसीले भने, ‘माथेमा कार्यदलले तयार पारेको प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउँछ, त्यसैले चिकित्सा शिक्षा विधेयक यही संसद्ले पास गर्नुपर्छ ।’

सांसद घृणीत कार्यमा जुटे

डा. केसीले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि आफूले बारम्बार लडिरहेको बताए । ‘ऐन बनाउने ठाउँमा जनताले चुनेर पठाएका सांसदहरू छन्,’ उनले भने, ‘तर, जनताको भन्दा व्यापारिक स्वार्थमा उनीहरू जोडिएका छन् ।’ सांसदहरू घृणीत कार्यमा जुटेको उनको आरोप छ । ‘अहिले हाम्रो दबाबमा सरकारले तोडमोड गरेको ऐनलाई केही परिमार्जन गरेर प्रस्तुत गर्न लागेको थियो, तर घृणीत व्यक्तिहरूले त्यसलाई बिथोल्न सफल भएका छन्,’ उनले भने । सबै मिलेर विधेयक पास नगराउने षड्यन्त्रमा लागेको उनको भनाइ छ ।

केसीको मुटुमा समस्या भएको चिकित्सकको आशंका

डा. गोविन्द केसीको उपचारमा संलग्न मेडिकल टिमले उनको मुटुमा असर परेको हुन सक्ने आशंका गरेका छन् । ‘छोटो अवधिमै शरीरका मांसपेशी कमजोर बन्दै जानुले मुटुमा असर परेको अनुमान गरिएको हो,’ मेडिकल टिमकी संयोजक डा. दिव्या सिंहले भनिन् । उनले यही अवस्था रहे मुटुमा थप समस्या भई कुनै पनि समय अप्रिय घटना घट्न सक्ने बताइन् ।

‘स्वास्थ्य परीक्षणपछिको रिपोर्ट हेर्दा केसीको मुटुमा असर पारिसकेको जस्तो देखिन्छ,’ डा. सिंहले भनिन्, ‘२४ घन्टामा ६ वटासम्म सलाइन पानी दिँदा पनि शरीरलाई आवश्यक पर्ने कुनै तत्व बढेको छैन । यही अवस्था रहने हो भने, जुनसुकै समयमा पनि मुटुको चाल रोकिन सक्छ ।’ केसीलाई रिँगटा लागिरहने, शरीरका मांसपेशीहरू दुख्ने, बाउँडिने साथै छातीमा दुखाइ बढिरहेको उनले बताइन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार केसीको शरीरमा रहेको सेतो रगतको मात्रा कम हँुदै गएको, म्याग्निजियम, क्याल्सियम, सोडियम, पोटासियम र प्रोटिनको मात्रा कम छ । ब्लडप्रेसर निरन्तर घट्ने क्रममा छ । ‘पटक–पटकको अनशनले डा. केसी चाँडै शिथिल बन्दै गएको मेडिकल रिपोर्टले देखाउँछ,’ सिंहले भनिन् ।