सर्वाधिक पुरस्कार राशीको ‘सेभेन ए साईड’ फुटबल पोखरामा सुरु    - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विष्णु गौतम , पोखरा, २६ असोज   |   असोज २६, २०७४

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको ‘सेभेन ए साइड’ फुटबल प्रतियोगितापोखरामा सुरु भएको छ । पोखराको सिम्पानीस्थितत्रि–शक्ति समाज सेवा क्लवले आयोजना गरेको सो प्रतियोगितामा २६ समूहको सहभागिता रहेको छ । 

प्रतियोगिताको बिजेताले दुई लाख तथा उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोल कर्ताका लागि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएका छन् ।  खेलकुदका गतिविधिअन्तर्गत सेभेन ए साइड फुटबल प्रतियोगितालाई क्लबले निरन्तरता दिन लागेको क्लबका अध्यक्ष बासु जि.सी.ले बताए ।

तस्बिर : विष्णु गौतम / नयाँ पत्रिका

प्रतियोगिता अहिले सम्मकै सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको अध्यक्ष जि.सी.को भनाई छ । प्रतियोगितामा विहिबार चार खेल सम्पन्नभएका छन् । एलजी एशोसिएसन, गार्डेन एफसी, लेकसाइड एफसी र फेदीं एफसीले खेल जित्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । 

प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणको पहिलो खेलमा एलजी एशोसिएसनले दिप युनाइटेडमाथि ३–१ जित हात पा¥यो । एलजीका प्रदिप गुरुङले दुई र सिन्केमान तामाङले एक गोल गरे । दिप युनाईटेडका लागि अजिज मियाले एक मात्र शान्त्वनागोल गरे । प्रि–क्वार्टरफाइनलकै दोस्रो खेलमा गार्डेन एफसीले भलामको शृंखला युवाक्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । 

५० मिनेटको निर्धारित समयमादुबै टोलीको दुई÷दुई गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। यसअघि, गार्डेन एफसीकातर्फबाट अजयश्रेष्ठ र मिलन गुरुङले एक, एक गोल गरेका थिए भने, शृंखला क्लबका अनुप लामिछानेले टोलीका लागि दुबै गोल गरेका थिए ।

तेस्रो खेलमा लेकसाइड एफसीले बगरको पाटन गाइजएफसीमाथि ८–० को फराकिलो गोल अन्तरले हरायो । लेकसाइडका सुनिल बि.क.ले पाँचगोल, अबिनास तामाङ, कालु थापा र सञ्जय बुढाथोकीले एक, एक गोल गरे । फेदीं एफसी र कमल पोखरीबीच हुने भनिएको खेलमा कमलपोखरी एफसीले सहभागिता नजनाएपछि फेदीं एफसीले सिधै क्वार्टरफाइनलमा पुगेको छ । 

शुक्रबार, प्रि–क्वार्टरफाइनल चरण अन्तरगतकै चार खेल हुनेछन् । क्वार्टरफाइनलका लागि शुक्रबार पहिलो खेल संगमएफसीविरुद्ध मालेपाटन एफसी, आयोजक सिम्पानी ए विरुद्ध हेमजाको बिष्णुपादुका क्लब, एलजी एशोसिएसनविरुद्ध गार्डेन एफसी र फेदीं एफसीविरुद्ध लेकसाइड एफसी भिड्ने छन् ।