जिल्ला अस्पताल तम्घासमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

टोपलाल अर्याल , गुल्मी, २६ असोज   |   असोज २६, २०७४

गुल्मीलगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ ।

जुन खबरले नागरिकहरुमा खुसी छाएको छ । अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रसासनले जनाएको छ । जसका कारण सवै स्तरका परिवारहरु पाल्पा बुटवल लगायतका स्थानहरुमा बढि खर्च तिरेर उपचारको लागि पुग्ने गरेका थिए ।

अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आउनुभएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्नुभएको हो ।‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ, ’पच्याले भने, ‘अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’ पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ वर्षीया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् ।

तस्बिर : टाेपलाल अर्याल / नयाँ पत्रिका

अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफुले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताए । ‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’मरासिनीले भने,‘आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भए ।’जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताए ।

‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भन्नुभयो,‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।’ पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ । तर जिल्ला अस्पतालमा करिव ८ हजारमा सो रोगको उपचार हुने उहाँले बताउनुभयो ।

डाक्टर पच्या गुल्मी पराल्मीका स्थायी बासिन्दा हुन । उनी जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ मा जिल्ला अस्पताल तम्घास आएका थिए । उनले अहिले प्रसुति सम्बन्धी जटिल शल्यक्रिया समेत धेरै गरेका छन् । गएको वर्ष १३ वटा मात्र जटिल शल्यक्रिया भएका थिए । तर, पच्याले अहिले डेढ महिनाकै अवधिमा १९ वटा जटिल शल्यक्रिया गरे ।  

अब जिल्ला अस्पतालमा ‘जीन एक्स्पर्ट’

क्षयरोग परीक्षणका लागि जिल्ला अस्पताल तम्घास गुल्मीमा ‘जीन एक्स्पर्ट’ मेशिन सन्चालन हुने भएको छ । खकारमा हुने जीवाणु परीक्षणका लागि विश्वकै पछिल्लो नयाँ प्रविधि जिल्ला अस्पतालमा आएको छ । यो स्थानीयको लागि खुसीको कुरा हो । यो मेसिनबाट इवोला, एचआइभी, हेपाटाइटिस बी जस्ता १६ वटा टेष्ट गर्न सकिन्छ । तर त्यसमा प्रयोग हुने कार्डिज महङ्गो भएकाले तत्काल क्षयरोगको मात्र परिक्षण गरिने अस्पतालकी ल्याव टेक्निसियन कमला सुवेदीले बताइन् । पहिले फोक्सो र त्यो भन्दा बाहिर देखिने क्षयरोग पाँच प्रतिशत मात्र पत्ता लाग्ने गरेकोमा अब करीब ९०, ९५ प्रतिशत सफल परीक्षण हुने सुवेदीले बताइन् ।

निक साइमन इन्ष्टिच्यूटको समन्वयमा विराट नेपाल मेडिकल ट्रष्ट, राष्ट्रिय क्षयरोग केन्द्र, स्कुल अफ ट्रपिकल डिजिज र ग्लोवल फन्टको आर्थिक सहयोगमा मेशिन सञ्चालनमा आएको छ । यो मेसिनको मुल्य नेपाली साढे ७० लाख र एउटा कार्डिजको मुल्य एक हजार पर्ने अस्पताल प्रसासनले जनाएको छ । गुल्मी सहित कपिलवस्तु, प्युठान र बर्दियामा यस वर्षदेखि क्षयरोग परीक्षणका लागि मेशिन सञ्चालनमा आएका छन् । 

चार जना मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल

गुल्मीको जिल्ला अस्पताल तम्घासलाई सरकारले चार वर्ष अघि स्तरवृद्धि ग¥यो । १५ शैयाको जिल्ला अस्पताललाई सरकारले स्तरबृद्धि गरेर ५० शैयाको बनाएको छ । तर सरकाको त्यो घोषणा अहिले घोषणामात्रै सिमित भएको छ । जसका कारण अरुको उपचार गर्ने जिल्ला अस्पताल आफै थला परिरहेको छ । जिल्ला अस्पतालमा १६ जना डाक्टरहरुको दरबन्दी छ । तर, ११ जनाको दरबन्दी खाली छ ।

बिरामीको चाप बढ्दै जाने तर डाक्टरहरुको दरबन्दी नबढ्दा अस्पताल र सेवाग्राहि समस्यामा परेको अस्पताल विकास समितिका अध्यक्ष बिनोद प्रसाद पाण्डेयले बताए । ‘दरबन्दी र भौतिक पुर्वाधार सुविधा १५ शैयाकै भयो, तर सरकारले ५० शैया बनायो,’ उनले भने,‘ अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट ३० शैयाको बनाएको छ ।’ मन्त्रालय धाएर केहि डाक्टरको सरुवा गराएपनि नआउने तथा आएपनि नबस्ने समस्याले आफुहरु आजित भएको पाण्डेले बताए । 

अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन । १० जना विशेषज्ञ डाक्टरको दरबन्दी पनि खाली छ । सरकारले जम्मा चार जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन पठाएको चौधरीले बताए । चार वर्ष अघि ५० शैयाको अस्पताल घोषणा भए पनि औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन चौधरीले बताए । 

एउटा कोठामा दुई जना डाक्टर

जिल्ला अस्पताल तम्घासका भौतिक पुर्वाधारको हिसावले अत्यन्तै समस्या रहेको छ ।  जसका कारण एउटा कोठामा दुई वटा डाक्टर बसेर सेवा दिनुपर्ने बाध्यता रहेको छ । ‘अहिले पनि दुई वटा डाक्टर सापहरुले एउटा कोठाबाट चेक जाँच गर्नुहुन्छ, बाँकी दरबन्दी पुरा भए के होला,’निमित्त कार्यालय प्रमुख श्यामकिशोर चौधरीले भने,‘डाक्टर र सेवाग्राहि दुवैलाई समस्या भइरहेको छ । दैनिक डेढ सयदेखि दुई सय बिरामीहरुले जिल्ला अस्पतालबाट सेवा लिइरहेका छन् । बिरामी धेरै हुँदा पनि बेड राख्ने ठाउँ नभएकाले भुइमा राखेर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ ।