मेचीबाट पनेरु प्रदेशसभाका लागि सर्वसम्मत उम्मेदवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले , झापा, २६ असोज   |   असोज २६, २०७४

नेपाल परिवार दलका झापा अध्यक्ष जीवन पनेरुको नाम मेचीबाट प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएको छ ।

शुक्रबार एकसाथ बसेको ४ बटै जिल्ला कमिटीको बैठकले एकमात्र नाम केन्द्रमा सिफारिस गरेको जनाइएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फ नाम सिफारिस गरेको जनाएका छन् । पनेरुकै नाम केन्द्रले स्वीकृत गर्ने निश्चित प्रायः रहेको परिवार दल स्रोतले जनाएको छ ।

झापामा ०६४ सालमा परिवार दलको जिल्ला कमिटी गठन हुँदा पनेरु जिल्ला उपाध्यक्ष थिए । उनले हाल नेपाल परिवार दल झापाको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनी ७० सालको संविधानसभा निर्वाचनमा झापाबाट समानुपातिक उम्मेदवार बनेका थिए । तथापि, उनी सांसद् निर्वाचित भएनन् ।

परिवार दलले देशभरवाट २ जना समानुपातिक सांसद् निर्वाचित गराउन सकेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकाल र मिलन राजवंशी सांसद् हुन् । ढकाल एमाले अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध राख्ने नेताका रुपमा चिनिन्छन् ।

‘मेचीबाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ,’ नयाँ पत्रिकासित कुरा गर्दै पनेरुले भने, ‘हामी एमालेसँग तालमेल गरेर चुनाव लड्छौँ, एमालेले पनि मलाई सर्वसम्मत उम्मेदवार बनाउने अपेक्षा छ ।’ वाम एकताको कुरा उठेसँगै परिवार दल सोही शक्तिसँग मिलेर चुनाव लड्ने निश्कर्षमा पुगेको छ । स्थानीय तह निर्वाचनमा पनि परिवार दलले झापामा एमालेलाई सघाएको थियो ।

‘एमालेले मलाई प्रदेशसभामा चुन्छ,’ उनले भने, ‘हामी सूर्य चिन्हबाटै चुनाव लड्ने हो, त्यसले पनि मेरो नाममा कसैले विरोध गर्छ जस्तो लाग्दैन ।’ उनले आफ्नो नाम एमाले भित्र पनि सर्वसम्मत हुने दावी गरे । पनेरु विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय विकासप्रेमी युवाका रुपमा जिल्लामा परिचित छन् ।

परिवार दलले पनेरुलाई झापाको क्षेत्र नम्बर ३ बाट चुनाव लडाउन एमालेसँग पहल गरिरहेको छ । एमालेले भने पनेरुलाई समानुपातिक कोटामा चुनाव लड्न आग्रह गरिरहेको बुझिएको छ । पनेरुलाई समानुपातिक कोटामा चुनाव लड्न एमालेका वैकल्पिक केन्द्रीय सदस्य रविन कोइरालाले सल्लाह दिएको स्रोतको भनाइ छ ।