पर्वतमा म्यादी प्रहरीमा भर्ना हुनेमा पुरुष भन्दा महिला धेरै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सन्तोष थापा, पर्वत, २६ असोज   |   असोज २६, २०७४

आगामी मंसिरमा हुने प्रदेश र संघीय निर्वाचनको सुरक्षाका लागि पर्वतमा म्यादी प्रहरी भर्ना कार्यक्रम तिब्र रुपमा अघि बढेको छ । यसरी भर्ना कार्यक्रममा प्रहरीले १८ वर्ष देखि ५४ वर्ष उमेर समुहका लागि प्राथमिकता दिएर सार्वजनिक सुचना जारी गरेपछि भर्ना प्रक्रियामा युवापुस्ताहरुको आकर्षण बढेको हो ।

प्रहरीले विशेषगरी सुरक्षा निकायमा काम गरेर भुपु जीवन बिताएकाहरुलाई प्राथमिकतामा राखेर सुचना जारी गरेपनि युवाहरुको उपस्थिति बढी रहेको छ । पर्वत जिल्लाको सन्दर्भमा दरबन्दी यकिन नभएपनि आवेदन खुलेको तेश्रो दिन विहिबार सम्म ३ सय आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । म्यादी प्रहरीका लागि आवेदन दिएका मध्ये करिव ५५ प्रतिशत महिलाको संख्या रहेको उनले बताए ।

२४ गतेदेखि ३० गतेसम्म आवेदन खुल्ला गरिएको थियो । आवेदनको समावधि सकिएपछि लिखित, मौखिक, शारिरिक परिक्षा पास गरेका योग्य व्यक्तिलाई छनोट गरि तालिम प्रदान गरेर दरबन्दी बमोजिम फिल्डमा खटाउने प्रहरी निरिक्षक लामिछानेले बताए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा महिलाको संख्या न्यून रहेका कारण आवेदन दिएका सवै महिला परिक्षामा पास भएपनि यसपटक ५० प्रतिशत भन्दा बढी महिला उम्मेदवार हुने प्रायः निश्चित भएकाले प्रतिस्पर्धा गराएर उत्तिर्ण गराइने लामिछानेले जानकारी दिए । प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जिल्लाका लागि ४ सय म्यादी प्रहरी माग गरिएको र मुस्ताङमा समेत पर्वतबाट भर्ना लिने निर्देशन भएपछि भर्ना गर्ने संख्या यकिन भइनसकेको जानकारी दिए ।