बाढीले भत्काएको गण्डक नहरमा अझै आएन पानी, धान खेति सुक्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सुरेश बिडारी, वीरगञ्ज, २६ असोज   |   असोज २६, २०७४

गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा, रौतहटका किसानहरु मर्कामा परेका छन् । गत साउन २७ र २८ गते आएको विनाशकारी बाढीले गण्डक नहरका विभिन्न स्थान भत्किएका कारण पानी आउन नसकेको हो । भत्किएका ठाउँहरुमा मर्मतको काम नभएकोले पानी नआएपछि किसानहरुले खेतमा सिंचाई गर्न पाएका छैनन् ।

बाढीले गण्डक नहरमा जानकीटोलादेखि पश्चिम तर्फको करिब ७ वटा पुल भत्काएको छ भने नहरको विभिन्न ठाउँमा क्षति पुर्‍याएका कारण डेढ महिनादेखी पानी आउन सकेको छैन । नहरमा पानी नआउँदा खेतमा सिंचाई गर्न नपाएको पोखरीया नगरपालिका–२ लहमरीयाका किसान लालबाबु यादवले बताए । ‘डेढ महिनादेखि धान खेतिमा सिंचाई गर्न पाएको छैन, पानी पनि राम्रोसँग परेको छैन् । ’ उनले भने ‘ सिंचाई नपुग्दा फुल फुल्ने बेलामा धान सुक्न थालेको छ ।’ बेलैमा गण्डक नहर मर्मत सम्भार नभए यसवर्ष गहुँ खेती लगायन समेत समस्या हुने चिन्ताले किसानहरुलाई सताउन थालेको छ ।


तत्काल नहर मर्मत गर्न किसानको माग
नारायणी सिचाई व्यवस्थापन कार्यालयले तत्काल नहर मर्मत गर्न तथा भारत तर्फको सिंचाईका लागि बनाइएका ड्याम मर्मतको लागि बिहार सरकारको ध्यानाकर्षण गराउनुपर्ने माग किसानहरुले गरेका छन् । डेढ महिनादेखी नहरमा पानी नआउँदा पर्सा, बारा, रौतहटको हजारौ हेक्टर जमिनमा लगाइएको धान खेती प्रभावित भएको छ । बाढीले नहरमा क्षति नपु¥याएको भए नहरमा पानी निरन्तर आइरहेको हुन्थ्यो ।

भारतीय पक्षले धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म र गहुँ बालीका लागि डिसेम्बर २५ देखि मार्च २५ तारिखसम्म नहरमा ८ सय ५० क्युसेक पानी छोड्नुपर्ने सम्झौतामा उल्लेख छ । गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३५ हजार हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य राखिएको छ । तर नहरमा पानी राम्रोसँग नआउने र नहरको व्यवस्थापन राम्रो नहुँदा त्यो पुरा हुन सकेको छैन । नहरमा पानी आएपछि किसानलाई गहुँ, उखु, मकै, तरकारी खेतिका लागि सिंचाई गर्न सहज हुन्छ ।

१५ दिन भित्रमा मर्मतको काम सकिने
नारायणी सिंचाई व्यवस्थापन कार्यालय गण्डक बहुअरीले भने नहर मर्मतको काम चलिरहेको बताएका छन् । नेपाल र भारत दुवैतर्फ नहरको काम चलिरहेको बताउँदै कार्यालयका इन्जिनियर सुरेश साहले १५ दिनभित्रमा मर्मतको काम सक्ने गरि काम भइरहेको जानकारी दिए ।

‘ पर्साको मसिहानीमा ३ ठाउँमा बाढीले मानिसहरु हिंडडुल गर्न समेत नमिल्नेगरी बिगारेको थियो, त्यता मर्मत गरिसकेका छौं, जानकीटोलामा पनि विगारेको छ, त्यहाँ तीनवटा हेभी स्काभेटर लगाएर मर्मत गरिरहेका छौं ।’ उनले भने ‘ बाढीले विगारे लगत्तै मर्मतको काम शुरु गरेका हौं, तर धेरै ठाउँमा विगारेकोले मर्मतका लागि समय लागेको हो । धानबालीमा अन्तिम मै भएपनि एक पटक सिंचाई गराउँ भनेर हामी लागि परेका छौं ।’

उनले नेपालतर्फ भन्दा पनि बढी भारततर्फ नहरमा क्षति पुगेको बताए । ‘नेपालमा भन्दा भारतमा बढी क्षति पुगेको छ । उता पनि मर्मतको काम चलिरहेको जानकारी त्यहाँका अधिकारीहरुले दिएका छन् ।’ नेपाल र भारतबीच १९७३ जुन ३ मा गण्डक सम्झौता भएको थियो । बाँध बाँधिएको स्थल भैसालोटलनबाट १ सय किलोमिटर डोन ब्रान्च केनल हुँदै नेपाली नहरसम्म पानी आउने गरेको छ ।