यस्ता छन् फोरम तेह्रथुमका उम्मेदवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

प्रकाश धौलाकोटी, तेह्रथुम, २६ असोज   |   असोज २६, २०७४

तेह्रथुमबाट दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि धमाधम उम्मेद्वार सिफारिस गरिरहेका छन् । हालै संघीय समाजवादी फोरमले पनि आकांक्षी उम्मेदवारहरुको सूची सिफारिस गरेर पठाएको छ । यसअघि जिल्लाबाट कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारका आकांक्षीहरुको सूची पठाइसकेका छन् । नाम सिफारिस भएपछि उम्मेदवारीका लागि नेताहरुको दौडधुप समेत सुरु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभा सदस्यका लागि दुुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

संघीय समाजवादी फोरमले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रिय महासचिव रणध्वज कन्दङवासहित चार जनाको नाम सिफारिस गरेको छ । केन्द्रिय महासचिव कन्दङ्वा यहाँको आठराई गाउँपालिका–६, चुहानडाँडामा जन्मिएका नेता हुन् । गृहजिल्लाबाट नाम सिफारिस भएपनि कन्दङवा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने सम्भावना भने कममात्रै देखिन्छ । यस्तै प्रत्यक्षतर्फ नै केन्द्रिय सल्लाहकार डिबी सुब्बा, जिल्ला सचिव तिर्थ अधिकारी र सल्लाहकार इन्द्रबहादुर सुब्बाको नाम सिफारिस गरेको जनाइएको छ ।


प्रतिनिधि सभामा समानुपातिकतर्फ लोकबहादुर सिंगक (ओयाक्जुङ), वेदाहाङ कन्दङवा (चुहानडाँडा) अस्मिता याख्खा र मानभगत दमाई (म्याङलुङ्ग)को नाम सिफारिस भएको छ । प्रदेश सभा सदस्य निर्वाचनका लागि भने दुई वटै क्षेत्रमा प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा उम्मेदवार तय गरिएको संघीय समाजवादी फोरमका जिल्ला सचिव तिर्थ अधिकारीले बताए ।
प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र नं. मा जिल्ला कमिटी उपाध्यक्ष सुर्य मादेन र क्षेत्र नं. २ मा विद्यार्थी नेता सन्तोष लिम्बुलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ क्षेत्र नं. १ मा सल्लाहकार सर्वजित निङलेकु, जिल्ला अध्यक्ष नारायणमान गुरुङ र सेमिमा तुम्बाहाम्फेको नाम पठाएको छ ।

यस्तै क्षेत्र नं. २ मा पुर्वजिल्ला अध्यक्ष कपिलदेव सिंगक, सावित्रा राई, सुविन्द्र थेगुवा र मानध्वज सम्बाहाम्फको नाम सिफारिस गरेको सो पार्टीले जनाएको छ । प्रदेश सभा क्षेत्र नं. १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्दछन् । यस्तै क्षेत्र नं.२ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्दछन् । यो निर्वाचनमा जिल्लाबाट कुल ६६ हजार ७ सय ४३ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।