५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सन्तोष थापा  , पर्वत, २६ असोज    |   असोज २६, २०७४

 

दरमुकाम र आसपासका क्षेत्रमा गाँजा फडानी र घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले विहिबार ५ हजार लिटर अवैध घरेलु मदिरा र  घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको छ ।  प्रहरीले सदरमुकामसँगै डिमुवा, पातिचौर, वारीबेनी, मालढुंगा लगायतका क्षेत्रबाट संकलित घरेलु मदिरा नष्ट गरेको हो । 

अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको दुई दर्जन घरमा लुकाई राखेको अबस्थामा एक सय ड्रमभन्दा बढी कच्चा पर्दाथ नष्ट गरिएको प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । 

तस्बिर : सन्तोष थापा / नयाँ पत्रिका

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले मदिरा बनाउन प्रयोग हुने मर्चा रक्सी बनाउन प्रयोग हुने भाडा र ड्रम नियन्त्रणमा लिएको छ । निर्वाचनको सुरक्षा व्यवस्थालाई समेत मध्यनजर गर्दै अवैध मदिरा विक्रिवितरण कार्यलाई नियन्त्रण गर्ने अभिप्रायले अभियान सञ्चालन गरिएको प्रनाउ घिमिरेले जानकारी दिए । 

यसैगरी प्रहरीले गाँजा फडानी अभियानलाई समेत तिव्रता दिएको छ । मदिर नियन्त्रणसँगै सञ्चालन भएको अभियानबाट पर्वतका विभिन्न गाउँमा लगाइएको ६ हजार भन्दा बढी बोट गाँजासमेत फडानी गरिएको छ ।  अभियानलाई दैनिकरुपमा सञ्चालन गरिने प्रनाउ घिमिरेले जानकारी दिए । अभियान  सदरमुकाम र आसपासका गाउँपालिका नगरपालिका साथै पोखरा बागलुङ्ग राजमार्गका आसपासका क्षेत्रमा सञ्चालन हुने उनले बताए  ।