२७ वर्षीय यादव माओवादीबाट प्रत्यक्षका उम्मेद्वार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रंजन भण्डारी , महोत्तरी, २६ असोज   |   असोज २६, २०७४

महोत्तरीबाट माओवादी केन्द्रले युवालाई प्राथमिकतामा राख्दै महोत्तरीको क्षेत्र नं. ३ (ख) को प्रदेशसभाको निर्वाचनका लागि युवा नेता सत्येन्द्र यादवको नाम सिफारिस गरेको छ ।

युवा नै देशको मेरुदण्ड रहेको र परिवर्तनको लागि युवाले नै अहम भुमिका निर्वाह गर्ने भन्दै माओवादी केन्द्र क्षेत्रीय समितिले उनको नाम सिफारिस गरेको हो । २०६२, ०६३ को जनआन्दोलनबाट राजनीतिमा आएका युवा नेता यादव जनआन्दोलनको वेला प्रहरीको कुटाईबाट दर्जनौ पटक सख्त घाईते भई काठमाडौं स्थित विर अस्पतालमा आईसियुमा उपचार गराएका थिए ।

मधेशी जनअधिकार फोरम नेपालबाट राजनितीमा होमिएका उनी तराई मधेश लोकतान्त्रिक पार्टी र २०६५ मा माओवादी केन्द्रवाट आफ्नो राजनितीलाई उनले निरन्तरता दिएका हुन । २७ वर्षीय नेता यादव विगत १२ वर्षदेखि राजनीतिमा सक्रिय छन् । राजनितिमा प्रवेश गर्दा उनी १५ वर्ष कै थिए भने कक्षा ९ मा अध्ययन गर्दै थिए ।

उनलाई जनआन्दोलनको समय प्रहरीले टार्गेट गरेर ईन्काउण्टर गर्ने सम्मको योजना बनाएपनि प्रहरी सफल हुन नसकेको माओवादी केन्द्रका अगुवा नेताहरुको भनाई छ । यादव विद्यार्थी एकाई समिति अध्यक्षदेखि माओवादीको केन्द्रीय आयोजक समिति सदस्यसम्मको जिम्मेवारी पाइसकेका उनलाई अहिले प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका हुन् ।

युवा नेता यादव राजनीतिमा मात्रै होइन, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । शान्ति तथा विकासको लागि युवा संजाल नामक संस्थाबाट युवा तथा शान्तिका लागि विभिन्न सकारात्मक कार्य गर्दै उनी नेपाल युवा संस्था संजाल (आयोन) काठमाडौंको कार्यसमिति सदस्यदेखि सचिवसम्मको जिम्मेवादी निर्वाह गरिसकेका छन् । जलेश्वर–जनकपुर सडक निर्माणको लागि नौं दिनसम्म आमरण अनसनसमेत बसेका उनी स्थानीइमाझ निकै चर्चित छन् ।