विराटनगरमा नेपाल स्काउटको जेम्बोरेट सुरु, ३५ जिल्लाका चार हजार स्काउटर विराटनगरमा भेला हुँदै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल , विराटनगर, २६ असोज   |   असोज २६, २०७४

नेपाल स्काउटको पाँचदिने रिजनल जेम्बोरेट विराटनगरमा सुरु भएको छ । देशका विभिन्न पैतीस जिल्लाका १३ देखी १६ वर्ष उमेर समुहका चार हजार स्काउटर बालबालिकाहरु धमाधम जेम्बोरेटमा सहभागी हुन भेला भइरहेका छन । जेम्बोरेट २६ देखी ३० असोजसम्म चल्ने छ । पश्चिम महाकालीदेखी पश्चिम मेचीसम्मका ३५ जिल्लाका चार हजार स्काउटर बालबालिकाहरुले पाँचदिन विराटनगरमा आयोजना भइरहेको जेम्बोरेटमा वेश क्याम्प निर्माण गरेर विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने छन् । बिहिबार मध्यराती क्याम्प फायर गरेर पाँचदिने जम्बोरेटको सुरुवात गरिसकिएको आयोजक समिति संयोजक नवलप्रसाद उपाध्ययले बताए ।


२६ असोज बिहिबार सबै जिल्लाबाट सहभागी हुन आउने स्काउटरहरुको जेम्बोरेटमा ईन्ट्रि (नाम दर्ता) गरिसकिने र शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले जेम्बोरेटको औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको जेम्बोरेट आयोजक समितिका स्काउटर शिवकुमार पौडेलले बताए ।

विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा आयोजना भइरहेको जेम्बोरेटमा सहभागी स्काउटर बालबालिकाहरुले विभिन्न साहसीक , सांस्कृतिक र मनोरन्जनात्मक कलाहरु प्रर्दशन गर्नेछन । विभिन्न जिल्लाबाट जेम्बोरेटमा सहभागी हुन आएका स्काउटर बालबालिकाहरु पाँच दिन जेम्बोरेट स्थलमै वेश क्याम्प बनाएर आफै खाना बनाएर वास बस्नेछन । जेम्बोरेटका लागि मोरङ क्याम्पस हातामा ४० वटा वेश क्याम्पहरु निर्माण गरिएका छन् । त्यही बेश क्याम्पसमा स्काउटर बालबालिकाहरु सामुहिक रुपमा आफैले खाने बस्ने व्यवस्था गरेर विभिन्न तालिममा सहभागीता जनाउने छन् ।  जेम्बोरेटलाई सफल बनाउन नेपाल प्रहरी र शसस्त्र प्रहरीले बाहिरी घेरामा सुरक्षा दिने आयोजकले जनाएको छ ।