कांग्रेस महोत्तरीले ३ क्षेत्रको सम्भावित उम्मेदवारकाे नाम सिफारिस गर्‍यो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रंजन भण्डारी, महोत्तरी,२६ असोज   |   असोज २६, २०७४

कांग्रेस महोत्तरीले जिल्लाको चारक्षेत्र मध्ये तिन क्षेत्रको प्रतिनिधिसभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको सिफारिस सहितको नामावली केन्द्रमा पठाएको छ ।कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले जिल्लाको चारक्षेत्र मध्ये एक, दुई र तिनको क्षेत्रिय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी गराए । उनले क्षेत्र नं. ४ को नामावली आउन बाँकी रहेको बताए ।

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ ५ जनाको नामावली सिफारिस गरिएको छ । सिफारिस गरिएको नाममा कांग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, वर्तमान सांसद सीताराम भण्डारी, पूर्व सांसद बसन्तकुमार गुरुङ, चिरन्जीवी हमाल तथा मुकेशराज काफ्ले रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ को प्रदेशसभाको ‘क’ क्षेत्रको लागि प्रत्यक्षतर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ । सिफारिस भएकाहरुमा महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रहलाद कुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव को नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा ‘क’ को समानुपातिक तर्फ १८ जनाको नामावली सिफारिस गरिएको छ । असोज २० गते बसेको क्षेत्रिय समितिको बैठकले जिल्लाको क्षेत्रनं. १ को प्रदेशसभा ‘ख’को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको मात्रै सिफारिस गरेको छ भने समानुपातिक तर्फ १६ जनाको नामावली सिफारिस गरेको जनाएको छ ।

त्यसैगरी जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नाम सिफारिस गरि पठाएको छ भने समानुपातिकमा ७ जनाको नामावली पठाएको छ ।  त्यसैगरी क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादव मधुकरसहित ७ जनाको तथा समानुपातिक तर्फ १२ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको कांग्रेसका जिल्ला सचिव शम्भुनारायण पाठकले जनाए । त्यस्तै ‘ख’ मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १० जनाको नामावली पठाइएको पाठकले जानकारी दिए ।

जिल्लाको क्षेत्रनं. ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ललनकुमार राय, बजरंग नेपाली र गरीबदास ठाकुरको नाम सिफारिस गरि पठाइएको छ भने समानुपातिक तर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ । त्यसैगरी प्रदेशसभाको लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्ष तर्फ ९ जना तथा समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको नकांग्रेसले जनाएको छ ।