अन्नपुर्ण आधार शिविरमा पर्यटन महोत्सव सुरु (फोटो फिचर) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विष्णु गौतम, पोखरा, २६ असोज   |   असोज २६, २०७४

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सुरु भएको छ । संसद विकास समितीका सभापती रविन्द्र अधिकारीले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सवको उद्धघाटन गर्दै सभापती अधिकारीले संसारकै उत्कृष्ट पर्यटकीय रुट यो क्षेत्रकै आर्थीक समृद्धिको आधार भएको धारणा व्यक्त गरे । उनले सडकका कारण यो पदमार्ग छोटिदै जाँदा पर्यटकको आर्कषण कम हुने भन्दै अन्य उत्कृष्ट गन्तव्य विकास र प्रर्वद्धन गरी यसको महिमा कमजोर बनाउन नहुने बताए ।

हिमाल आरोहणको उत्कृष्ट समयमा गरिएको यो महोत्सवले विश्व बजारमा पदमार्ग छोटिएर अन्नपूर्ण पदमार्गमा परेको नकारात्मक धारणा कम हुने अपेक्षा गरिएको छ । बुधबारबाट सुरु महोत्सवको पहिलो दिनमा विश्वमै जेठो हिमालका रुपमा चर्चित अन्नपूर्ण प्रथम हिमालका प्रथम आरोही मउरिस हर्जोगको अर्धकदको शालिक शिलान्यास गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका सहित विभिन्न संघ संस्थाको सहयोगमा भएको महोत्सवको दोस्रो चरण आगामी पुस १० गतेदेखि १५ गतेसम्म पर्यटकीय गाउँ छाम्रोङमा र तेस्रो चरण २०७५ जेठ १८ देखि २० गतेसम्म पर्यटकीय गाउँ घान्द्रुकमा हुने अन्नपुर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाले अन्नपूर्ण हिमालको आधार शिविरमा गरिने महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।


हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण प्रथमसहितका अन्नपूर्ण हिमश्रृङ्खला अन्नपूर्ण गाउँपालिकामा पर्दछ । सन् १९५० जुन ३ मा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । नेपालमा पहिलोपटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्षे अन्नपूर्ण आरोहण दिवसका रुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटरको रहेको छ । अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गतको अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गका योजनाकार बेलायती नागरिक कर्णेल जिम्मी रवर्टस् हुन् । सन् १९६५÷६६ मा जिम्मी व्रिटिश गोर्खा पल्टनको सेकेन्ड जिआरको कर्णेल पदबाट निवृत्त भएपछि अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्ग लेखेका हुन् । जिम्मी संसारकै पहिलो ट्रेकिङ व्यवसायी पनि हुन् । उनले स्थापना गरेको माउन्टेन ट्रार्भल, नेपाल संसारकै पहिलो ट्रेकिङ कम्पनी हो । यो कम्पनीका मालिक पनि उनै जिम्मी हुन् । त्यस्तै राउन्ड अन्नपूर्ण र लाङटाङ हिमालको पदयात्रा मार्ग लेख्ने पोखरा निवासी पर्यटनविद् झलक थापा तिनताका जिम्मीको उक्त कम्पनीमा योजना अधिकृत थिए ।

समुद्र सतहदेखि ४१ सय ३० मिटरमा रहेको अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गको पहिलो पदयात्री एरिक सिप्टन् हुन् । एरिक विश्वप्रख्यात पदयात्री पनि हुन् । एरिकले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । उनले माउन्टेन ट्राभल, नेपाल मार्फत् नै अन्नपूर्ण आधार शिवरको पदयात्रा भरेका हुन् । नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेको तथ्थाङ्क छ । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६ सय २९ वर्गकिलोमिटरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत् संरक्षण गरेर राखिएको छ । जसअन्तर्गत मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लमजुङका साविक ८ गाविस संरक्षण क्षेत्रभित्र छन् ।