स्तन क्यान्सर छ या छैन यसरी थाहा पाउनुस् - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. राजेन्द्र बराल क्यान्सर रोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पताल   |   असोज २६, २०७४

स्तन क्यान्सर महिलाहरूको ज्यान लिने प्रमुख रोग हो । क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्रयाइँ गर्दा स्तन क्यान्सरले ज्यान लिन सक्छ । सामान्य विचार नपु¥याउँदा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाएका छन् । स्तनमा भएका कोष÷कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । पहिलो स्टेजमै स्तन क्यान्सर थाहा भयो भने यो रोग निको हुन सक्छ । तर, क्यान्सर लागेको थाहा भएन भने यसले ज्यान पनि लिन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापनको कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको छ ।

यसरी गर्न सकिन्छ स्तनको परीक्षण
स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भन्ने कुराको जानकारी महिलाहरू आफैँ स्तन छामेर पत्ता लगाउन सक्छन् ।
नियमित रूपमा आफैँले राम्ररी हेरेर तथा छामेरसमेत स्तनमा भएका गिर्खा थाहा पाउन सक्छन् ।
दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ ।
स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐनाअगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । स्तनको वरिपरि र काखीमुनि गिर्खाहरू भए/नभएको छामेर हेर्नुपर्दछ ।

लक्षण
स्तनमा गाँठागुठी आउनु ।
स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिपजस्तो पदार्थ बग्नु ।
स्तन सुन्निनु तथा थिच्दा दुख्नु ।
स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा र अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
स्तन वा स्तनको मुन्टोको आकार परिवर्तन हुनु । जस्तै– रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टोवरिपरिको छालामा कत्ला निस्कनु वा सुन्निनु ।
स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै– रातो, सफा वा पहेँलो, पिपजस्तो आउनु ।
स्तनको मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु ।
गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।