स्मरण शक्ति बढाउन यसो गरौँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २६, २०७४

हामीमा स्मरण शक्ति नभए जीवनको कल्पना पनि गर्न सक्दैनौँ । त्यति हुँदाहुँदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । कतिपयले भर्खरै देखेको कुरासमेत बिर्सने समस्या भएकोसमेत गुनासो गर्छन् । हाम्रै गाउँघरमा स्मरण शक्ति बढाउने खालका खानेकुराहरू पाइन्छन्, जसको प्रयोगबाट हाम्रो स्मरण शक्ति बढ्छ । एकाग्रताको कमी, डिप्रेसन, चिन्तालगायतका समस्याले स्मरण शक्ति घट्छ ।

एम्पार्टिक एसिड, जसले एम्पार्टेट बनाउन मद्दत गर्छ । जसको स्रोत बदाम, आलु, अन्डा र गेडागुडी हो । अन्डा, कलेजो र भटमास खाँदा पनि हाम्रो स्मरण क्षमतामा थप सुधार आउँछ ।

पिठो र आलुमा पाइने ग्लुटामिक एसिडले हाम्रो दिमागलाई स्वस्थ बनाउनुका साथै स्मरण एकाग्रता बढाउन मद्दत गर्छ ।
बदाम, भटमास, अन्डा, मासु र गेडागुडी, माछा, केरा, ओखर, दही, दूध र चिजले पनि हाम्रो स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।


ओखरले मस्तिष्कलाई सुरक्षा गर्छ । यसले रक्तप्रवाह बढाउँछ । यसको प्रभाव मस्तिष्कमा पनि पर्छ, जसले मस्तिष्कलाई क्रियाशील र स्वस्थ बनाउँछ ।

फापरले मान्छेको स्वभावलाई शान्त तुल्याउँछ । यसको सेवनले मस्तिष्कको कार्यक्षमता बढ्छ । चनाले मस्तिष्कको कोषिकामा सन्देशलाई सञ्चार तीव्र गर्न लाभदायक हुन्छ । यो रक्त धमनीलाई आराम दिन पनि उपयोगी हुन्छ ।

भिटामिन बी, सी पाइने भोजन लिनुपर्छ । यसले स्मरण शक्ति बढाउँछ । मसलाको रूपमा प्रयोग हुने ज्वानोले पनि स्मरण एकाग्रता बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।