ध्यान दिनुस् यस्ता बानीले बिगार्छ मिर्गौला - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २६, २०७४

मिर्गौला हाम्रो शरीरको यस्तो एउटा महत्वपूर्ण अंग हो, जसले शरीरमा रहेका विशाक्त पदार्थ छानेर पिसाबको रूपमा बाहिर निकाल्न मद्दत गर्छ । हाम्रो मिर्गौला शरीरको बीचभाग कम्मरको नजिकै हुन्छ । यो अंग एक मुठीबराबरको हुन्छ । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । कुनै एउटा मिर्गौलामा समस्या देखियो भने शरीरमा विभिन्न समस्या देखिन थाल्छ । खराब जीवनशैली र कहिलेकाहीँ औषधिका कारण पनि मिर्गौलामा समस्या देखिने गरेको छ । आजभोलि मिर्गौलामा समस्या भयो भनेर अस्पताल धाउने बिरामीको संख्या उच्च छ । स्वास्थ्यप्रति गरिने हेलचेक्रयाइँका कारण मिर्गौलाका बिरामी बढिरहेको चिकित्सकहरू बताउँछन् ।

लक्षण
पिसाबको मात्रा बढ्ने र एकदम कम हुने हुन्छ ।

पिसाबको रङ बदलिँदै जान्छ । पिसाबको रङ गाढा हुन्छ ।

पटक–पटक पिसाब आउनु अथवा पिसाबको मात्रा बढ्दै जानु ।

रातिको समयमा पटक–पटक पिसाब आउनु मिर्गौला अस्वस्थ हुनुको सबैभन्दा प्रधान लक्षण हो ।

पिसाब गर्दा दुख्नु । पिसाब गर्दा निकै असहज अनुभव हुन्छ भने जान्नुहोस् मूत्रमार्गमा केही संक्रमण भइरहेको छ ।

पिसाब गर्दा मूत्रमार्गमा जलन महसुस हुन्छ ।

पिसाब गर्दा कहिलेकाहीँ रगत देखिन सक्छ । जब पिसाबमा रगत देखिन्छ, एक मिनेट सोच्नुहोस्, मेरो लागि तुरुन्त चिकित्सकको आवश्यकता परेको छ । किनकि, मिर्गौला खराब हुनुको निश्चित संकेत यो पनि हुन सक्छ ।
निकै थकान अनुभव हुनु । कमजोर अनुभव गर्नु ।

मिर्गौलाका बिरामीको मस्तिष्कमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण बिरामीमा चिडचिडापन अथवा एकाग्रतामा कमी आउन सक्छ ।

मिर्गौलाको बिरामीमा एनिमिआको रोग पनि देखिन सक्छ । जसले गर्दा गर्मी समयमा पनि चिसो अनुभव हुन्छ ।

मिर्गौलाका बिरामीको मस्तिष्कमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण बिरामीमा चिडचिडापन अथवा एकाग्रतामा कमी आउन सक्छ ।


कारण
खानामा धेरै नुन खाने बानी छ भने कम गर्नुस् । खानामा धेरै नुन खाँदा मिर्गौला खराब गराउँछ ।

अन्य नुनिलो खानेकुरा पनि सकेसम्म ठिक्क मात्रामा खान जरुरी छ । कारण, नुनले ब्लडप्रेसर बढाउँछ । यसको असर मिर्गौलामा पर्छ ।

हामी विभिन्न कारण पिसाब रोक्छौँ । कहिले बाध्यताले, कहिले हेलचेक्र्याइँले । तर, यसो गर्नु मिर्गौलाका लागि खराब हुन्छ । रोकिएको पिसाब भरिएर मिर्गौलासम्म पुग्छ । पिसाबमा हुने ब्याक्टेरियाले मिर्गौलालाई असर गर्छ ।

धूम्रपान र सुर्तीसेवन, गुट्खा, पानपरागलगायत खाने बानीले पनि मिर्गौला बिगार्ने सम्भावना हुन्छ । सकेसम्म चाँडै धूम्रपान तथा कुलतबाट टाढा बसौँ ।

आफूलाई आवश्यक निद्रा पूरा नगर्ने मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । यति मात्रै होइन, निद्रा पूरा नहुँदा मुटुमा समस्या देखिन्छ । रक्तचाप र मुटुसम्बन्धी विभिन्न समस्याले मिर्गौलामा असर पुर्‍याउन सक्छ ।