हवाई सेवामा बुद्ध एयरले पूरा गर्‍यो दुई दशक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

निजी लगानीमा स्थापित वायुसेवा कम्पनी बुद्ध एयरले सेवा सुरु गरेको २० वर्ष पूरा भएको छ । ११ अक्टोबर १९९७ देखि व्यावसायिक उडान थालेको बुद्ध एयरले बुधबार नेपाली हवाई सेवामा २० वर्षे यात्रा पूरा गरेको हो ।

बुद्ध एयरले अमेरिकामा निर्मित ‘बिचक्राफ्ट १९००‘डी’ मोडलको जहाजबाट सेवा प्रारम्भ गरेको थियो । पहिलो उडान माउन्टेन फ्लाइटका रूपमा गरेको बुद्धले करिब १ घन्टा जहाज उडाएको थियो । त्यसपछि नेपालमा माउन्टेन फ्लाइट एक आकर्षक पर्यटकीय प्याकेजका रूपमा स्थापित भइसकेको छ ।

६३ प्रतिशत बजार हिस्सा

बुद्ध एयरले नेपालका सुगम विमानस्थलमा उडान भर्दै आएको छ । कम्पनीले नेपालको हवाई सेवामा ६३ प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ ।

८ सय ६५ कर्मचारीलाई रोजगारी

कम्पनीले अहिले कुल ८ सय ६५ कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । बुद्ध एयरको सफलतामा यात्रु, सरोकारवाला निकाय, वित्तीय संस्थाका साथै कर्मचारीको इमानदार प्रयास मुख्य सहयोगी रहेको कम्पनीको भनाइ छ ।

९ वटा जहाजबाट सेवा

बुद्ध एयरले अहिले कुल ९ वटा जहाजबाट सेवा दिइरहेको छ । २ वटा बिचक्राफ्ट, ७ वटा एटिआर एयरक्राफ्टबाट सेवा दिइरहेको बुद्ध एयरले थप दुई एटिआर जहाज ल्याउन लागेको कम्पनीका मार्केटिङ तथा सेल्स निर्देशक रूपेश जोशीले जानकारी दिए । ती जहाज जनवरी र जुन २०१८ सम्म ल्याउने योजना रहेको उनको भनाइ छ ।

सुरक्षामा सम्झौता छैन

बुद्ध एयरको सेवा प्रतिस्पर्धी साथै अन्य कम्पनीको तुलनामा सुरक्षित मानिएको छ । पछिल्लो दुई दशक आरामदायी तथा जोखिमरहित यात्रामा बुद्ध एयरले कुनै पनि प्रकारको सम्झौता नगरेको कम्पनीले उल्लेख गरेको छ । जनशक्तिलाई अद्यावधिक तालिमका लागि देश–विदेश पठाउने र हवाई सेवालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय मान्यताअनुरूप सञ्चालन गर्न आन्तरिक परीक्षणसहित विदेशी संस्थाको अडिटलाई समेत निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

पोखराबाट अन्तर्राष्ट्रिय सेवा

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय उडानको योजना बनाएको छ । युरोपेली कम्पनी एयरबसका जहाज खरिद गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने गरी तयारी सुरु भइसकेको कम्पनीको भनाइ छ ।

कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार पोखरा विमानस्थल नियमित समयमै पूरा भयो भने बुद्धले १ अगस्ट २०२१ बाटै अन्तर्राष्ट्रिय उडान प्रारम्भ गर्नेछ । कम्पनीले अन्तर्राष्ट्रियतर्फ प्रारम्भमा तीनवटा जहाजबाट सेवा प्रारम्भ गरी १० वर्षमा २० विमानबाट सेवा विस्तार गर्ने योजना रहेको बस्नेतले बताए ।