मेसीले यसकारण भने,‘म पागल हुन्थेँ’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, ब्युनर्स आयर्स   |   असोज २६, २०७४

कप्तान लियोनल मेसीले करिअरकै ४४औँ ह्याट्रिक पूरा गरेपछि अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकप फुटबल प्रतियोगितामा सिधै छनोट भएको छ । अर्जेन्टिनाले बुधबार इक्वेडरलाई ३–१ ले हराउँदै सन् २०१८ मा रसियामा हुने विश्वकपको स्थान सुरक्षित गरेको हो । बराबरी वा हार नतिजाले पनि अर्जेन्टिना सन् १९७० पछि विश्वक खेल्नबाट वञ्चित हुने थियो । इक्वेडरसँग प्रतिस्पर्धा गर्नुअघि अर्जेन्टिना अंक तालिकाको छैटौँ स्थानमा थियो । अन्तिम खेलमा सानदार जित निकाल्दै अर्जेन्टिना तेस्रो स्थानमा रहँदै सीधै विश्वकपका लागि छनोट भयो ।

मेसीको उत्कृष्ट प्रदर्शन

खेलको ३८औँ सेकेन्डमा इक्वेडरले अर्जेन्टिनालाई स्तब्ध पार्दै १–० को अग्रता लियो । इक्वेडरका रोमारियो इबाराले अर्जेन्टिनाको कमजोर डिफेन्सको फाइदा लिँदै अग्रता गोल गरे । सुरुमै गोल बेहोर्दा अर्जेन्टिनी खेलाडी र समर्थक निराश देखिएका थिए । तर, खेलको १२औँ मिनेटमा मेसीले १–१ को बराबरीमा खेल पु¥याउँदै अर्जेन्टिनालाई विश्वकप छनोटको आशा जगाइराखे । मेसीले एन्जेलो डिमारियको सटिक पासमा वान टर्चमै गोल गरे । बराबरी गोलसँगै अर्जेन्टिनाले खेलमा पकड बनायो । खेलको २०औँ मिनेटमा मेसीले इक्वेडरका तीन डिफेन्डरबीचै पहिलो बारमा गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । खेलको ६२औँ मिनेटमा मेसीले एकल प्रयासमै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाउँदै विश्वकपका लागि स्थान पक्का गराए ।

मेसी नहुँदा अर्जेन्टिनाको अवस्था

प्ले मेकर मेसी अर्जेन्टिनी टोलीमा हँुदा र नरहँदा त्यसको प्रभाव धेरै हुनेगर्छ । दक्षिण अमेरिकी छनोटमा मेसीले १८ खेलमा आठ खेल गुमाए । मेसी नरहेको खेलबाट अर्जेन्टिनाले आठ खेलबाट केवल सात अंक मात्र जोड्यो । प्रतिबन्ध र चोटका कारण मेसीले आठ छनोट खेल गुमाएका हुन् । मेसी १० खेलमा सहभागी हुँदा अर्जेन्टिनाले २१ अंक जोडेको छ । अर्जेन्टिनाले विपक्षी पोस्टमा १३ गोल गरेको छ । १३ गोलमध्ये मेसीले १० गोल गरेका हुन् ।

धेरै प्रयोग

सन् २०१८ को विश्वकप छनोटमा अर्जेन्टिनी फुटबल संघले धेरै प्रयोग गरेको छ । १८औँ पटक विश्वकप स्थान पक्का गर्दा संघले तीन प्रशिक्षक फे¥यो । छनोट खेलमा अर्जेन्टिनाबाट १८ फरक खेलाडी पहिलो ११ बाट प्रतिस्पर्धा गरे । यसैगरी, संघले १८ खेलका लागि ४२ खेलाडी र सात स्ट्राइकर प्रयोग ग¥यो । विश्वकै स्तरीय स्ट्राइकर रहेको अर्जेन्टिनाले इक्वेडरविरुद्ध प्रतिस्पर्धा गर्नुअघि विपक्षी पोस्टमा केवल १६ गोल मात्र गरेको थियो ।

मेसी र सुआरेजबीच प्रतिस्पर्धा

लुइस सुआरेज र मेसी व्यावसायिक फुटबलमा सहभागी हुुँदा एउटै क्लब बार्सिलोनाबाट प्रतिनिधित्व गर्छन् । राष्ट्रिय जर्सीमा मैदानभित्र रहँदा दुवै खेलाडी एकआपसका दुस्मनझँै व्यवहार गर्छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा मेसी र सुआरेजले एक कीर्तिमान स्थापित गरेका छन् । दक्षिण अमेरिकी छनोटमा मेसी र सुआरेजले सर्वाधिक २१ गोलको कीर्तिमान बनाए । छनोट खेलमा २१ गोल संख्या पु¥याउने मेसी पहिलो दक्षिण अमेरिकी फुटबलर हुन् । उरुग्वेले बोलिभियामाथि ४–२ को जित निकाल्दा सुआरेजले दुई गोल गर्दै मेसीको बराबरी गरे । बोलिभियाविरुद्ध खेल्नुअघि सुआरेजको नाममा सर्वाधिक १९ गोल संख्या थियो ।

ब्राजिलसँग पराजित हुँदा चिली बाहिरियो

लगातार दुईपटकको कोपा अमेरिकी च्याम्पियन चिली विश्वकप छनोटबाट बाहिरिएको छ । छनोट खेलमा ब्राजिलसँग ३–० ले स्तब्ध भएपछि चिली छैटौँ स्थानमा सीमित भयो । जसका कारण चिली प्ले अफभन्दा एक स्थान तल रह्यो । पहिलो हाफमा चिलीले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो । तर, मध्यान्तरपछि ब्राजिलले तीन गोल गर्दा चिलीको विश्वकप खेल्ने आशा समाप्त भयो । स्ट्राइकर ग्राबियल जिससले दुई गोल गरे । खेलको ५५औँ मिनेटमा पाउलिन्होले ब्राजिललाई १–० को अग्रता दिलाए । खेलको ५७औँ मिनेटमा जिससले ब्राजिललाई २–० को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा जिससले व्यक्तिगत दुई गोल गर्दा ब्राजिल ३–० ले विजयी भयो । अर्को खेलमा पेरु र कोलम्बिया १–१ को बराबरी भयो ।

ब्राजिल शीर्ष स्थानमा

दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचपटकको विजेता ब्राजिल शीर्ष स्थानमा रह्यो । ब्राजिलले १८ खेलबाट सर्वाधिक ४१ अंक जोड्यो । दुईपटकको विजेता उरुग्वेले दोस्रो स्थान पक्का गर्दा ३१ अंक जोडेको छ । अर्जेन्टिनाले १८ खेलमा समान सात जित र बराबरी नतिजा निकाली २८ अंक बटुल्यो । कोलम्बिया चौथो स्थानमा रही विश्वकपका लागि छनोट भयो । कोलम्बियाले २७ अंक जोड्यो । यता पेरु प्ले अफका लागि छनोट हुँदा चिलीले विश्वकपको स्थान सुरक्षित गर्न सकेन । पेरु र कोलम्बियाको समान २६ अंक छ । गोलअन्तरमा पेरु प्ले अफको पाँचौँ स्थानमा रह्यो । पेरुले अब प्ले अफमा न्युजिल्यान्डको सामना गर्नेछ ।

‘म पागल हुन्थेँ’

इक्वेडरविरुद्धको खेलअघि अर्जेन्टिना विश्वकपमा पुग्ने वा नपुग्ने द्विविधा थियो । आफूअनुकूल नतिजा नआउँदा अर्जेन्टिना विश्वकप छनोटबाट बाहिरिने सम्भावना उत्तिकै थियो । झन् खेलको ३८औँ सेकेन्डमै इक्वेडरले अग्रता लिँदा अर्को वर्षको विश्वकप अर्जेन्टिनाविना हुने धेरैले अनुमान लगाउन भ्याइसकेका थिए । तर, प्ले मेकर मेसीले आफ्नो एकल प्रयासमै अर्जेन्टिनालाई सबैलाई गलत साबित गर्दै विश्वकपमा पु¥याए । अर्जेन्टिना विश्वकपमा पुग्दा सबैभन्दा खुसी हुने मेसी नै हुन् । पहिलो ह्याट्रिक गोल ठोक्दा मेसीले युद्धमा जित हात पारेको झँै खुसी मनाए ।

अर्जेन्टिना विश्वकपमा छनोट नहुँदा आफू पागल हुने मेसीले प्रतिक्रिया दिएका छन् । ‘यसपटक अर्जेन्टिना विश्वकपमा नपुगेको भए सम्भवतः म पागल नै हुन्थेँ,’ भावुक हुँदै मेसीले भने, ‘वास्तवमा हामीले हामीलाई यस्तो दयनीय अवस्थामा कहिले पाएका थिएनौँ ।’ प्रत्येक छनोट चरणमा अर्जेन्टिनाले मिहिनेत गर्नु परेको उनको भनाइ छ । ‘छनोट चरण विश्लेषण गर्दा हामीले प्रत्येक खेलमा धेरै मिहिनेत गरेका थियौँ, सबै खेलाडीले लडाकुझँै मैदानमा प्रतिस्पर्धा गरेपछि अर्जेन्टिना विश्वकपमा पुगेको हो,’ कउनले भने ।