छनोट नभएपछि रोबेनको सन्न्यास - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, लन्डन   |   असोज २६, २०७४

नेदरल्यान्ड विश्वकपमा छनोट नभएपछि आर्जेन रोबेनले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । युरोपियन छनोटअन्तर्गत समूह एमा स्विडेनलाई २–० ले पराजित गर्दा पनि नेदरल्यान्ड छनोट हुन सकेन । ३३ वर्षीय रोबेनले स्विडेनविरुद्ध दुवै गोल गरेका थिए । तर, उनको त्यो दुई गोल नेदरल्यान्डलाई विश्वकपसम्म पु¥याउन काफी भएन । सन् २०१० को विश्वकपमा नेदरल्यान्ड उपविजेता हुँदा रोबेनले प्रेरणादायी प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप फाइनलमा नेदरल्यान्ड स्पेनबाट १–० ले पराजि भएको थियो । आठ वर्षपछि नेदरल्यान्ड विश्वकपमा नपुग्दा रोबेन भावुक देखिए । उनले स्विडेनविरुद्ध नै अन्तिम अन्तर्राष्ट्रिय खेलको घोषणा गरे । समूह एमा फ्रान्सले सर्वाधिक २३ अंक जोड्दै विश्वकपका लागि स्थान पक्का गरेको छ । नेदरल्यान्ड र स्विडेनले समान १९ अंक बटुलेका छन् । गोलअन्तरमा नेदरल्यान्ड प्ले अफबाट बाहिरियो ।

सन्न्यास लिने सही समय

रोबेनले राष्ट्रिय टोलीबाट सन्न्यास लिने सही समय भएको बताएका छन् । ‘मेरो नजरमा यो नै सन्न्यासको सही समय लाग्यो,’ रोबेनले भने, ‘मलाई थाहा थियो स्विडेनसँगको प्रतिस्पर्धा नै अन्तिम थियो ।’ सन्न्यास लिनु त्यति सहज नभएको उनको भनाइ छ । ‘कुनै पनि खेलाडीलाई सन्न्यास लिनु त्यति सहज हुन सक्दैन, म पनि यही परिस्थितबाट गुज्रिएको हुँ,’ उनले भने । अब नेदरल्यान्डको फुटबल युवा खेलाडीलाई हस्तान्तर गर्नुपर्ने वेला भएको उनले बताए । ‘अब नेदरल्यान्डको फुटबल युवा पिँढीले हाक्नेछन्, हामीजस्ता पाका खेलाडीको यहाँ काम छैन, ‘उनले भने ।

९६ अन्तर्राष्ट्रिय खेल

रोबेनले नेदरल्यान्डबाट लगातार १४ वर्ष खेले । यस क्रममा उनले ९६ पटक राष्ट्रिय टोलीको जर्सी लगाए । उनले ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यसैगरी, उनले साथीहरूलाई २९ पटक गोलका लागि पास निकाले । रोबेनले लगातार २००६ देखि ०१४ को विश्वकप खेले । उनले तीन विश्वकप र तीनै युरोकप प्रतिस्पर्धा गरेका छन् । स्विडेनविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय खेलमा रोबेनले खेलको १६औँ मिनेटमा नेदरल्यान्डलाई अग्रता दिलाका थिए । खेलको ४०औँ मिनेटमा उनले टोलीलाई २–० को स्थितिमा पु¥याए ।