आकाशे पुल सेल्फीकै लागि ! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, झापा   |   असोज २६, २०७४

लक्ष्मी काफ्ले/नयाँ पत्रिका

दमकमा आकाशेपुल बन्दा एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा ‘अब झापाको विकासले गतिलै फड्को मार्ने भो’ भनेर टिप्पणी गर्नेको कमी थिएन । ०७३ पुसमा यो आकाशेपुलको उद्घाटन पनि एमाले अध्यक्ष ओलीले नै गरे । तर, पुलको सदुपयोग भने अहिलेसम्म हुन सकेको छैन ।

राजधानीबाहिर पहिलोपटक सञ्चालनमा आएको दाबी गरिएको यो आकाशेपुल यतिवेला ‘हात्तीको देखाउने दाँत’जस्तो भएको छ । पैदलयात्रुहरू बाटो पार गर्नका लागि यो पुल प्रयोग गर्दैनन् । प्रयोग गर्छन् त मात्र सेल्फी खिच्नका लागि । पैदलयात्रुले परबाटै आकाशेपुल देख्छन् । हतार गर्दै पुलमाथि चढ्छन् । र, धमाधम सेल्फी लिएर ओर्लिन्छन् ।

सेल्फी खिच्नका लागि हातमा लामा–लामा ‘सेल्फी स्टिक’ बोकेका युवापुस्ता प्रसस्तै भेटिन्छन्, पुलमाथि । पुलको तलबाट जोखिम मोलेरै बाटो काट्नेको भने कमी छैन । त्यसैले झट्ट हेर्दा आकाशेपुल सेल्फी खिच्नकै लागि बनाइएको भान हुन्छ ।

दसैँको टीकाका दिन १० मिनेटमै झन्डै सय सर्वसाधारणले यो आकाशेपुललाई सेल्फी लिने थलो बनाए । पुलमाथि चढेर विशेषगरी युवतीहरूले फोटो खिच्ने गरेका छन् । उनीहरू समूह नै बनाएर फोटो खिच्न पुलसम्म पुग्छन् । आकाशेपुलबाट बाटो काट्नेलाई समेत फोटो खिच्नेहरूको भिडले अल्झाउने गरेको छ ।

आकाशेपुल सञ्चालनमा आएपछि दमकको ट्राफिक व्यवस्थापनमा केही सहज हुने अनुमान गरिएको थियो । तर, सरोेकारवालाले पुलको उपयोगिताबारे सर्वसाधारणलाई अझै बुझाउन नसकेको दमकवासी बताउँछन् ।

सडक पार गर्नका लागि बनाइएको यो पुललाई शिक्षित वर्गले नै उपहास गरिरहेका छन् । पुलमा उक्लिन र ओर्लिन झन्जट लाग्ने हुँदा आफूले पुलको मुनिबाटै सडक पार गर्दै आएको पैदलयात्रु विवेक खनालले बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७३ लाख २ हजार ५ सय ६३ र दमक नगरपालिकाको आन्तरिक स्रोतबाट ४० लाख ४८ हजार ८ सय ६३ रुपैयाँ गरी १ करोड १४ लाख ४१ हजार ८ सय ६३ रुपैयाँ लागतमा यो आकाशेपुल निर्माण भएको हो । २५ मिटर लम्बाइ २ दशमलव ५ मिटर चौडाइ र ६ दशमलव ३० मिटर उचाइको यो पुलको निर्माण प्रवीण निर्माण सेवाले गरेको हो ।

आकाशेपुल प्रयोगविहीन भएको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई पनि थाहा छ । मेयर ओलीले आकाशेपुलको प्रयोगलाई बाध्यकारी बनाउने विषयमा चाँडै ट्राफिक प्रहरीसँग छलफल गरिने बताए ।

‘दमकमा सवारीको चाप बढ्दै गएपछि बालबच्चा र बुढापाकालाई सडक पार गर्न गाह्रो हुन्छ भनेर आकाशेपुल बनाइएको हो,’ उनले भने, ‘तर, मान्छेमा जनचेतना कमी रहेको पाइयो । पुलबाट जानुस् न भन्छौँ, तर उनीहरू पुल निकै पर छ भन्दै सीधै बाटो काट्छन् ।’