परिवार दलको केन्द्रीय बैठक कोराभित्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, चितवन   |   असोज २६, २०७४

दीपेन्द्र अधिकारी/नयाँ पत्रिका

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल बसेको कोराभित्रै मंगलबार परिवार दलको केन्द्रीय समितिको बैठक बसेको छ । कालिका नगरपालिका–६ खोलेसिमलस्थित निवासमा अध्यक्ष ढकाल आमाको किरिया बसेका छन् । बुधबार ढकालको निवासमा नेपाल परिवार दलको केन्द्रीय कमिटीको बैठक बसेको हो ।

कोराभित्र आयोजना गरिएको बैठकमा केन्द्रीय समिति, कार्यसम्पादन समिति सदस्यहरूको सहभागिता थियो । परिवार दलको केन्द्रीय समिति ५१ सदस्यीय छ । एमालेसँग भएको तीनबुँदे सहमति अनुमोदन र निर्वाचनका विषयमा तत्काल निर्णय गर्नुपर्ने भएकाले कोराभित्रै दलको बैठक बसेको हो । कोरामै रहेका अध्यक्ष ढकालले बैठकको अध्यक्षतासँगै बैठकलाई सम्बोधनसमेत गरेका थिए ।

बैठकले एमालेसँग चुनावी तालमेल गर्ने सहमति अनुमोदन गरेको छ । बैठकमा एमालेसँग भएको तीनबुँदे सहमतिका विषयमा केन्द्रीय समितिका सदस्यहरूले राय–सुझाब राखेका छन् । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले एमालेसँग चुनावी तालमेल गरे पनि पार्टी एकीकरण नगर्न नेतृत्वलाई सुझाब दिएका छन् । पार्टी एकीकरण गर्दा दलको अस्तित्व समाप्त हुने भन्दै केन्द्रीय सदस्यहरूले कुनै पनि हालतमा पार्टी एकीकरण गर्न नहुने सुझाब दिएका छन् ।

राष्ट्रिय आवश्यकतालाई मनन गरी चुनावी एकता गरिए पनि एकीकरण भने गर्न नहुने तर्क उनीहरूको थियो । बैठकमा केन्द्रीय सदस्य अब्दुल कैयुम शाहले एमालेसँग भएको चुनावी तालमेल स्वागतयोग्य भए पनि पार्टी एकीकरण नगर्न नेतृत्वलाई सुझाब दिए । बैठकमा केन्द्रीय सदस्य तथा सांसद मिलन राजवंशीले सिंगो पार्टीको अस्तित्व सकिने गरी पार्टी एकीकरण गर्न नहुने बताइन् ।

त्यसैगरी बैठकले निर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष एकनाथ ढकालले एमालेसँग पार्टी एकीकरण नभई चुनावी तालमेल मात्रै गरेको बताए ।

परिवार दलले सूर्य चिह्नमै चुनाव लड्ने

परिवार दल एमालेको चुनाव चिह्न सूर्य लिएरै चुनाव लड्ने भएको छ । अध्यक्ष ढकालले कुल निर्वाचन क्षेत्रमध्ये दुई प्रतिशत क्षेत्रमा परिवार दलले उम्मेदवारी दिने बताए । परिवार दलका उम्मेदवारहरूलाई एमालेले नै टिकट दिने सहमति भएको अध्यक्ष ढकालले जानकारी दिए । अध्यक्ष ढकालले संसद्बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने र संसद्भित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका सांसदहरूले स्वतन्त्र रूपमा आफ्नो विचार राख्न पाउने सहमति भएको बताए ।