सूचना प्रविधिले अर्थतन्त्रमा पारेको असर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

अमेरिकालगायत अन्य विकसित अर्थतन्त्र भएका राष्ट्रको विगत ३० वर्षभन्दा बढी अवधिको इतिहास हेर्ने हो भने सम्पत्ति तथा आम्दानी असमानता वृद्धि हुँदै आएको देखिन्छ । मूल्यवृद्धिका तुलनामा कामदारको वास्तविक ज्याला भने ज्यादै न्यून मात्रामा मात्र वृद्धि भएको र बैंकको ब्याजदर निरन्तर कम हुँदै आएकाले निवृत्त कर्मचारीले समेत बचतको उचित ब्याजदर नपाउनेजस्ता समस्या सामना गर्दै आइरहेका छन् । यसकारण व्यावसायिक क्षेत्रका कम्पनीको मुनाफा वृद्धि भएको छ भने ती कम्पनीको धितोपत्र तथा सेयर मूल्यमा समेत तीव्र वृद्धि भएको छ । मुख्यतः आधुनिक सूचना प्रविधि (आइटी)को विकासले नै यस्तो परिवर्तन भएको हालै गरिएको (मैले गरेको) एक अध्ययनले देखाएको छ ।

सूचना प्रविधिले अर्थतन्त्रमा व्यापक असर गरेको छ । कम्प्युटर, इन्टरनेट र मोबाइल प्रविधिले सञ्चारजगत्, अनलाइन व्यापार, औषधि उद्योगलगायत उपभोक्तासँग सम्बन्धित अन्य असंख्य सेवा क्षेत्रमा सजिलै रूपान्तरण गरेको छ भने मानिसको जीवनस्तरमा समेत व्यापक सुधार ल्याएको छ । तर, सूचनाप्रविधिले ठूला व्यावसायिक कम्पनीको बजारमा एकाधिकार बढाउने र नयाँ कम्पनीलाई नयाँ प्रविधि अवलम्बन गर्न असहज हुनाले सूचना प्रविधिका नकारात्मक असर पनि उत्तिकै छन् । मुख्यतया अर्थतन्त्र, सामाजिक÷आर्थिक तथा राजनीतिक क्षेत्रमा सूचना प्रविधिले नकारात्मक असर पनि पारेको छ । ‘तथ्यहीन समाचार’ बढाइचढाइ गरी सम्प्रेषण तथा सञ्चार गर्न सूचना प्रविधिको विकासले व्यापक सहयोग गरेको छ । सूचना प्रविधि क्षेत्रको यही विशेषताका कारण ठूला कम्पनीका लागि बजारमा एकाधिकार कायम गर्ने आधार खडा गरिदिएको छ । तथ्यांक भण्डारण, प्रोसेसिङ र रूपान्तरण गर्न सूचना प्रणालीको विकासले ठूलो सहयोग गरेको छ ।

तर सूचना प्रविधिका प्रवर्तकहरू नै सूचना प्रवाह गर्ने एक मात्र माध्यम बन्न पुगेकाले बजार प्रतिस्पर्धी हुन दिएको छैन । बौद्धिक सम्पत्तिमा कपिराइट लगाएर वा विशेष अनुमति लिनुपर्ने व्यवस्था गरी सूचना प्रविधि कम्पनीले बजारमा आफ्नो एकाधिकार तथा गोपनीयता कायमै राखेका छन् । तर, व्यवसायिक क्षेत्रका गोपनीयता सार्वजनिक हुन जरुरी छ । ठूला सूचना प्रविधि कम्पनी कानुनी नियमनभन्दा बाहिर रहेका छन् । सफ्टवेयर निरन्तर अपडेट (अद्यावधिक) गरी अन्य प्रतिस्पर्धी कम्पनीलाई ठूला कम्पनीलाई दबाबमा पारिरहेका हुन्छन् । यसको पनि रणनीतिक कारण छ । जब नयाँ प्रविधि विकास हुन्छ, अन्य कम्पनीका भन्दा अझ सामयिक सफ्टवेयर बनाउन (बजारमा एकाधिकार कायम राखिरहन) वा दबाबमा राखिरहन आफ्ना प्रतिस्पर्धी कम्पनीको पहिचान गर्ने गरेका छन् ।

एउटा नवप्रवर्तनकारी कम्पनीले एकपटक नयाँ ‘प्लेटफर्म’ खडा गरिसकेपछि उसलाई निरन्तर फाइदा भइरहन्छ किनभने पछिल्लो वर्षमा सूचना भण्डारण तथा प्रोसेसिङ शुल्क घट्दोक्रममा रहेको छ । सञ्चालन खर्च कम भएका प्रविधि कम्पनी फाइदामा रहेका देखिन्छन् । सूचना प्रविधिका प्रयोगकर्ता बढेसँगै कम्पनीको मुनाफा पनि तीव्र रूपमा वृद्धि हुन थालेको छ (भण्डारण खर्च कम भएकाले पनि उनीहरू फाइदामा जान सजिलो भएको हो) । उदाहरणका लागि गुगल र फेसबुकजस्ता कम्पनीलाई लिन सकिन्छ, जसको सञ्चालन खर्च कम छ । यी कम्पनीको जति नै खर्चमा अन्य प्रतिस्पर्धी कम्पनी पनि सञ्चालन हुन असम्भवप्रायः देखिन्छ ।

यी कम्पनीको शक्तिको प्रमुख स्रोत भनेको व्यक्तिगत सूचना नै हो । प्रयोगकर्ताका व्यक्तिगत सूचना प्रयोग गर्ने सक्षमता नै प्रविधि कम्पनीहरूको मुख्य सम्पत्तिका रूपमा रहेका छन् । वास्तवमा धेरै प्रविधि कम्पनीहरू उत्पादक होइनन्, आमरूपमा उपयोग गरिने साधन मात्र हुन्, जसले प्रयोगकर्ताबीच एकआपसमा जोड्ने र सूचना आदानप्रदान गर्ने बृहत् क्षेत्रका रूपमा काम गर्ने गरेका छन् । छोटकरीमा भन्नुपर्दा सूचना प्रविधिले नयाँ कम्पनीलाई बजारमा प्रवेश हुन व्यवधान गरी ठूला कम्पनीलाई अझ धेरै प्रयोगकर्ताबीच स्थापित हुन प्रोत्साहन गरेको देखिन्छ । सूचना प्रविधिको विकासकै कारण नवीनतम कुराको खोजी हुने क्रम बढेको छ भने कम्पनीको एकाधिकारले पनि सँगसँगै बढावा पाउँदै आएको छ ।

एकाधिकारको असरबारे गरिएको हालै प्रकाशित एक अध्ययनमा औसत रूपमा हुनेभन्दा बढी एकाधिकार रहेको पाइएको छ । एकाधिकारकै कारण कम्पनीको मुनाफा र सेयरमूल्य पनि बढी रहेको देखिएको छ । बजारमा एकाधिकार रहेका कम्पनीको सेयर मूल्य (जसलाई एकाधिकार सम्पत्ति वा मोनोपोली वेल्थ पनि भनिएको)को प्रवृत्ति पनि अध्ययन गरिएको छ ।

चार्टमा सन् १९८५ देखि २०१५ सम्मको अवधिमा कुल सेयर मूल्यलाई एकाधिकार सम्पत्तिका रूपमा देखाइएको छ । सन् १९८० को दशकसम्म बजारमा कुनै पनि कम्पनीको एकाधिकार सम्पत्ति नरहेको तथ्यांकले देखाएको छ । तर, सूचना प्रविधि क्षेत्रको विकास भएसँगै एकाधिकार सम्पत्ति पनि नाटकीय रूपमा वृद्धि भएको देखिएको छ । सन् २०१५ को अन्तसम्ममा समग्र सेयर बजारको करिब ८२ प्रतिशतसम्म सेयर एकाधिकार भएका कम्पनीको रहेको देखिएको छ, जसको मूल्य २ सय ३० खर्ब डलरभन्दा बढी रहेको छ । एकाधिकार कायम राख्ने सामथ्र्यबाट आर्जन गरिएको यो अतिरिक्त सम्पत्ति हो र यस्तो सम्पत्ति निरन्तर वृद्धि भइरहेको छ ।

एकाधिकार सम्पत्तिको प्रतिशतको विश्लेषण गर्ने हो भने प्रविधि व्यावसयिक कम्पनीमा कर्जामा लगानी गर्ने क्रम तीव्र रूपमा वृद्धि भएको देखिन्छ । सन् १९६० मा २० प्रतिशतभन्दा कम रकम मात्र कर्जाको लगानी रहेको थियो । सन् २०१५ मा आइपुग्दा सो हिस्सा बढेर करिब ८० प्रतिशतसम्म पुगेको छ । यसको अर्थ सार्वजनिक संस्थामा गरिएको लगानी हाल आएर बन्डमार्फत् लगानी भएको छ भन्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा कर्जामार्फत लगानी गर्न लगानीकर्ताहरू इच्छुक भएका छन्, एकाधिकार सम्पत्तिलाई बढी सुरक्षित रूपमा लगानीकर्ताले हेरेका छन् भन्न सकिन्छ ।

तालिकामा दिइएजस्तै सन् २०१५ मा एकाधिकार सम्पत्तिको हिस्सा बढी भएका ठूला दशमध्ये नौवटा कम्पनी मोबाइल प्रविधि, सामाजिक सञ्जाल र अनलाइन व्यापारजस्ता सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कम्पनी नै रहेको देखिन्छ । यसैगरी एकाधिकार सम्पत्ति भएका ठूला १ सय कम्पनी सूचना प्रविधि कम्पनीद्वारा नै रूपान्तरित भएका कम्पनीहरू हुन् ।

बजारमा एकाधिकार कायम गरेका कम्पनीकोे आम्दानीलाई तीन भागमा विभाजन गरिएको छ : श्रम आम्दानी, लगानी भएको पुँजी तिर्नका लागि साधारण ब्याजदरबाट भएको आम्दानी र एकाधिकार नाफा । सन् १९७० र १९८० को दशकमा एकाधिकार नाफा निकै कम मात्र रहेको तथ्यांकले देखाएको छ । तर, सन् १९८४ पछिदेखि भने एकाधिकार नाफा बिस्तारै बढ्न थालेको देखिन्छ । सन् २०१५ मा अमेरिकी कम्पनीहरूको कुल आम्दानीको करिब २३ प्रतिशतसम्म नाफा एकाधिकार नाफाबाटै भएको छ ।

सामान्यतया उत्पादकत्व र पुँजी निर्माण वृद्धि भएसँगै ज्याला र पुँजीगत आम्दानी पनि वृद्धि हुन्छ, तर एकाधिकार भएको बजारमा उत्पादकत्व र पुँजी निर्माणकै अनुपातमा ज्याला र पुँजीगत आम्दानी वृद्धि हुँदैन । सन् १९८५ देखि सन् २०१५ सम्मको अवधिमा ज्यालादर अत्यन्त न्यून अनुपातमा मात्र वृद्धि भएको देखिन्छ भने निवृत्त कर्मचारीले बचतको उचित ब्याजदर नपाउने समस्या व्यहोनुपर्ने अवस्था आएको छ । त्यसो भए सूचना प्रविधि क्षेत्रका कम्पनीको एकाधिकार सामथ्र्य बढ्दा आम्दानी तथा सम्पत्ति किन थोरै मानिसका हातमा सीमित हुन्छ र व्यक्तिगत आम्दानी र सम्पत्ति असमानता कसरी वृद्धि हुन्छ ?

कम्पनीको एकाधिकार सामथ्र्य बढ्दा व्यावसायिक नाफा बढेको छ भने सेयर मूल्य अत्याधिक माथि चढेको छ । यसले सेयरधनी र व्यवस्थापनका थोरै मानिसलाई मात्र फाइदा पुग्ने अवस्था सिर्जना गरेको छ । तर, सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने उद्यमी व्यवसाय सुरु गर्ने वेलामा युवावस्थामा थिए, उनीहरूको स्वामित्वमा थोरै मात्र सेयर थियो । यसलाई पनि गहन अध्ययन गर्न जरुरी छ ।

सन् १९८० को दशकदेखि सूचना प्रविधि कम्पनीहरू सफ्टवेयरमा आधारित व्यवसाय गर्दै आइरहेका छन् । नयाँ उद्यमीलाई यसले सहज पनि बनाएको छ । सफट्वेयर प्रणालीमा आधारित भएकाले सस्तो र सानो लगानीमा पनि सञ्चालन गर्न सकिने भएको अध्ययनहरूले देखाएका छन् । यो क्षेत्रका लगानीकर्ताले ठूलो परिमाणको सेयर हिस्सा खरिद नगरी पनि आफ्नो ज्ञान तथा सीप परीक्षण गर्न पाएका छन् । फलस्वरूप सूचना प्रविधि क्षेत्रको व्यवसायमा लामो समय व्यतित नगरेका र थोरै मात्र लगानीकर्तामा सम्पत्ति केन्द्रीत भएको छ । तर अटोमोबाइल क्षेत्रको उद्योगमा ठूलो लगानी लाग्ने र जोखिम पनि उत्तिकै हुने भएकाले बिसौँ शताब्दीमा यो कुरा सत्य हुँदैनथ्यो (बिसौँ शताब्दीमा अटोमोबाइल क्षेत्र नवीन उद्योगका रूपमा लिइन्थ्यो) । सो समयमा सम्पत्ति धेरै मानिसबीच वितरण हुने अवस्था थियो ।

सूचना प्रविधि क्षेत्रका नकारात्मक असर राम्रोसँग अध्ययन गर्न सकिएको छैन । यो क्षेत्रलाई नियमन गर्ने विषयमा सार्वजनिक बहस हुन अत्यन्त जरुरी भइसकेको छ । यसका लागि प्रमुख तीनवटा चुनौती निकै संवेदनशील मानिएका छन् । पहिलो त धेरै सूचना प्रविधि कम्पनीले बजारमा एकाधिकार कायम गरेका कारण कार्यान्वयनमा रहेका विभेदकारी नीतिमाथि प्रश्न नै उठाउँदैनन् । सूचना प्रविधि क्षेत्रको नियमन गर्न कम्पनीको एकाधिकार तोड्ने गरी नयाँ नीति निर्धारण गर्नुपर्ने हुन्छ ।

दोस्रो, व्यावसायिक आम्दानी र करको दर पनि समायोजन गर्नुपर्ने हुन्छ, यसले ठूला कम्पनीको एकाधिकार गुम्न सक्छ । र तेस्रोचाहिँ सूचना प्रविधि क्षेत्रको नियमन गर्दा व्यक्तिगत सूचना प्रणालीको पुनर्मूल्यांकन हुन्छ । तसर्थ कम्पनीले व्यक्तिगत सूचना लिई उपभोक्तालाई शोषण र नियन्त्रणमा लिइरहन सक्दैनन् । तसर्थ सूचना प्रविधि क्षेत्रको अर्थतन्त्रबारे गहन अध्ययन तथा बोध आवश्यक छ । यसका साथै प्रविधिले कसरी धेरै मानिसको जीवनस्तर सुधार गर्दै छ र कसरी थोरै मानिसको मात्र सम्पत्ति मात्र बढाउँदै छ भन्ने कुरा पनि बुझ्न उत्तिकै जरुरी देखिएको छ ।

मोर्डेकाई कुर्ज स्टानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्र विषयका पूर्वप्राध्यापक हुन् ।

कपिराइटः प्रोजेक्ट सिन्डिकेट, २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org