भारतीय प्रधानमन्त्रीको भ्रमण स्थगनले अरुण तेस्रोको शिलान्यास अनिश्चित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

उमेश पौडेल/नयाँ पत्रिका

बहुप्रतीक्षित ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने मिति अनिश्चित भएको छ । भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत् निगम (एसजेभिएन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गराउने योजना राखेको भए पनि मोदीले भ्रमण स्थगित गरपछि अनिश्चित भएको हो । नेपालमा वाम एकता भएको र सरकार स्थिर नहुने भन्दै यही असोजको अन्तिम साता नेपालको राजकीय भ्रमणमा आउन लागेका मोदीको भ्रमण स्थगित भएको हो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम थियो ।

योजनाअनुसार आयोजना निर्माणको शिलान्यास नभएपछि अब के गर्ने भन्ने अनिश्चितता देखिएको कम्पनीका नेपाल निर्देशक हरेराम सुवेदीले बताए । ‘नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्ने भनिएको थियो, तर त्यसो हुन नसक्दा अब आयोजनाको औपचारिक काम कहिलेदेखि सुरु हुने अनिश्चित भएको छ,’ उनले भने ।

अघिल्लो महिना प्रधानमन्त्री देउवाले भारत भ्रमणका वेला आफूले भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्यास गर्न नेपाल आउन आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले पनि अरुण तेस्रो शिलान्यास समारोहमा नेपाल आउन देउवाले निमन्त्रणा दिएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । कम्पनीको योजनाअनुसार आयोजना ४ वटा प्याकेजमा निर्माण गरिनेछ । जसअनुसार पहिलो प्याकेजमा आयोजनाको बाँध, मुहान, सुरुङ र डाइभर्सनको सुरुङलगायतका भौतिक संरचना निर्माण गरिनेछ । त्यस्तै, दोस्रो प्याकेजमा पावर हाउस, तेस्रो चरणमा इलेक्ट्रोमेकानिकलको काम र चौथो प्याकेजमा हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम गरिने
सुवेदीले बताए ।

कुल १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै भइसकेको छ । भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेटसमेत उपलब्ध गराइसकेको छ । आयोजना विकास सम्झौता (पिडिए) अनुसार भारत निर्यात हुने आयोजना निर्माण भएपछि नेपालले २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने लगानी बोर्डले हिसाब निकालेको छ ।

पिडिएअनुसार एसजेभिएनले सन् २०२१ को अन्त्यसम्म अरुण तेस्रो सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर, नेपाल सरकारले जग्गा अधिग्रहण र वनको स्वीकृतिमा एक वर्षभन्दा बढी ढिलाइ गरेको भन्दै आयोजना निर्माण सम्पन्न हुन थप १ वर्ष लाग्ने सुवेदीले बताए । योजनाअनुसार अब सन् २०२२ मा मात्र निर्माण सकिनेछ ।

शिलान्यास नभएपछि काममा सुस्तता

मोदीले उद्घाटन गरेसँगै कम्पनीले आयोजना निर्माणमा तीव्रता दिने भनिए पनि त्यो नभएपछि काममा केही सुस्तता देखिने सुवेदीले बताए । ‘ठूलो हौसला र उत्साहका साथ हामीले तयारी गरेका थियौँ,’ सुवेदीले भने, ‘एक्कासि भ्रमण रोकिएपछि हाम्रो तयारी र काम गर्ने उत्साहमा केही कमी आएको निश्चित हो ।’

तर, भारतीय लगानीकर्ता कम्पनी एसजेभिएनले आयोजना निर्माणका आवश्यक सबै प्रक्रिया सुरु गरिसकेको छ । धेरै समयदेखि विवादमा रहेको वन क्षेत्रको जग्गा प्रयोगका लागि गत साउन १८ गते लगानी बोर्डले जग्गा लिजमा लिन मिल्ने निर्णय गरिदिएपछि आयोजनाले काम गर्ने गति बढाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले जलविद्युत् आयोजनालाई परियोजना विकास सम्झौता (पिडिए) अनुसार आवश्यक वन क्षेत्रको जग्गा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको थियो ।

वनको जग्गा उपयोगसम्बन्धी समस्या समाधान भएलगत्तै आयोजनाको फाइनान्सियल क्लोजरको काम अघि बढ्ने छ । सोहीअनुसार अरुण तेस्रोलाई आवश्यक १ सय २३ हेक्टर जग्गा लिजमा हस्तान्तरण गरिने निर्णय भएको थियो ।

त्यस्तै, राष्ट्रिय योजना आयोगले गत साउन २९ गते जलविद्युत् आयोजना र प्रसारण लाइनलाई राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा राखी सोहीअनुसार व्यवहार गर्न ऊर्जा र वन तथा भूसंरक्षण मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।