क्याटलन स्वतन्त्रतामा हस्ताक्षर अमान्य : स्पेन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, म्याड्रिड   |   असोज २६, २०७४

विखण्डनकारी नेताहरूद्वारा स्वतन्त्र क्याटलनमा हस्ताक्षर, स्वतन्त्रताको कार्यान्वयन भने तत्कालका लागि स्थगित

स्पेन सरकारले क्याटलन नेता कारलस पुज्डमोनले क्याटलन स्वतन्त्रतामा हस्ताक्षर गरेको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । क्याटलनका विखण्डनकारी नेताहरूले मंगलबार राति क्याटलन स्वतन्त्र भएको घोषणामा हस्ताक्षर गरेका थिए । सरकारले क्याटलन नेताहरूले गरेको मध्यस्थताको आह्वानलाई समेत अस्वीकार गरेको छ ।

स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियामा प्रत्यक्ष शासन गर्ने संकेत गरेका छन् । क्याटलोनियाले स्वतन्त्र घोषणा गरेको हो वा होइन भन्नेबारेमा प्रस्ट पार्नसमेत प्रधानमन्त्री राखोयले माग गरेका छन् । सरकारले संविधानअनुसार क्याटलोनियाको स्वायत्तता खारेज गर्ने कदम चाल्ने चेतावनीसमेत उनले दिएका छन् ।

स्वतन्त्रता घोषणामा हस्ताक्षर

यसअघि मंगलबार राति मारिआनो पुज्डमोनलगायत अन्य विखण्डनकारी क्याटलन नेताहरूले स्वतन्त्रताको घोषणामा हस्ताक्षर गरेका थिए । तर, स्वतन्त्रता कार्यान्वयन भने केही समयका लागि स्थगित गरेका थिए । घोषणाको कानुनी मान्यताबारे केही प्रस्ट पारिएको छैन । स्वतन्त्रतामा हस्ताक्षर गरेको पुज्डमोनको प्रारम्भिक अभिव्यक्तिप्रति बार्सिलोनास्थित स्वतन्त्र समर्थकहरूको भिड खुसी भएको थियो । तर, तत्काल कार्यान्वयन नहुने भनाइले समर्थकहरू दुःखी भएका थिए । बृहत् छलफलका लागि भन्दै तत्कालका लागि स्वतन्त्रता कार्यान्वयन रोक्ने उनले बताएका थिए । क्याटलन नेताले क्याटलोनियालाई स्वतन्त्रता घोषणामा हस्ताक्षर गर्ने र केही समयपछि मात्र कार्यान्वयन गर्ने निर्णयले स्पेनमा गम्भीर राजनीतिक अनिश्चितता निम्तिएको छ ।

समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध

क्याटलोनियाको संसद्लाई बार्सिलोनामा सम्बोधन गर्दै विखण्डनकारी नेता मारिआनो पुज्डमोनले क्याटलोनियाले मतदानपछि स्वतन्त्र हुने अधिकार प्राप्त गरेको दाबी गरे । ‘क्याटलन रिपब्लिकनलाई एउटा स्वतन्त्र र सार्वभौमसम्पन्न मुलुकको रूपमा मान्यता दिन अन्तर्राष्ट्रिय सरकार र संगठनहरूलाई आह्वान गर्छौं,’ मंगलबार राति क्षेत्रीय संसद्लाई सम्बोधन गर्दै क्याटलन नेता पुज्डमोनले भने । म्याड्रिडबाट अलग हुनु आमक्याटलनको इच्छा भएको उनले बताए । तर, स्वतन्त्रताको विषयमा उत्पन्न तनावलाई न्यून गर्न अन्तर्राष्ट्रिय मध्यस्थता आवश्यक रहेको उनले बताए ।

क्षेत्रीय संसद्लाई सम्बोधनपछि मंगलबार राति क्याटलन नेता कारलस पुज्डमोन क्याटलोनिया स्वतन्त्र भएको घोषणामा हस्ताक्षर गर्दै । पुज्डमोनले वार्तालाई सहज बनाउन सो घोषणाको कार्यान्वयन केही साताका लागि स्थगित गरेको बताएका छन् । तस्बिर : एजेन्सी

मध्यस्थकर्ताको प्रस्ताव ठाडै अस्वीकार

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताद्वारा वार्ता गर्ने पुज्डमोनले गरेको प्रस्तावलाई स्पेनका उपप्रधानमन्त्री सोराय साइन्ज दे सान्तामारियाले ठाडै अस्वीकार गरेकी छिन् । ‘मध्यस्थताको आह्वान गर्ने अधिकार पुज्डमोनलाई छैन,’ उनले भनिन्, ‘इतिहासमा क्याटलोनियालाई सबैभन्दा ठूलो तहको तनावमा पु¥याएपछि क्याटलन नेता पुज्डमोनले आफ्नो स्वायत्त क्षेत्रलाई झनै ठूलो अनिश्चितताको भुमरीमा फसाएका छन् ।’ पुज्डमोन गन्तव्यविहीन यात्रु भएको उनले आरोप लगाइन् । जनमतसंग्रह गैरकानुनी र त्यसको परिणाम अवैध भएको स्पेनका न्यायमन्त्री राफेल क्याटलाले दोहो¥याए ।

विवादास्पद जनमतसंग्रह

गत अक्टोबर १ मा भएको विवादास्पद जनमतसंग्रहपछि स्पेनमा राजनीतिक संकट सुरु भएको थियो । क्याटलन सरकारले गरेको सो जनमतसंग्रहलाई स्पेनको संवैधानिक अदालतले अवैध घोषणा गरिसकेको छ । जनमतसंग्रहमा क्याटलोनियाका २३ लाखले मतदान गरेको दाबी गरिएको छ । ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेको विखण्डनकारी नेताहरूले बताउँदै आएका थिए । निर्वाचन बिथोल्न स्पेनी सुरक्षाफौज परिचालन भएको थियो । प्रहरीको आक्रमणमा झन्डै नौ सयजना घाइते भएका थिए ।

इयू र फ्रान्सको विरोध

क्याटलोनिया स्वतन्त्र भएको घोषणाप्रति युरोपेली युनियन (इयू) ले विरोध जनाएको छ । ‘हामीले सरोकारवाला सबैलाई वार्ताबाट समस्या समाधान गरी तत्काल विवाद अन्त्य गर्न आग्रह गरेका छौँ,’ युरोपेली आयोगका प्रवक्ताले भने । हिंसाको अन्त्य गर्र्न स्पेनी प्रधानमन्त्रीलाई आग्रह गरेको आयोगले जनाएको छ । त्यस्तै, स्वतन्त्र क्याटलोनियालाई मान्यता नदिने फ्रान्सले जनाएको छ ।

संकटपछि क्याटलोनियाका कम्पनीहरू बन्द

क्याटलोनिया स्पेनका धनी क्षेत्रहरूमध्येको एक हो । संकट चुलिएपछि दर्जनौँ निजी कम्पनीले क्याटलोनियाबाट आफ्नो प्रधान कार्यालय स्थानान्तर गर्ने घोषणा गरेका छन् । देशबाट हुने कुल निर्यातमध्ये एकचौथाइ निर्यात क्याटलोनियाबाट हुने गर्छ । स्वतन्त्रता घोषणा भएमा आफ्नो प्रधान कार्यालय बार्सिलोनाबाट म्याड्रिड सार्ने चेतावनी प्रकाशन कम्पनी ग्रुपो प्लेन्टियाले दिएको छ ।