मुख्य दलको विवादले अड्कियो राष्ट्रिय सभा विधेयक, एकल संक्रमणीय मतमा कांग्रेसको अडान - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

कृष्ण कट्टेल/नयाँ पत्रिका

राष्ट्रिय सभाको निर्वाचन प्रणालीबारे सत्तारुढ नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रबिचको विवादले तीन हप्तादेखि राष्ट्रिय सभा निर्वाचनको विधेयक अलपत्र परेको छ । दलीय विवादले विधेयक संसदको कार्यसुचीमा पर्दै आएपनि पारित हुन सकेको छैन ।

सरकारले बहुमतका आधारमा राष्ट्रिय सभा गठन हुने व्यवस्थासहितको विधेयक संसदमा २८ भदौमा संसदमा दर्ता गरेको हो । तर आफैले ल्याएको विधेयक संशोधन गर्दै एकल संक्रमणीय मत प्रणाली अपनाउनुपर्ने कांग्रेसले प्रस्ताव गरेको छ । तर प्रमुख प्रतिपक्षी दल एमाले र माओवादी केन्द्रले कांग्रेसको प्रस्ताव अस्विकार गरेका छन् । उनीहरुले बहुमतीय प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

कांग्रेसले ०४७ सालको संविधानमा व्यवस्था भए अनुसारको एकल संक्रमणीय मतको आधारमा राष्ट्रिय सभाका सदस्य निर्वाचित गर्नुपर्ने प्रस्ताव गरेको हो । संविधानमा समेत एकल संक्रमणीय मतको आधार हुनुपर्ने नभनेकाले आफूहरुलाई स्विकार्य नहुने एमाले नेता अग्नि खरेलले बताए । राजनीतिक तहमा फेरबदलको आंकलत गरेर कांग्रेसले कानुन परिवर्तन गर्न खोजिरहेको खरेलले आरोप लगाए । उनले भने,‘अहिले आएर कानुन परिवर्तन गर्ने परिस्थिति कसरी पैदा भयो ? सरकारले राजनीतिक फेरबदलको आधारमा पोजिसनको आंकलन गर्दै कानुन बनाउदैछ । त्यो स्विकार्य हुदैन ।’

पटक पटकको छलफल असफल

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय मतको आधारमा वा बहुमतको आधारमा गर्ने भन्नेबारे शीर्ष नेताहरुबिच छलफल हुदै आएको छ । मंगलबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली,नेता बामदेव गौतम, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,कानुनविद लगायतबिच छलफल भएको थियो । त्यसअघि कांग्रेस,एमाले,माओवादी केन्द्रका नेता, गृहमन्त्री,कानुनमन्त्री लगायत कानुनविदबिच समेत यसबारे छलफल हुदै आएको थियो । माओवादी केन्द्रका सांसद एवं कानुनविद रामनारायण बिडारीले आफैले ल्याएको विधेयक सरकारले नमानेपछि समस्या उत्पन्न भएको बताए ।

नेपाली कांग्रेसले भने एकल संक्रमणीय मतको आधारमा राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान कायम राखेको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले व्यवहारिकरुपमा समेत एकल संक्रमणीय व्यवस्था समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हुने बताए । उनले भने,‘ निर्वाचन पद्धतिबारे दलहरुले आ–आफ्नो हरहिसाव गर्लान् त्यो आफ्नो ठाउँमा छ । सामान्यतया एकल संक्रमणीय मत अनुसार धेरै दलको प्रतिनिधित्व हुनेछ । थोरै मत ल्याउने दलहरुको समेत राष्ट्रिय सभामा प्रतिनिधित्व हुनेछ । बहुमतीय आधारमा जाने हो भने त जसले बढि मत ल्याउछ उसैको मात्रै राष्ट्रिय सभामा प्रतिनिधित्व हुन्छ ।’ दलहरुबिच सहमति जुट्न नसकेपछि संसदबाट राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धी विधेयक पारित हुन सकेको छैन ।

यस्तो छ संविधानमा व्यवस्था

५९ सदस्यीय राष्ट्रिय सभा बन्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद,गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । उनीहरु समावेश निर्वाचक मण्डलबाट प्रदेश सभाका सदस्य,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक गरी प्रत्येक प्रदेशबाट ८/८ जना निर्वाचित हुने व्यवस्था छ । प्रत्येक प्रदेशबाट ३ जना महिला,एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित ८ जना गरी ५६ जना राष्ट्रिय सभामा निर्वाचित हुने संवैधानिक व्यवस्था छ । बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेपछि राष्ट्रिय सभा ५९ सदस्यीय बन्नेछ ।

बहुमतको आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्दा प्रदेश तथा स्थानीय तहमा बढि सिट जितेका राजनीतिक दलले मात्र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् । तर एकल संक्रमणीय व्यवस्थाअनुसार कुनैपनि उम्मेदवारलाई बिजयी हुन आवश्यक मत आएमा बाँकी मत अर्को उम्मेदवारमा सर्ने भएकाले धेरै दलहरुको राष्ट्रिय सभामा सहभागिता हुने एमाले नेता अग्नि खरेलले बताए । संविधानमा समेत व्यवस्था नभएकाले बहुमतीय प्रकृयाबाट राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने खरेलले बताए । स्रोतका अनुसार बाम गठबन्धनको हल्ला चलेपछि राष्ट्रिय सभामा समेत आफूहरुको सहभागिता कमजोर हुने देखेर कांग्रेसले एकल संक्रमणीय व्यवस्था हुनुपर्ने अडान अगाडि सारेको हो ।

एकल संक्रमणीय मत प्रणालीमा मतगणना गर्दा विजयी हुन आवइकभन्दा बढि मत दोस्रो प्राथमिकता पाउने उम्मेद्वारलाई सर्दै जान्छ । उसको मतले समेत बिजयी हुनुपर्ने थ्रेसहोल्ड पार गरे विजयी हुनेछ । ४ कात्तिकसम्म कार्यकाल रहेको व्यवस्थापिका संसदको बैठक मुस्किलले ७ दिन बस्न सक्छ । २ गतेबाट तिहारको विदा रहेकाले त्यसअघि नै संसदले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्छ । संसदमा अझै दुई दर्जन विधेयक रोकिएपनि संविधान कार्यान्वयनसँग सम्बन्धित यस संसदले टुंगो लगाउनैपर्ने विधेयक भने राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक र प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी विधेयक हो ।

राष्ट्रियसभामा एकल संक्रमणीय मतप्रणाली आवश्यकः आयोग

निर्वाचन आयोगले संघीय संसदलाई समानुपातिक र समावेशी बनाउन राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी ऐनले एकल संक्रमणीय मतप्रणाली अपनाउनुपर्ने धारणा राखेको छ । समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा संसदमा पुगेको राष्ट्रियसभा सदस्य विधेयकले राष्ट्रियसभा गठनमा एकल संक्रमणीय मतप्रणालीको व्यवस्था गर्नुपर्ने धारण राखेका हुन । कार्यक्रममा आयुक्त इला शर्माले राष्ट्रियसभा सदस्य ऐन बनाउन समानुपातिक र समावेशी हुनका लागि एकल सङ्क्रमणीय मतप्रणाली अनुसारको राष्ट्रियसभा सदस्य विधयेक पारित होस् भन्ने आयोगको चाहना रहेको बताएकी हुन । उनले भनिन ‘‘राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल सङ्क्रमणीय व्यवस्था अनुसारको राष्ट्रियसभाको कानून संसद्बाट पारित होस् भन्ने हाम्रो आग्रह हो ।’ शर्माले स्थानीय तहदेखि राष्ट्रियसभासम्म संविधान र लोकतन्त्रको मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउन पनि राष्ट्रियसभामा एकल संक्रमणीय मतप्रणाली आवश्यक रहेको बताएकी हुन ।