ग्रिसमा वैधानिक रुपमा किशोर–किशोरीले लिंग परिवर्तन गर्न सक्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, एथेन्स   |   असोज २६, २०७४

ग्रिसको संसद्ले १५ वर्षमाथिका किशोर–किशोरीलाई लिंग परिवर्तन गर्न पाउने कानुन अनुमोदन गरेको छ । कानुनी प्रावधानप्रति ग्रिसको अर्थोडक्स चर्चको विरोधका बाबजुद सो विवादास्पद कानुन पारित भएको हो ।

ग्रिसको वामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा लिंग परिवर्तनसम्बन्धी कानुन पास गरेको हो । दुई सय ८५ सदस्य रहेको संसद्मा एक सय ४८ सदस्यले सो कानुनको पक्षमा मतदान गरेका थिए । सिरिजा पार्टीको राष्ट्रवादी गठबन्धन र एनेल पार्टीका एकजना सदस्यले सो कानुनको समर्थन गरेका थिए ।

विद्यमान कानुनअनुसार ग्रिसमा आफ्नो लैंगिक पहिचानका लागि लिंग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । नयाँ कानुनले यसलाई अनिवार्य गर्नेछैन । प्रमुख प्रतिपक्षी दल न्यु डेमोक्रेसीले लिंग परिवर्तन गर्ने कानुनलाई समर्थन जनाएको भए पनि उमेरहदलाई १८ वर्ष तोक्नुपर्ने अडान राखेको थियो ।

‘तेस्रोलिंगी नागरिकले फरक लैंगिक पहिचान भएकै कारण अपमानित महसुस गर्थे । तर, नयाँ कानुनले उनीहरूलाई अधिकार दिएको छ,’ ग्रिसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताए । आवाजविहीन तथा समुदायमा दबाइएका अल्पसंख्यक नागरिकको पक्षमा सरकारले निर्णय गरेको उनले बताए ।