क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणबाहिर, १८० बेपत्ता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, लस एन्जेलस   |   असोज २६, २०७४

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलो अझै नियन्त्रणबाहिर रहेको छ । आइतबार रातिदेखि लागेको डढेले बस्तीतर्फ फैलिएपछि ठूलो जनधनको क्षति पुगेको छ । डढेलोमा १५ जनाको ज्यान गएको छ भने एक सय ८० बेपत्ता भएका छन् । डढेलोमा दर्जनौँ घाइते भएका छन् ।

डढेलो अंगुर बगान हुँदै जंगलमा फैलिएको थियो । २४ स्थानबाट फैलिएको आगो अहिले करिब ५० हजार हेक्टर क्षेत्रफलमा सल्किएको छ । डढेलोका कारण हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । डढेलोबाट प्रभावित केहीको उद्धार भएको छ ।

आगलागीबाट प्रभावित करिब पाँच हजारजनालाई शिविरमा राखिएको छ । अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले डढेलो तीव्र गतिमा विस्तार भएको जनाइएको छ । आगलागीले प्रायः अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । आगोले जलेर दर्जनौँ घर संरचना ध्वस्त भएका छन् ।

आगलागीमा कम्तीमा दुई हजार घर तथा व्यावसायिक भवन जलेर ध्वस्त भएका छन् । अन्य भौतिक संरचनाहरू पनि जलेर खरानी भएको बताइएको छ । आगलागीमा क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया राज्यमा इतिहासमै पहिलोपटक भीषण डढेलो लागेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । आगोको गति निकै तीव्र गतिमा फैलिएको प्रहरीले जनाएको छ । तीव्र हावाका कारण आगोका लप्का चारैतिर फैलिएका छन् । तातो हावा र सुक्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।

अहिले पनि डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अग्निनियन्त्रक, स्थानीय नागरिक तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर, डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन ।

यसैबीच, आगलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीय नागरिक भेटिएका छन् । सो जानकारी क्यालिफोर्नियाका अधिकारीहरूले दिएका छन् । अगलागीमा हराएका एक सय ८० जनाको खोजी कार्य तीव्र पारिएको उद्धारकर्मीहरूले जानकारी
दिएका छन् ।