के गर्‍यो एनआरएनले ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

विभिन्न कारणले आफ्नो परिवारको छाक टार्न र पेट पाल्न बिदेसिन बाध्य नेपालीको एउटा पनि छाता संगठन थिएन । ०४६ मा प्रजातन्त्रको उदय भएपछि खाडी तथा मध्यपूर्वमा नेपाली कामदारको माग ह्वात्तै बढ्न थाल्यो । अध्ययन, तालिम र सेमिनारको अन्तर्राष्ट्रिय फोरममा नेपालीहरू भाग लिन पुगे । कोही अध्ययन र तालिम सकेर उतै बसे, कोही देश फर्के । खकति नेपाली विदेशमा छन् र कुन–कुन देशमा छन्, कसैलाई हेक्का थिएन । नेपालीहरू विदेशमा गएर नाम र दाम कमाएका छन् भन्थे मानिसहरू । सन् २००३ को अक्टोबरमा भएको पहिलो सम्मेलनमा कुनै रौनक थिएन । मान्छेमा विश्वास थिएन । सो विश्व सम्मेलनमा ३२ देशबाट जम्मा २ सय २८ को उपस्थिति थियो । अझ सम्मेलनपछिको घोषणापत्र झन् कतिपयले राम्रोसँग बुझ्दै बुझेनन् किनकि त्यो अंग्रेजीमा लेखिएको ६ बुँदे घोषणापत्र थियो ।

घोषणापत्रको पहिलो बुँदामै ‘विभिन्न ठाउँमा रहेका नेपालीलाई भावनात्मक एकता गर्दै सञ्जाल विस्तार गर्र्ने’ त्यसैगरी दोस्रो बुँदामा नेपालमा ‘हाइड्रो, ट्राभल एन्ड टुरिज्म र प्रविधि’ क्षेत्रमा लगानी भित्र्याउने भनेबाट एक छत्र रूपमा नेपाली उपभोक्तामाथि राज गरेको त्यस वेलाको दूरसञ्चार संस्थानको एकाधिकारलाई निजी क्षेत्रमा आएको ‘युटिएल र मेरो मोइबाइल’ ले तोडेको थियो । जसमध्ये एकमा तत्कालीन अध्यक्ष डा. उपेन्द्र महतोको लगानी थियो ।

सन् २००५ अक्टोबर ९ मा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले एउटा महत्वपूर्ण निर्णय ग¥यो । काठमाडौंमा सम्पन्न सो सम्मेलनमा १२ बुँदे घोषणापत्र जारी गर्दै सय मिलियनको ‘एनआरएन इन्भेस्टमेन्ट फन्ड’को अवधारणा सार्वजनिक ग¥यो । एनआरएनको पाँचौँ सम्मेलनबाट अध्यक्ष चुनिएका जीवा लामिछानेको कार्यकालसम्म आइपुग्दा यसै फन्डका माध्यमबाट नेपालमा जलविद्युत् क्षेत्रमा लगानी भित्रिएको हो । विशाल भ्रातृत्वको भावना विकसित गर्दै नेपाली एकतालाई मजबुत बनाउने अभिप्रायले एनआरएनमार्फत एक अभियानको सुरुवात गरिएको हो । सन् २०१५ सम्म आइपुग्दा संघको विश्व सम्मेलनमा ५२ देशबाट एक हजार एक सय ९१ को सहभागिता रहन पुग्यो । अब हुने विश्व सम्मेलनमा १५ सयभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

यही अक्टोबरको १४–१७ काठमाडाैँमा हुने महासम्मेलनमा अहिले उम्मेदवारको वर्षा व्यापक छ । संघमा यतिविधि चाहना हुनु भनेको संघको गरिमा र साख उच्च हुनु नै हो । तर, यहाँ प्रसंग न संघको इतिहासको हो, न उम्मेदवारको । यी डेढ दशकका अवधिमा संघद्वारा के–कति कार्य भएनन् होइन कि के–कति कार्य भए भन्नेबाट विश्लेषण हुनु जरुरी छ । मुख्यतया अहिले एनआरएनको सञ्जाल ७७ देशमा जोडिएको हामीलाई थाहा भयो । तर, आँकलनमा ११० भन्दा बढी देशमा नेपालीको बसोवास छ भन्ने अनुमान छ ।

वर्तमान परिप्रेक्षमा अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना घलेद्वारा ‘एमआइटी फाउन्डेसन’घोषणा गरी एक अर्बको अक्षयकोष स्थापना गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउ“दै आइएको छ । पूर्वअध्यक्ष जीवा लामिछानेले सामूहिक लगानीको अवधारणा अघि सार्दै सय मेगावाटको जलविद्युत् निकाल्ने परियोजना अघि सारेका हुन् । उनीद्वारा स्थापना गरिएको एनआरएनको लगानी रहेको सानिमा हाइड्रोले विभिन्न परियोजनासँग सम्झौता गर्दै अहिलेसम्म ५६ मेगावाट विद्युत् निकाल्ने सम्झौता गरिसकेको छ । करिब एक अर्बको लमजुङ दर्दिखोला जलविद्युत् परियोजना त्यसैको नमुना हो ।

पूर्वअध्यक्ष देवमान हिराचनले जिसिआई इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्दै जापानी प्रविधिबाट अर्गानिक मल, बिउबिजन उत्पादन गरेका छन् । सो कम्पनीले अर्गानिक गुदपाक र च्याउसमेत उत्पादन गर्छ । उनले देशभरि अर्गानिक मल प्रयोग हुनुपर्छ भन्ने अभियान छेडेका छन् । गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६ सय १२ वटा आवास बस्ती बनाउने योजनामा तीव्र गतिमा काम भइरहेको छ । बा“की चार सय घर संघले अन्य जिल्लामा बनाउने लक्ष्य लिएको छ । अध्यक्ष घलेको ८ अर्ब लगानीमा काठमाडौंमा सेराटन होटेल खुल्दै छ, जसमा २२५ वटा रुम हुनेछन् । प्रत्यक्ष रूपले चार सय ५० जनाले रोजगारी पाउनेछन् । यो आफैँमा गर्वको विषय हो ।

वैदेशिक रोजगार राहत कोषमा नेपाल सरकार र संघका तर्फबाट गरी १० करोड राहत कोष स्थापना गरिएको छ । पूर्वअध्यक्ष जीवा लामिछानेको पहलमा नेदरल्यान्डको अन्तर्राष्ट्रिय अदालतमा बुद्धमूर्ति स्थापना आफैँमा कल्पनाबाहिरको कुरा हो, त्यो सम्भव भएको छ । परोपकारी क्षेत्रमा सानातिना छुटफुट सहयोग त कति भए, तर करिब एक अर्ब ५० करोडभन्दा बढी सहयोग भएको अनुमानित छ । अन्य जिल्लामा भूकम्पपीडित, बाढीपहिरो, दैवीप्रकोप आदिमा भएको सहयोगको डाटै छैन ।

हालसम्म राष्ट्र बैंकको तथ्यांकअनुसार सात अर्बभन्दा बढीको वार्षिक राजस्व भित्रिएको देखाउँछ र यसैका आधारमा औसत नेपालीको आयस्तर बढेको देखिन्छ । यसैगरी आर्थिक पत्रकार संघ (सेजन)को प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा मात्रै एनआरएनको १० अर्बभन्दा बढी लगानी देखिन्छ । सन् ०१४ सम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने २९ अर्ब ८५ करोड ५० लाखको लगानी भएको देखिन्छ, जसमा दुई हजार चार सय ७३ जनाले एनआरएनको लगानीद्वारा रोजगारी पाएका छन् । तर, यो संस्थागत रूपमा सतहमा देखिएको मात्र हो, अदृश्य रूपले एनआरएनको व्यक्तिगत लगानी अनुमानित ६० अर्बभन्दा बढी भएको एनआरएनकै जानकार बताउँछन् ।

महेन्द्र पाैडेल

यद्यपि स्थापनाको १० वर्षपश्चात् नेपाल सरकारबाट संघले मान्यता पाएको हो । अलिकति जोखिम नलिने खालका मानिसलाई लगानी गर्न विगतमा एकातिर वातावरण थिएन, अर्कोतिर स्थायी सरकार, स्थानीय तहको चुनाव र संविधान बनेको थिएन । सन् ०१३ पछि नै लगानीका लागि अलि उदार हुन पुगेको हो । वैदेशिक रोजगारमा ससानो पुँजी भएका मानिस पनि अहिले प्रोत्साहित भएका छन्, देशमै केही गर्नुपर्छ भनेर । यसका अलावा वैदेशिक रोजगारमा जानेका लागि पाँच लाखको बिमाको व्यवस्था गरिएको थियो । तर, एनआरएनकै पहलमा १० लाखसम्म बनाइएको छ । साथै एनआरएनका अगुवा डा. उपेन्द्र महतोद्वारा ललितपुरको भैंसेपाटीमा हजार करोडको लागतमा ३० रोपनी क्षेत्रफलमा फैलिएको ७५० शय्याको ‘मेडसिटी हस्पिटल’ निर्माण भइरहेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा एनआरएनको लगानीमा पाँच र बाहिर पाँच गरी १० अस्पताल बनाइने लक्ष्य रहेको छ । उनीबाट फूलकुमारी ट्रस्ट, पशुपति वृद्धाश्रम, किरियापुत्री भवनलगायत धेरै परोपकारी काम भइरहेका छन् । यसैगरी नेपालमा विज्ञहरू भित्र्याउन नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानस“ग सम्झौता गरी नेपालका खास हिमाली, पहाडी र तराई क्षेत्रमा विभिन्न किसिमका जडीबुटी र वैकल्पिक ऊर्जाको सोधखोज, अन्वेषण गर्ने अख्तियार तय भएको छ ।

यो त केवल बिदेसिएका पहिलो पुस्ता हुन् । हामी आफैँमा आर्थिक रूपमा अक्षम नै छौँ । विदेशमा लगानी गर्ने चिनियाँ नागरिकलाई एक प्रतिशत ब्याजदरमा ऋण सुविधा दिलाउने चीन सरकारको सहुलियत छ । भारतको अहिले पाँच पुस्ता भइसकेका छन् बिदेसिएका । यी देशका नागरिकसँग पनि हामीले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । यस्तो परिस्थितिमा विदेशमा सफल हुनु चानचुने विषय भने होइन । तर पनि यो सामूहिक अवधारणा, सामूहिक अभियान हो । एकल व्यक्तिले लगानी गरेर देश बन्दैन । त्यसैले गैरआवासीय नेपाली संघले के गरेन भन्दा पनि के गर्‍यो भन्नेतर्फ ध्यान दिन जरुरी हुन्छ ।

(लेखक बेल्जियम निवासी गैरआवासीय नेपाली हुन्)