पाठक टिप्पणी : कांग्रेस र वाम एकता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २६, २०७४

जति वेला नेपालमा राणा शासन थियो । राजाहरू निर्वासित हुन्थे । प्रजातन्त्रको वकालत गर्नेहरू पनि भारतमा लुक्थे । नेपालको निरंकुशता भारतले नबुझ्ने कुरै थिएन । त्रिभुवन शरण लिएर बसेकै वेला जवाहरलाल नेहरूले राजासित एउटा प्रस्ताव राखे । त्यो थियो, ‘त्रिभुवनजी, राणाहरूले साह्रै दुःख दिए, नेपाललाई भारतमै गाभेर एउटै देश बनाऊँ, हुन्न ?’ त्रिभुवनले सजिलो उत्तर दिए, ‘हुन्छ । तर, मेरो एउटा सर्त मान्नुपर्छ ।’ नेहरूले के भनेर सोधे । राजाले जवाफ दिए– मलाई तपाईंहरूको झन्डाको रङ र अंकित चिह्न राम्रो लाग्दैन । एकीकृत राष्ट्रको राष्ट्रिय झन्डा चन्द्रसूर्य अंकित त्रिभुजाकारको राख्ने भए, मलाई मन्जुर छ ।

त्यसपछि नेहरूले कुरा मोडेर मजाक गरेको भनेर टारे । मोदीमा आज पनि त्यही ह्याङ जीवित छ । नेपालको आन्तरिक राजनीतिमा खड्ग ओलीको चरित्र नेहरू र मोदीभन्दा फरक देखिएन । माथि राजाले गरेजस्तो स्वाभिमानी निर्णय गर्नबाट प्रचण्ड चुके । सूर्य चिह्नमा माओवादी बिलय हुँदा पार्टीको अस्तित्व, १० वर्षे युद्धको ताजकी इतिहासको कुनै पनि पानाले सुरक्षित राखिदिँदैन । प्रचण्डपथ केपीपथमा धुमिल हुन्छ । पार्टीका नाममा बलिदानी दिनेहरूका आत्मा भड्किने कुरा त छँदै छ । कम्युनिस्ट फुट्नु र जुट्नुको तात्विक असर नेपाली कांग्रेसलाई पर्दैन । जसरी माओवादीमा बाबुराम, वैद्य र चन्द फुट्दाको घाटा देखिएन ।

पशुपतिशमशेरले राप्रपामा गरेको जस्तै चातुर्य गर्न खोजेको भए के हो, नत्र वाम एकताको फाइदा एमालेलाई मात्र हुन्छ । अनि, माओवादी पार्टी पुनः आजको स्थानमा फर्कंन कदापि सक्दैन । अध्यक्ष भए भने प्रचण्डको नाम त एमालेको इतिहासमा दर्ज होला तर कार्यकर्ता त्यहाँ अटाउन सक्दैनन् ।

वैशाख १२ लाई हामी नराम्रो दिनको रूपमा बुझ्छौँ । २००६ सालको त्यही दिन लेनिन जयन्तीको अवसर पारेर सुरु भएको हो नेपालमा कम्युनिजम । वामपन्थीहरू जसलाई संस्थापक महासचिव भन्छन्, त्यही पुष्पलाल श्रेष्ठ २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसका सचिवालयका सचिव थिए । तिनै व्यक्ति कम्युनिस्टको इतिहास बनेर कहलाएका छन् भन्दा कांगे्रसलाई गर्व हुन्छ । प्रदेश सभा र प्रतिनिधिसभाको चुनावमा हिजोको एमाले र आजको एमालेको प्रत्यक्ष प्रभाव पर्दैन । बरु, नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुत बनाउने अवसरका लागि खड्ग ओलीलाई धन्यवाद ।

कांग्रेसलाई फाइदा

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकीकरणले नेपालको राजनीतिक धरातल गर्माएको छ । माओवादीपीडित एमाले र एमालेपीडित माओवादीका कार्यकर्तामा निराशाको बादल मडारिएको पनि देखिन थालेको छ । चुम्बकीय पाटाका रूपमा एकीकरण सम्भव हुन्छ । तर, जुन उद्देश्यले पार्टी मिलान गर्न खोजिएको हो, त्यो पूरा भएन भने फेरि चार टुक्रा भएर फुट्ने कुरा धेरै टाढा छैन । स्थानीय तहको निर्वाचनमा माओवादीसितको तालमेलले कांग्रेसलाई कत्ति पनि फाइदा भएन । तराईमा प्राप्त सफलता कांग्रेससितको तालमेलमको उपज हो । भरतपुरजस्ता अधिकांश ठाउ“मा कांग्रेसलाई ठूलो क्षति भयो । आखिर एक्लै लडेको भए पनि कांग्रेसको सिटसंख्यामा कुनै प्रभाव पर्ने थिएन ।

पार्टीका वैयक्तिक आस्था, सिद्धान्त, मूल्य र मान्यता हुन्छन् । जसलाई न त्याग्न, न बिर्सिन सकिन्छ । दुई पार्टीका शीर्ष नेताले गर्ने सबै निर्णय कार्यकर्ताले मान्छन् भन्ने छैन । त्यही असन्तुष्टहरूको ठूलो भीड नेपाली कांग्रेसमा प्रवेश गर्छन् । त्यही भोटले नेपाली कांग्रेसको दुईतिहाइ बहुमत पु¥याउँछ । तीनवटा मात्र होइन, विवेकशील–साझा पार्टी वा सबै त्यहीँ विलीन भए पनि कांग्रेसलाई केही असर पर्दैन ।

श्याम रेग्मी
धादिङ