ट्रम्पको आइक्यु स्तर कति ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रायः आफ्नो आइक्यु स्तरका बारेमा कुरा गर्छन् । हालै ट्रम्पले भनेका थिए– उनको आइक्यु स्तर विदेशमन्त्री रेक्स टिलरसनको भन्दा बढी छ । यसअघि पनि ट्रम्पले धेरैपटक आफ्नो आइक्युबारे बोलेका थिए । सन् ०१३ मा उनले ट्विट गरेर आफ्नो आइक्युस्तर बाराक ओवामा र जर्ज डब्लु बुसको भन्दा ज्यादा भएको बताएका थिए ।

आइक्यु, जसलाई बौद्धिक क्षमता जाँच्ने एक प्रकारको आँकडा मानिन्छ, जसको माध्यमबाट कुन व्यक्ति कति बुद्धिमानी छ भनेर पत्ता लगाइन्छ । आइक्यु स्तर जाँच गर्ने कुनै निश्चित परीक्षण छैन । संसारको सबैभन्दा ठूलो र पुरानो आइक्यु सोसाइटी ‘मेनसा’ले यसका लागि दुई सयभन्दा बढी परीक्षण लिन्छ । कुनै परीक्षण एक घन्टाको हुन्छ भने केहीको समयसीमा नै हुँदैन ।

अमेरिकन मेनसाका मनोवैज्ञानिक डा. फ्रैंक लाँसिसका अनुसार सामान्यतया बुद्धि परीक्षणमा स्थान आधारित, मात्रात्मक र मौखिक कौशललाई नमुनाको रूपमा लिइन्छ । स्थान आधारित, सीप र मापन सम्बन्धित प्रश्न सोधिन्छ । मात्रात्मक कौशलमा गणितका प्रश्न र मौखिक कौशलका लागि शब्दसँग सम्बन्धित प्रश्न सोधिन्छ । मेनसाले तिनै व्यक्तिहरूको नतिजालाई स्वीकार गर्दछ, जो शीर्ष दुई प्रतिशत अंक पाउँछन् । बढीमा यो आइक्युको स्तर १३० सम्म बन्छ ।

प्रिन्सटन विश्वविद्यालयका पोलिटिक्स एमेरिट्स प्रोफेसर फ्रेड आई ग्रिनस्टिनले राष्ट्रपतिहरूको क्षमता जाँच्न ६ गुणहरूको सूची बनाएका छन् । यो सूचीमा जनतासँगको सम्बन्ध, संगठन बनाउने क्षमता, राजनीतिक कौशल, दूरदृष्टि, संज्ञानात्मक शैली र भावनात्मक बुद्धिमत्ता सामेल छ ।

सबैभन्दा बुद्धिमान राष्ट्रपति

भर्जिनिया विश्वविद्यालयका प्रेसिडेन्सियल स्टडिजका निर्देशक डा. बारबरा ए पैरीका अनुसार अहिलेसम्म राष्ट्रपतिहरूको आइक्यु स्तरको सूची बनाएको छैन । यद्यपि राष्ट्रपतिहरूको आइक्यु स्तर सूची बनाउन उनको विश्वविद्यालयबाट ‘फी बेटा काप्पा‘को सूची लिन सकिने बताउँछिन् । फी बेटा काप्पाको सुरुवात १७७६ मा भएको थियो । पूरै अमेरिकाको २८६ टप कलेजबाट लिबरल आर्टस् र विज्ञान विषयमा ग्रेजुएट विद्यार्थीलाई यो सम्मान दिने गरिन्छ । अमेरिकाको ४४औँ राष्ट्रपतिहरूमध्ये १७ राष्ट्रपति फी बेटा काप्पाको सदस्य छन्, जसमा बिल क्लिन्टन, जर्ज डब्लु बुस र जिमी कार्टर पनि सामेल छन् । यसबाहेक सन् २००६ मा क्यालिफोर्निया विश्वविद्यालयले अनुमान गरेको थियो कि जोन क्विन्की एडम्स सबैभन्दा बुद्धिमान राष्ट्रपति हुन् ।

ट्रम्पको आइक्यु स्तर कति ?

डाक्टर पैरी भन्छिन्, ‘मलाई लाग्छ राष्ट्रपति ट्रम्पको आइक्यु स्तर जारी गरेमा सायद अनुमान गरेकोभन्दा बढी निस्किन्छ ।’ उनी भन्छिन्, ‘मानिसहरू प्रायः ट्रम्पलाई बेबकुफ र पागल भन्छन्, तर म बाजी लगाउन सक्छु कि उनको आइक्यु स्तर हामीले अनुमान गरेकोभन्दा पनि धेरै हुनेछ ।’ प्रिन्सटन विश्वविद्यालयमा पोलिटिक्स एमेरिटस प्रोफेसर फ्रेड आई ग्रिनस्टिनले राष्ट्रपतिहरूको क्षमता जाँच्न ६ गुणहरूको सूची बनाएका छन् । यो सूचीमा जनतासँगको सम्बन्ध, संगठन बनाउने क्षमता, राजनीतिक कौशल, दूरदृष्टि, संज्ञानात्मक शैली र भावनात्मक बुद्धिमत्ता सामेल छ ।

अन्तमा प्रश्न उठ्छ कि राष्ट्रपति ट्रम्पको आइक्यु स्तर माथि छ कि तल ? यो प्रश्नको जवाफमा डाक्टर लाँलिस भन्छन्, ‘यदि हामी कसैलाई आइन्सटाइनजस्तो सम्झिन्छौंँ, तर कैयौँपटक ऊ मेनसाको परीक्षणमा राम्रो नतिजा दिन सक्दैन ।’ जेहोस् छिट्टै आममानिसलाई ट्रम्पको वास्तविक आइक्यु स्तर पत्ता लागोस् भनेर मेनसाले डोनाल्ड ट्रम्प र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन दुवैलाई आइक्यु लभेल जाँच गर्न निम्तो दिएको छ ।
बिबिसी हिन्दीबाट