गौचन हत्याको छानबिन गुन्डाकेन्द्रित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अनुसन्धान प्रहरीले गुन्डामाथि केन्द्रित गरेको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि गठिन छानबिन समितिले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार विगतमा कुमार घैँटे समूहमा आबद्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । ‘उनीहरूबाट केही तथ्य खुलेको छ,’ प्रहरी स्रोत भन्छ, ‘हत्या गुन्डागर्दीमै संलग्न समूहबाट भएको देखिन्छ ।’

सोमबार दिउँसो गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो । घरबाट कार्यालय जाने क्रममा बाटो कुरेर बसेका आक्रमणकारीले सुरुमा इँटाले हानेर गाडी रोकेका थिए । त्यसपछि एक सुटरले गौचनलाई गाडीको अगाडि भागबाट दुई राउन्ड गोली हानेका थिए । अस्पताल पु¥याउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका गौचन ठूला निर्माण व्यवसायी हुन् । देशका ठूला ठेक्कामा उनी आबद्ध हुँदै आएका थिए । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार गौचनको विगतमा कुमार घैँटे समूहसँग चिनजान थियो । सो समूहलाई उनीबारे धेरै जानकारी भएकाले उनीहरूले नै गौचनको हत्याको योजना बनाएको हुन सक्ने प्रहरीको आशंका छ ।

सोही समूहका समिरमानसिंह बस्नेत भारतमा रहेका मनोज पुनको समूहमा आबद्ध छन् । घैँटे प्रहरी कारबाहीमा मारिएलगत्तै भारत भागेका उनी पुनसँग आबद्ध भएका हुन् । हत्यापछि सोही समूहका लोप्साङ लामा नामक युवकले प्रहरीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

इन्टरनेट कलहरूमार्फत सोही समूहले अन्य ठेक्दारहरूलाई फोन गरी पैसा माग्दै धम्क्याएका थिए । छानबिन समितिका एक अधिकारीले घटनाबारे केही महत्वपूर्ण जानकारी प्राप्त भएको बताए । साथै गौचनलाई केही दिनअघि पैसाको विवादमा थप्पड हान्ने एक समूहमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।