रित्तिँदै गाउँका सरकारी विद्यालय, सृजना प्राविमा चार विद्यार्थी, दुई शिक्षक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शान्ता कमली, लमजुङ   |   असोज २५, २०७४

लमजुङको मस्र्याङ्दी गाउँपालिका ७ भुलभुले छिनखोलामा रहेको सृजना प्राविमा दुई शिक्षकले चार जना विद्यार्थीलाई पढाउँदै आएका छन् । गाउँका विद्यार्थीहरु सहर झर्ने क्रमले विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । सो विद्यालयको स्थापना २०४४ सालमा भएको हो । शिशुदेखि कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा विगत ७ वर्षयता देखि नै विद्यार्थीको संख्यामा खासै प्रगती हुन नसकेको विद्यालयका प्रधानाध्यापक नौ जङ गुरुङले बताए । उनका अनुसार बोर्डिङ स्कुल पढाउनका लागि अभिभावकले आफ्ना बच्चाहरुलाई शहर लैजाने गर्छन् ।

‘हामी हरेक वर्ष घरदैलो अभियान चलाउँछौं’ प्रधानाध्यापक गुरुङले भने, ‘ शहरका बोर्डिङ स्कुलमा पढाउने भन्दै अभिभावकले विद्यालयमा बच्चाबच्ची पठाउँदैनन् ।’ उनका अनुसार विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म ५ जना विद्यार्थी भर्ना भएका थिए । २ कक्षामा २ जना विद्यार्थीमात्र निरन्तर विद्यालय आउने गरेको उनले बताए । शिशुमा एक र कक्षा एकमा भर्ना भएका दुई जना विद्यार्थी विद्यालय आउदैनन् । कक्षा तीनमा भने विद्यार्थीको संख्या शुन्य रहेको प्रधानाध्यापक गुरुङको भनाई छ ।

विद्यालयले प्रत्येक अभिभावकको घरमा पुगेर आफ्ना बालबालिकलाई विद्यालयमा पठाउन निकै आग्रह गरेको अर्का शिक्षक चन्द्रकान्त घिमीरे बताउँछन् । उनले भने ‘०७२ को भुकम्पले विद्यालयको ५ कोठे भवनमा पुर्ण रुपमा क्षति पुर्‍याएको छ, एउटा कक्षाकोठा मर्मत गरेर सबै विद्याथीलाई एउटै कक्षाकोठामा राखेर पढाउने गरिएको छ । ’ उनी भन्छन् ‘विद्यालयको पुननिर्माणमा कसैले ध्यान दिदैनन् विद्यालयको भौतीक व्यावस्था नहुँदा पनि विद्यार्थी विद्यालय आउँदैनन् ।’

हरेकवर्ष विद्यार्थीको संख्यामा निरन्तर कमी आउन थालेपछि विद्यालयले विद्यार्थीलाई आकर्षण गर्नका लागि विद्यालयले खाजाको सुविधा समेत मिलाएको थियो । ‘हामीले विद्यार्थीका लागि विद्यालय पोशाक, कापी कलम समेत निःशुल्क दिने निर्णय गरेका थियौं ’ प्रअ भन्छन्, ‘एक हातले मात्रै ताली बज्दो रहेनछ । विद्यार्थी नै नआएपछि योजना नै सफल भएन् ।’
गतवर्ष विद्यालयमा ९ जना विद्यार्थी भएको र यसबर्ष बढ्ने अनुमान गरेता पनि ५ जना विद्यार्थीमा घटेकोे प्रअ बताउँछन् । त्यस्तै छिनखोलाको उस्तामा रहेको नरेन्द्र प्राविमा पनि १ कक्षा देखि ५ कक्षासम्म १५ जनामात्र विद्यार्थी अध्यानरत रहेको नरेन्द्र प्राविका प्रधानाध्यापक झपीन्द्र मान घलेले बताए । उनका अनुसार विद्यालय आउने सबै विद्यार्थी आर्थिक अवस्था कमजोर भएका दलित बालबालिका मात्र रहेका छन् । विद्यार्थी अधिकांश साना बालबालिकाहरुलाई शहरमा बोडिङ स्कुलमा पढाएका कारण जिल्लाका धेरैजसो सामुदायिक विद्यालयहरु खाली नै छन् । जिल्ला शिक्षा कार्यालय लमजुङले विद्यालयको शैक्षिक गुणस्तर बढाउने कार्यक्रम ल्याएको तर, विद्यार्थी शहर झरेका कारण कार्यालयको अभियान सफल हुन नपाएको शिक्षक चन्द्रकान्त घिमीरे बताउँछन् ।