चितवनमा कांग्रेसको भोट रेणुलाई, रेणुको भोट एमालेलाई - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी , चितवन, २५ असोज   |   असोज २५, २०७४

केन्द्रमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र अन्तत पार्टी एकीकरणको चर्चा भइरहँदा चितवनमा वाम एकतालाई बल पुग्ने गरी माओवादीका मतदाताले एमाले उम्मेदवारलाई भोट हालेका छन् । जिल्ला समन्वय समिति चितवनको सभा गठनका लागि भएको निर्वाचनमा भरतपुर महानगरकी मेयर रेणु दाहालले एमाले उम्मेदवार कृष्णुमार डल्लाकोटी सहित सवैलाई भोट हालेकी छन् । ‘हामीले एमालेलाई भोट हालेका छौं, माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले भने ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन् । भरतपुर महानगरको चुनावमा रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीसँग प्रतिस्पर्धा गरेकी थिइन् । जसमा दाहाल २ सय ३ मतले विजयी भएकी थिइन् । भरतपुर महानगरको चुनावका बेला जिल्लामा एमाले र माओवादीबीच निकै आरोप प्रत्यारोप चलेको थियो ।  जिल्ला सभाको निर्वाचनमा जिल्लाका ७ स्थानीय तहका १४ जना प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार राख्दछन् । जसमा एमालेको ९, कांग्रेसको ३ र माओवादीको २ मत रहेको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए ।

कांग्रेससँगको महानगर गठबन्धन टुट्यो
केन्द्रमा वाम दलहरुवीच चुनावी तालमेलको विषय चर्चामा आएसँगै जिल्लामा यसको प्रत्यक्ष असर परेको छ । यसअघि भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल गरेका माओवादी र कांग्रेसका एकता ३ हप्ता अघि भएको भरतपुर महानगरको कार्यपालिका गठन सम्म रहेको थियो । त्यस बेला गठबन्धनको स्पष्ट बहुमत हुँदा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । जसले गर्दा ३९ सदस्यीय कार्यपालिका बोर्डमा एमाले एक्लैको २० सिट पुगेको थियो । गठबन्धन बहुमत भएर पनि कार्यपालिकामा अल्पमतमा परेको थियो ।

सवै पदमा एमाले विजयी
जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी विजयी भएका हुन् । विजयी प्रमुख र उपप्रमुखलाई बुधबार नै सपथ ग्रहण गराइएको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए ।  कुल १४ मतमा एमालेका डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी अधिकारीले ३ मत मात्र ल्याएका हुन् । जिससमा एमाले र कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।


त्यस्तै उपप्रमुखमा पनि एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी छन् । कांग्रेसकी टिका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् । जिससको ९ सदस्यीय समितीमा खिलाकुमारी सिखंडा, लिलादेवी पोखरेल, सिता पुन, गुनु बि.क, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणी महतो छन् ।