यस्ता छन् माओवादी सुनसरीका उम्मेदवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल, विराटनगर, २५ असोज   |   असोज २५, २०७४

सुनसरी माओवादीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । प्रतिनिधि सभाका लागि सुनसरीको क्षेत्र नं. १ बाट मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) र राजेन्द्र किराती प्रदेश सभाका लागि सोही क्षेत्रको ‘क’ बाट फोक्बाहाङ्ग सुब्बा (चोत्लुङ्ग) चन्द्रदत्त पौडेल (सिपीदत्त) र ‘ख’ बाट उमिता बराइली (रिमा) र अशोक राईको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि रामकुमारी चौधरी (रोजिना), डम्बर सुवेदी (हिमाल) र सरस्वती पोखरेल (शारदा) अनि प्रदेशसभाका लागि ‘क’ बाट शिवकुमार डाँगी, चन्द्रकुमार चौधरी र सपना परियार (सन्ध्या) साथै ‘ख’ बाट श्यामनारायण साह र माया पोखरल सिफारिस भएका छन ।


३ नम्बरबाट प्रतिनिधि सभाका लागि सन्तोष थारु सर्वसम्मत भएका छन् । सोही क्षेत्रको प्रदेशसभा ‘क’मा भानु मैनाली र दुर्गेश चौधरी सिफारिसमा परेका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि निर्मल बराल र नरेश पाण्डे र प्रदेशसभा ‘क’ का लागि नरेन्द्रबहादुर बस्नेत (भोला) र ‘ख’ का लागि जाकिर हुसेनको नाम सिफारिस भएको माओवादीले जनाएको छ ।

यसैगरि समानुपातिकतर्फ अरुण खवास, परशुराम चौधरी, ओके दाहाल, चेतना शेरेङ, विजय डाँगा, सावित्रा चौलागाईं (भूमिका), देवी रिजाल, ठकनी मेहता, गनेशी यादव, उमेश साह, अनुष्ट दाहाल, सुमन मग्राती, रामजन अली, राकेश वराइली, पुष्प ढुंगाना, पूर्ण भुजेल, राजन काफ्ले, रामलखन उराव, हैदर अली, श्यामकुमार माझी, गणेश आचार्य, श्यामदेव यादव, मन्टु यादव, लक्ष्मण दैयार, शैलेन्द्र परियार, सुदर्शन श्रेष्ठ सिफारिस भएको माआवादी सुनसरी इन्जार्ज रामकुमारी झाँक्रीले बताइन् ।