मंसिर १० को निर्वाचन सर्न सक्छ – कानून मन्त्री थापा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं, २५ असोज   |   असोज २५, २०७४

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका हुन् ।

मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने संकेत गरे । मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन् ।

केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो।’

५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिए । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचनको लागि एमाले र माओवादी केन्द्रले एक स्वरमा विरोध जनाईरहेका छन्।’

स्थानीय तहको निर्वाचनका बेला पाएको जनमतको आधारमा लोकतान्त्रिक गठबन्धन बन्ने बताउँदै थापाले भने,‘काँग्रेस वाम एकता देखेर टसको मस भएको छैन्, यस्ता पवित्र,–अपवित्र गठबन्धन काँग्रेसले धेरै भोगिसकेको छ, हामीले यस्ता गठबन्धन पार गरेका छौं, अहिले गृहकार्य भैरहेको वाम गठबन्धन अप्राकृतिक छ, राष्ट्रपतीय प्रणालीमा उभिने आन्तरिक सहमति भएको सुनिँदैछ, यो लोकतन्त्रमाथिको प्रहार हो।’
मन्त्री थापाले आफूहरुले दलहरुवीच भएको चुनावी तालमेलको निर्णयलाई स्वभाविक रुपमा लिएको समेत विश्वास दिलाए ।
मन्त्री थापाले पूर्व पदाधिकारीलाई सुविधा दिनुपर्ने धारणा राखे । मुलुकको हितका निम्ति योगदान पु¥याए वापत सम्मानस्वरुप पूर्वपदाधिकारीलाई राज्यले सुविधा दिनुपर्ने धारणा राखेका हुन ।