अनुदानको रकम हिनामिनापछि बन्द भएको उद्योगबाट गुणस्तरहिन जैविक मल उत्पादन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल, विराटनगर, २५ असाेज   |   असोज २५, २०७४

अनुदानको रकम हिनामिनापछि अनेक समस्या देखाउँदै बन्द गरेको एक जैविक मल उद्योगले भित्रभित्र गुणस्तरहिन मल उत्पादन गर्ने गरेको खुलासा भएको छ ।  पाँच वर्षपहिले सरकारी अनुदान लिएर मोरङको ग्रामथान गाउँपालिका २ स्थित झोराहाटमा खोलिएको बन्द अवस्थाको जनकपुर फर्टीलाईजर नामको जैविक मल उद्योग भित्र गुणस्तरहिन जैविक मल उत्पादन गर्ने गरिएको खुलेको हो ।

बन्द अवस्थामा रहेको जनकपुर फर्टीलाईजर उद्योगमा माटोमा युरिया मिसाएर गुणस्तरहिन ‘सफल किसान’ ब्राण्ड नामको गुणस्तरहिन जैविक मल उत्पादन गर्ने गरेको सुचना पाएपछि मोरङ प्रशासनले सोमबार उद्योगमा आकस्मिक छापा मारेको छ । कृषी विकास कार्यालयका कृषी मल निरिक्षक , प्रहरी र प्रशासन प्रतिनिधि सहित पुगेको टोलीले अनुगमनका क्रममा उक्त बन्द उद्योगभित्र माटोमा युरिया मिसाएर नक्कली जैविक मल बनाउँदै गरेको फेला परेको थियो । बन्द उद्योगले नक्कली मल जैविक मल उत्पादन गरेको फेला परेपछि बन्द उद्योग पुर्ण रुपमा सिल गरेर अनुसन्धान थालिएको मोरङका सहायक सिडिओ शेष पौडेलले बताए ।

उनका अनुसार बरामद गरिएको मल कृषी विकास कार्यालय मोरङको रोहवरमा परिक्षणका लागि कृषी प्रयोगशाला झुम्का सुनसरीमा पठाइएको छ । परिक्षण प्रतिबेदनको कैफियत अनुसार कृषी विकास कार्यालयले र कालोबजारी ऐन अन्र्तगत प्रशासन कार्यालयले उद्योगलाई कारबाही गरिने सहायक सिडिओ पौडेलले बताए ।अनुगमनका क्रममा उद्योगका सुपरभाइजर बताउने केशव शाह भने बन्द उद्योग एक हप्ता अघि मात्र संचालन भएको र जैविक मल उत्पादन गर्न थालिएको बताएका छन् । तर, कृषी विज्ञहरुका अनुसार जैविक मल उत्पादन गर्दा माटोमा सोझै युरिया मिसाउन पाइदैन ।

तत्कालीन कृषी सचिवले नै उद्घाटन गरेका थिए उद्योग
तत्कालिन कृषी मन्त्रालयका सचिव जयमुकुन्द खनाल आफैं आएर तामझाम सहित उद्घाटन गरेको तर संचालनमा आउनसाथ बन्द भएको जनकपुर फर्टीलाइजरले तत्काल ५० लाख रुपैया सरकारी अनुदान लिएको थियो । तर, जैविक –प्रांगागरिक) मल उत्पादन गर्न भनेर लाखै अनुदान लिएपनि उक्त उद्योगले मल भने उत्पादन गरेको थिएन ।

पुरानो च्युरा मीललाई बनाइएको थियो जैविक मल उद्योग
सरकारले प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न जैविक मल उद्योगलाई ५० प्रतिशत अनुदान दिएपछि सोही अनुदानका लागि चार करोड ५० लाख रुपैयाको लागत देखाउँदै तत्कालिन झोराहाट गाविस – ६ (हाल ग्रामथान गाप २ ) मा जनकुपर फर्टीलाईजरको नामबाट पुरानो च्युरा उद्योगलाई जैविक मल उद्योगको नाम दिएर खोलिएको थियो ।

आधुनिक मेसिन विनै जैविक मल उत्पादन
भन्नका लागि जैविक मल उत्पादन गर्ने उद्योग भनिएपनि त्यहाँ मल उत्पादन गर्ने कुनै आधुनिक मेसिन भने खरिद गरेर जडान गरिएको थिएन (छैन) । जैविक मल उत्पादन गर्नका लागि भन्दै जकपुर फर्टीलाईजरले माटो व्यवस्थापन निर्देशनालयबाट पचास प्रतिशत अनुदान लिएको थियो ।

तत्काल उद्घाटनका क्रममा कृषी सचिव जयमुकुन्द खनाल , माटो व्यवस्थान निर्देशनालयका निर्देशक दुर्गाप्रसाद दवाडी , लगायतले उक्त उद्योगले उखुको खोस्टा , केराको बोट , झारपात आदिबाट गुणस्तरीय जैविक मल उत्पादन गर्ने बताएका थिए । तर , उद्योगले अनुदान पचाउनका लागि सुरुमा साना जैविक मल उद्योगहरुले उत्पादन गरेका प्राङगारिक मल खरिद गरेर आफनो उत्पादन भनि भण्डारण गरेर देखाएको थियो । कच्चा पर्दाथ उपलव्ध नभएको कारण देखाउँदै सचालकहरु गोबिन्द झुुनझुनवाला र बिजय तोदीले उद्योग ६ महिनामै उद्योग बन्द गरेका थिए ।

दैनिक ७० टन जैविक मल उत्पादन गर्ने भनिएपनि उक्त उद्योगमा जैविक मल उत्पादन गर्ने मेसिन नै जडान गरिएको छैन । कृषी मन्त्रालय स्रोतका अनुसार अनुदानको रकम पचाउनका लागि देखावटी रुपमा मात्र तत्काल उद्योग खोलिएको थियो ।