नेपाल ताजकिस्तानसँग पराजित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २५, २०७४

ताजकिस्तानले तीनमध्ये दुई पेनाल्टी प्रहार नेपालका डिफेन्डर आदित्य चौधरीको गल्तीमा गर्यो

एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार नेपाल ताजकिस्तानसँग ३–० ले पराजित भएको छ । छनोट चरणको एफ समूहमा नेपालले चारमध्ये तीन खेल गुमाएको छ । नेपालले चार खेलबाट एक अंक मात्र जोडेको छ । नेपालविरुद्ध होम एन्ड अवेमा जित निकालेको ताजकिस्तान आठ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । अब नेपालले फिलिपिन्स र यमनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । तेस्रो हारसँगै नेपाल छनोट हुने आशा अंकगणितीय आधारमा मात्र बाँकी छ । नेपालले आउँदो दुवै खेलमा जित निकालेर मात्र पुग्दैन, अन्य खेलको नतिजा पनि कुर्नुपर्छ ।

किरणको उत्कृष्ट बचाउ

नेपालका गोलरक्षक किरणको उत्कृष्ट बचाउका कारण घरेलु टोली ताजकिस्तान थप गोलअन्तरले विजयी हुन पाएन । पहिलो हाफमा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेल सुरु भएको १० मिनेटभित्र उनले दुई शतप्रतिशत गोल रोके । खेलको चौथो मिनेटमा ताजकिस्तानका अलिएभको हेडिङ गोल प्रयासलाई किरणले बचाउ गरे । खेलको आठौँ मिनेटमा किरणले विपक्षी खेलाडी जालिलोभले डिबक्सभित्र प्रहार गरेको बललाई दायाँ पोस्टमा डाइभ गर्दै नेपाललाई गोल खानबाट जोगाए ।

नेपालको केही लागेन

ताजकिस्तानले घरेलु मैदानको फाइदा उठाउँदै नेपालमाथि दबाब राखेको थियो । ताजकिस्तान आक्रामक रूपमा प्रस्तुत हुँदा नेपाली डिफेन्डर आफ्नो डिबक्सभित्र व्यस्त रहे । पहिलो हाफमा नेपालले राम्रो पोस्ट चार्ज गर्न सकेन । दोस्रो हाफमा नेपालले एक मात्र गोल प्रयास गरेको थियो । अञ्जन विष्टको कर्नरमा स्ट्राइकर विमलको हेडिङलाई ताजकिस्तानका गोलरक्षक अबुवाजिजले रोकेका थिए ।

खवासको कप्तानी

नेपाल आर्मीका स्ट्राइकर भरत खवासले ताजकिस्तानविरुद्ध कप्तानी गर्ने अवसर पाए । हिसोर सेन्ट्रल रंगशालामा खवासकै कप्तानीमा अग्रपंक्तिमा विमल घर्तीमगर र जर्जप्रिन्स कार्कीले अवसर पाए । प्रशिक्षक ग्योतोकु कोजीले नियमित कप्तान भरत खवासलाई पहिलो ११ मा राखेनन् ।

नेपालविरुद्ध तीन पेनाल्टी

घरेलु टोली ताजकिस्तानले तीनै गोल पेनाल्टीबाट गरेको थियो । ताजकिस्तानले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई पेनाल्टी प्रहार अवसर पाएको थियो । खेलको २०औँ मिनेटमा अनन्त तामाङले डिबक्सभित्र ह्यान्ड गरेपछि ताजकिस्तानले पहिलो पेनाल्टी प्रहार ग¥यो । ताजकिस्तानका कप्तान डेयाभरोनोभले गोलरक्षक किरण चेम्जोङलाई बिट गर्दै १–० को अग्रता दिलाए । खेलको ६०औँ मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई डिबक्सभित्र ट्याकल गरे । जसका कारण ताजकिस्तानलाई दोस्रो पेनाल्टी प्राप्त भयो । यसपटक ताजकिस्तानका उमरबोएले गोल गर्दै ताजकिस्तानलाई २–० को अग्रता दिलाए । ताजकिस्तानले खेलको ८७औँ मिनेटमा तेस्रो पेनाल्टी किक प्रहार गर्ने अवसर प्राप्त ग¥यो । यसपटक पनि डिफेन्डर आदित्यले विपक्षीलाई फल गरे । जालिलोभले सहजै गोल गर्दैै ताजकिस्तानलाई ३–० को जित दिलाए । पहिलो लेगमा ताजकिस्तान २–१ ले विजयी भएको थियो ।