चितवनमा रंगशाला निर्माण तीव्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २५, २०७४

चितवन/ भरतपुर महानगरपालिका–२० चन्द्रनगरमा राष्ट्रियस्तरको रंगशाला निर्माण कार्य तीव्र गतिका साथ अगाडि बढिरहेको छ । १४ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि १० बिघा जग्गा छुट्याइएको छ । चार बिघा १० कट्ठा जग्गामा फुटबल मैदान बन्नेछ । पाँच बिघा १० कट्ठामा क्रिकेट मैदान बन्ने र एथ्लेटिक्स ट्र्याक बन्नेछन् । फुटबलको प्याराफिटमा १४ हजार र क्रिकेट रंगशाला २० हजारभन्दा बढी दर्शक अट्ने सचिव टुकमान गुरुङले बताए । गत वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँमध्ये १९ लाख ३० हजार रुपैयाँले कम्पाउन्ड निर्माण गरिएको छ । विनियोजित रकममध्ये करिब ३० लाख रकम फ्रिज भएको चित्रवन रंगशाला निर्माण समितिका सचिव गुरुङले बताए ।

पाँच करोड विनियोजन घोषणा

तत्कालीन प्रधानमन्त्री प्रचण्डले चितवनमै आएर रंगशाला निर्माणका लागि पाँच करोड रकम विनियोजन गर्ने घोषणा गरेका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डको घोषणाअनुरूप पहिलो वर्ष ५० लाख आएको हो । सरकारको एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान अवधारणाअनुसार भरतपुर–२० नयाँ बजारमा पर्ने गौचरनको १० बिघा जग्गामा निर्माणाधीन प्याराफिटसहितको अत्याधुनिक सुविधासम्पन्न चित्रवन रंंगशाला बन्न लागेको हो । साबिकको चितवन नगरपालिका स्थापना भएपछि रंगशाला निर्माणका लागी समिति गठन गरिएको थियो । जग्गा प्राप्तिपछि पहिलोपटक जिल्ला खेलकुद विकास समितिबाट १५ लाखले मैदान व्यवस्थापन र प्याराफिट निर्माणका लागि ढुंगागिटी झारिएको सचिव गुरुङले बताए ।

निर्माणका लागि सहयोग

भरतपुर महानगरपालिका– २० मा निर्माणाधीन चित्रवन रंंगशालाका लागि गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सहयोग समितिद्वारा संकलित सहयोग रकम एक समारोहबीच हस्तान्तरण गरिएको छ । रंंगशाला निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन रंगशालालाई राष्ट्रियस्तरकै रंगशाला बनाउन सुरुवात भएको बताइन् । मेयर दाहालले आसन्न नगरपरिषद्मा सक्दो बजेट विनियोजन गर्ने जानकारी दिइन् ।