सम्पादकीय : सुुरक्षा व्यवस्थामा प्रश्न - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २५, २०७४

राजधानीको मध्यभागमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको घटनाले नेपालमा संगठित अपराधी गिरोहको चुनौती निकै थपिएको देखाएको छ । दिनेश अधिकारी चरी, कुमार घैंटेलगायतको इन्काउन्टर र केहीलाई जेल पठाउन सफल भएपछि निर्धक्क भएको प्रहरी नेतृत्व केही समययता अपराधी गिरोहलाई ठूला अपराध गर्नुअघि नै तह लगाउन असफल हुँदै गएको देखिएको छ । खासगरी गतवर्ष रुपन्देहीमा युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न व्यक्तिको पहिचान भएर पनि पक्राउ गर्न नसकेपछि यस्तो आपराधिक समूह उत्साही भएकोजस्तो देखिएको छ । शरद गौचन निर्माण व्यवसायका क्षेत्रमा स्थापित नाम हो । अन्य व्यवसायमा पनि उनको लगानी सफल नै मानिन्छ । निर्माण व्यवसायीको छाता संगठनको नेता रहेका गौचनको हत्या काठमाडांैमा भएका हाई–प्रोफाइल हत्याको शृंखलामा पछिल्लो हो । यसले राजधानीको सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण बनेकोतर्फ संकेत गर्छ ।

नेपालमा सानातिना गुन्डागर्दी गरेर, धम्क्याएर पैसा असुल्ने र पछि एउटा स्तरको आतंक सिर्जना गरिसकेपछि राजनीतिक दल, प्रहरी र व्यापारी व्यवसायीकै संरक्षणमा डन बन्ने परम्परा लामो समयदेखि चलेको छ । एकप्रकारले भारतीय सिनेमा ग्याङ अफ वासेपुरमा देखाइएजस्तो व्यवसायीहरूले नै आफ्ना अल्पकालीन स्वार्थका लागि यस्ता डन र गुन्डा हुर्काउन मद्दत गर्ने गरेको सबैलाई थाहा भएकै कुरा हो ।

यही संरक्षणबाट बिस्तारै व्यापार व्यवसायमा हात हाल्ने, लुटेको धनलाई सेतो बनाउँदै जाने र बिस्तारै प्रहरी अधिकारी र राजनीतिक दलको संरक्षण प्राप्त गर्न पैसा लगानी गर्ने यिनै गुन्डाहरू पछि नेता बन्ने गरेका या दलको संरक्षणमा रहने गरेका पनि छन् । पछिल्लो समय निर्वाचनमा गुन्डाहरूको प्रयोगलाई दलहरूले युवा परिचालनका रूपमा वैधानिकता दिने गर्दै आएका छन् । कतिपय डनहरू नै राजनीतिक दलका भ्रातृ संगठनमा बसेर यस्तो काम गर्दै आएका छन् । दीपक मनाङे, गणेश लामा, पर्शुराम बस्नेत, चरी, कुमार घैंटे, चक्रे मिलन यसका उदाहरण हुन् । पछिल्लो समय मनोज पुन जे–जसरी सक्रिय देखिएको छ, ऊ पनि पहिले राजनीतिक आवरणमा नै गुन्डागर्दी गर्ने गथ्र्यो । मनोज पुनको समूहको अपराध नेपालमा पछिल्लो समय विकास भएको सबैभन्दा खतरनाक प्रवृत्तिको अपराध हो । प्रहरी र गृह प्रशासनलाई उसको अपराध र यसको प्रकृतिबारे पर्याप्त थाहा भएर पनि उसलाई पक्राउ गर्न नसक्नु तथा उसले भारतमा बसेर सीमावारिको रुपन्देहीलाई अपराधस्थल बनाउँदै अहिले काठमाडांैमा समेत प्रवेश गरेको आशंका गरिनु अवश्य पनि डरलाग्दो पक्ष हो ।

ऊसँगै अरू अपराधी पनि बाहिर बसेर नेपालमा सक्रियता देखाउन सक्नु र उच्चस्तरका अपराध गरेर उम्कने अवस्था बन्नु प्रहरीको अक्षमता देखाउने विषय नै हो । यस्ता अपराध पहिले–पहिले पनि हुने गरेका भए पनि माओवादी सशस्त्र विद्रोहपछि र मधेस आन्दोलनसँगै बग्रेल्ती उपलब्ध हुन थालेका हतियार, बेरोजगारी र अपराधको राजनीतिक सुरक्षाजस्ता विषयले केहीलाई अपराधी गिरोहको नजिक पु¥याउने गरेको अनुमान गर्न सकिन्छ । सामाजिक आर्थिक कारण र समस्या विद्यमान भए पनि अपराध मूलतः अपराध नै हो र यसलाई नियन्त्रण गर्ने पनि प्रहरीको सक्रियताले नै हो । राजनीतिक दलहरूले पनि गुन्डा र डनहरूलाई संरक्षण गर्ने कार्य तत्काल बन्द गरे भने मात्रै यस्तो अपराध विस्तार हुनबाट नियन्त्रण गर्न सम्भव हुन्छ । प्रहरीलाई दोष दिएर मात्र हुन्न । यो अवस्थाचाहिँ राजनीतिक नेतृत्वकै मूल्यहीनताको उपज हो । सबै क्षेत्रले आफूलाई सुधार्नु आवश्यक छ ।