मनाङमा कांग्रेस र एमालेद्वारा उम्मेद्वार घोषणा, दीपक मनाङे एमालेबाट सिफारिस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शान्ता कमली , लमजुङ २४ असोज   |   असोज २४, २०७४

 

सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएको छ । एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङमा यस पटक यी दुई पार्टीबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ भने एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ ।

कांग्रेसले प्रदेशको क्षेत्र नं. १ मा चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ । त्यस्तै एमालेले प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । यस्तै, कर्म गुरुङलाई प्रत्यक्षतर्फ कांग्रेसले प्रदेश क्षेत्र नं. २ मा सिफारिस गरेको छ । एमालेले राजीव गुरुङ (दीपक मनाङे) लाई सिफारिस गरेको छ । कांग्रेसका सांसद गुरुङ संविधान सभा निर्वाचन २०७० मा विजयी भएका थिए ।

समानुपातिकतर्फ कांग्रेसले संघमा कर्म घलेलाई सिफारिस गरेको छ । प्रदेश क्षेत्र नं. १ मा समानुपातिक तर्फ साङ्दो लामालाई सिफारिस गरेको छ । प्रदेश क्षेत्र नं. २ मा समानुपातिक तर्फ सागर गुरुङ (टाइगर) र महिलातर्फ छिरिङओङ्मा घले गुरुङलाई सिफारिस गरेको छ ।

एमालेले समानुपातिकतर्फ पासाङ विष्ट, याङ्डुुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्नकुमारी गुरुङ र नन्द गुरुङको नाम सिफारिस गरेको एमाले जिल्ला सचिव लोकेन्द्र घलेले बताए । ४ वटा स्थानीय तह रहेको मनाङमा नेस्याङ र नारफू गाउँपालिका प्रदेश क्षेत्र नं. १ मा पर्छ । प्रदेश क्षेत्र नं. २ मा चामे र नासोङ गाउँपालिका पर्छ । मनाङमा करिव ६ हजार मतदाता छन् ।