संखुवासभाका काँग्रेस र माओवादीले उम्मेद्वार टुङ्ग्याए  - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नवीन गुरुङ , संखुवासभा, २४ असोज   |   असोज २४, २०७४

जिल्ला संखुवासभाका काँग्रेस र माओवादी केन्द्रले पनि आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट नाम सिफारिस गरेका छन् ।  जिल्लामा प्रमुख भएको र आँकाक्षीहरुको विवादले उम्मेदवार छनौट प्रक्रिया लम्बिएको हो । अन्नतः सकसपूर्ण ढंगले नाम छनौट गरेर केन्द्रमा सिफारिस गरिएको नेताहरुले बताएका छन । 

सत्तासिन तथा मुलुकका ठूला पार्टी कांग्रेस संखुवासभाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्रीद्वय तारामान गुरुङ र दिपक खड्का, जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, अनन्त गौली, अन्जना लिङ्थेप, थलकुमार लिङखा, पूर्वजिल्लासभापति जनक थापा, महेश थपलिया रहेका छन् । यस्तै पदमबहादुर अधिकारी, पूर्वसांसदद्वय पासाङ शेर्पा र टंकप्रसाद राईको नाम सिफारिस गरेको छ । त्यस्तै गरि समानुपातिक तर्फ बंशीराज रेग्मी, पूर्वसांसद बिना पौडेल, चित्ररेखा अधिकारी, जीवन कुमार राई र शेरबहादुर वनलाई सिफारिस गरेको । 

प्रदेशसभाका लागि क्षेत्र नं.१ (क) बाट प्रत्यक्षतर्फ क्षेत्रीय सभापति उमेश चौहान, मुक्तिसिं राई, गणेश कार्की, छत्रमणि काफ्ले, टकमान घले र राजेन्द्र घलेको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ उषा कार्की, काजीमान गुरुङ, गोपाल घिमिरे, चक्रबहादुर विशुंके, देउमान राई, ध्रुव कुमार गान्छाकी, नरबहादुर लिम्बु, निरु तामाङ (वस्नेत), नुर्वु लामा, राईमान राई, राजकुमारी खरेल, लक्ष्मण राई, विजयराज शाक्य, सल्यान नेपाली, सूर्य बहादुर ओझा, हरिश्वर थापामगर, ज्ञानबहादुर चर्मकार, श्यामशुन्दर उदास, भिम श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ र ढोकल बहादुर कार्कीको नाम सिफारिस गरेको जनाएको छ ।

त्यसैगरी क्षेत्र नं. २(ख) बाट प्रत्यक्षतर्फ दिपककुमार लिम्बु, दिपेन्द्रमान शाक्य, थीरबहादुर राई, डम्बर प्रसाद वस्नेत, र विमा पाण्डे कर्मचार्यको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ कुमारबाबु अधिकारी, ज्ञानबहादुर कार्की, रामबहादुर वस्नेत, वविता पौडेल, पशी शेर्पा, मुना पोख्रेल दाहाल र सिता भट्टराईको नाम सिफारीस गरिएको छ । 

त्यसैगरी माओवादी केन्द्र जिल्ला समिति संखुवासभाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ टासिलाक्पा शेर्पा, सिताराम तिम्सिना र छत्रजंग बहादुर कार्कीको नाम सिफारिस गरेको जनाएको छ । केन्द्रले समानुपातिक तर्फ कृष्ण जिमी, मेनुका भट्टराई र टेकमान राईको नाम सिफारिस गरेको जनाएको छ । 

प्रदेशसभाको लागि क्षेत्र नं. १(क) को प्रत्यक्षतर्फ पूर्वसभासद् पूर्णप्रसाद राई र हेमराज खड्काको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ राजकुमार घिमिरे, माधब थापा र दलबहादुर विश्वकर्मा नाम सिफारिस गरेको जनाएको छ ।  त्यसैगरी क्षेत्र नं. २(ख) को प्रत्यक्षतर्फ चन्द्रबहादुर न्यौपाने र पूर्व सभासद् उमा कार्की(विष्ट) रहेका छन् । समानुपातिक तर्फ भने लाखमान तामाङ्ग, मुना सापकोटा र प्रेम बयलकोटीको नाम सिफारिस गरेको छ ।