पूर्वी र पश्चिम रुकुमबाट झण्डै सवा लाखले मतदान गर्न पाउने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मनिष खड्का, रुकुम,२४असोज   |   असोज २४, २०७४

आगामी मंसिरमा हुने हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि रुकुमको पूर्व र पश्चिम जिल्लाबाट झण्डै सवा १ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाका लागि सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली जिल्लामा पठाएको छ । आयोगले १ लाख ११ हजार ९ सय ५८ जनाको अन्तिम नामावली जिल्लामा पठाएको जिल्ला निर्वाचन कार्यालय पश्चिम रुकुमले जनाएको छ । रुकुम पश्चिममा मतदाताको संख्या ८४ हजार ३० रहेको छ । जसमा महिला ४२ हजार ५०, पुरुष ४१ हजार ९ सय ७९ र तेस्रो लिंगी १ जना रहेको जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए ।

यसअघि स्थानीय चुनावमा रुकुम पश्चिममा मतदाताको संख्या ७७ हजार ४ सय ५१ रहेको थियो । त्यसपछि संचालन गरिएको मतदाता संकलन अभियानबाट जिल्लामा ६ हजार ५ सय ७९ जना नयाँ मतदाता थपिएका हुन् । त्यस्तै रुकुम पुर्वबाट आसन्न निर्वाचनमा २७ हजार ९ सय २८ जनाले मत हाल्न पाउने भएका छन् । जहाँ महिला मतदाताको संख्या १४ हजार १८ र पुरुष मतदाताको संख्या १३ हजार ९ सय १० रहेको छ । स्थानीय चुनावमा उक्त जिल्लाबाट २४ हजार ४ सय ८२ ले मताधिकार प्रयोग गर्ने अधिकार पाएकामा ३ हजार ४ सय ४६ मतदाता थपिएका हुन् ।

पूर्व, पश्चिम दुवै रुकुममा पुरुषको भन्दा महिला मतदाताको संख्या बढि छ । यसैविच कात्तिक पहिलो सातासम्म रुकुम पुर्वमा जिल्ला निर्वाचन कार्यालय उद्घाटन गर्ने तयारी भइरहेको छ । कार्यालय स्थापनाका लागि घरको खोजी भइरहेको छ भने जिल्ला निर्वाचन अधिकारीका रुपमा राजेश पोखरेल तोकिएका छन् । रुकुम पुर्वमा जिल्ला निर्वाचन कार्यालय स्थापना नहुँदासम्मको लागि रुकुम पश्चिमबाटै काम हुने निर्वाचन अधिकारी देवकोटाले बताए । रुकुम पूर्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, राष्ट्रिय अनुसन्धान कार्यालय भने यसअघि नै उद्घाटन भइसकेका छन् ।