यस्ता छन् पाँचथरका संघ र प्रदेशका उम्मेदवार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सरोज शर्मा, पाँचथर, २४ असोज   |   असोज २४, २०७४

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अधिकांश दलहरुले उम्मेदवार सिफारिस गरेका छन् । प्रतिनिधिसभाको एक र प्रदेश सभाको २ सिटका लागि कांग्रेसले मुख्य आकाङ्क्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको छ भने एमालले पनि उम्मेदवारको नाम पठाएको छ ।

माओवादी केन्द्रले प्रत्यक्ष तर्फका तीनै जना उम्मेदवारको ना सर्वसम्म्त सिफारिस गरेको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्च लगायतका दलहरुले पनि जिल्ला स्तरमै उम्मेदवारको नाम टुङगो लगाइसकेको बताएका छन । कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षका लागि सांसद् एवं केन्द्रीय सदस्य भिष्मराज आङदेम्वे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डेकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ पूर्वमन्त्रीद्वय पूर्णकुमार शर्मा र दीपकप्रकाश बास्कोटा महासमिति सदस्य कृष्णकुमारी खतिवडा र पूर्व जिल्ला सदस्य चन्द्रकला केरुङको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्वर क बाट जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिव रुपनारायण जवेगु, जिल्ला सदस्य तथा गैसस महासंघ पाँचथरका अध्यक्ष वालकृष्ण ओझा र पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाको नाम सिफारिस गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ महासमिति सदस्य अम्विकाप्रसाद न्यौपाने, पूर्णवहादुर नेपाली, मधु जवेगु, टेकवहादुर काम्वाङ तथा नेताहरु जयप्रसाद रिजाल, विश्वराज योङया, सुरेन्द्र तिम्सिना लगायतको नाम सिफारिस गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले क्षेत्र नम्बर ख मा महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल, शिक्षक संघका अध्यक्ष वीरेन्द्र खड्का, महाधिवेशन प्रतिनिधि धर्मेन्द्रविक्रम नेम्वाङ र क्षेत्रीय सदस्य सूर्यकुमारी चेम्जोङको नाम सिफारिस गरेको छ ।

प्रदेश सभाको समानुपातिक तर्फ पूर्वसचिव हरिराज आङदेम्वे, धनेन्द्र चेम्जोङ, पत्रकार विपेन्द्र गौतम, गंगामायाँ आङदेम्वे, रामराज आङदेम्वे, आशा आङदेम्वे, निरवहादुर विश्वकर्मा, धनराज तुम्वापो लगायतको नाम सिफारिस गरेको छ । संघीय प्रतिनिधिसभा सदस्यमा नेता भिष्मराज आङ्देम्बेले टिकट पाउने सम्भावना बलियो छ । पार्टी केन्द्रीय सदस्य भएका कारण आङ्देम्बे बलियो दाबेदार मानिएका छन् । आङ्देम्बे पछि हटेको अवस्थामा महासमिति सदस्य मित्रप्रसाद काफ्ले उम्मेदवार बन्ने निश्चित छ । प्रदेशसभा सदस्यका लागि पाँचथर क्षेत्र नम्बर कमा सभापति नरेन्द्रकुमार केरुङको सम्भावना बलियो छ । तर, सचिव रुपनारायण जवेगू दलबल सहित टिकट आफूले पाउनुपर्ने लविङ गर्दै राजधानी काठमाण्डौँ पुगेका छन । पाँचथर क्षेत्र नम्बर खमा महासमिति सदस्य सुरेन्द्रकुमार दाहालले टिकट पाउने सम्भावना अधिक छ ।

 

त्यस्तै एमालेले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पूर्वसांसद वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ पूर्वमन्त्री डम्वरसिंह सम्वाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले प्रदेश सभा सदस्यका लागि क्षेत्रीय कमिटीहरुले सिफारिस गरेका आकांक्षीहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । प्रदेश सभाका लागि पाँचथर क्षेत्र नम्बर क र ख बाट प्रत्यक्ष र समानुपातिकबाट तर्फ पाँच–पाँच जनाको नाम सिफारिस गरेको सचिव तिवेन्द्रराज चापागाईले बताए ।

प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ क्षेत्र कमा सांसद गणेशकुमार काम्वाङ, नेता थुमनाथ चापागाई, सचिव तिवेन्द्रराज चापागाई, जिल्ला सचिवालय सदस्य महेन्द्रविक्रम थाम्सुहाङ र भवानी लिङदेनको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जवेगु, वीरदल राई, सुदर्शन थापा र कमल जवेगूको नाम सिफारिस गरिएको चापागाईले बताए । यस्तै पाँचथर क्षेत्र न ख मा २ मा प्रत्यक्षतर्फ नरेन्द्र वस्नेत, कृष्ण आङदेम्वे, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती तथा समानुपातिक तर्फ गोविन्द तामाङ, नरवहादुर खड्का, ड्राइभरसिंह महरा, करुणा राई र सन्त राईको नाम सिफारिस गरिएको हो ।

माओवादीले पनि दसैं अघि नै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनौट गरिसकेको छ । माओवादी पाँचथरले संघीय प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री एवं सांसद् श्रीप्रसाद जवेगूलाई चयन गरेको छ भने प्रदेश सभाको लागि पाँचथर क्षेत्र नं क १ मा पार्टीका इञ्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ र पाँचथर क्षेत्र नं खमा पार्टीका केन्द्रीय सचिवालय सदस्य इन्द्र आङवो ‘मौसम’ लाई सर्वसहमत रुपमा उम्मेद्वारको रुपमा छनौट गरेको छ ।  प्रतिनिधिसभा तथा प्रदेश सभाको समानुपातिकतर्फ नेताहरु नरवहादुर दुलाल ‘नेटवर्क’, अमरसिंह थापा, सीता थेवे ‘प्रमिला’, सुरेन्द्र जवेगू ‘नविन’, होमबहादुर जवेगू ‘सूर्यमान’, शंकरध्वज नेम्वाङ, मेदनी खत्री, रविन मुखिया, चिरञ्जिवी लामिछाने, निरानन्द घिमिरे लगायतले उम्मेदवारको रुपमा सिफारिस हुने आकांक्षा देखाएका छन् । माओवादीले आन्तरिक छलफल पश्चात समानुपातिक उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।