रोहिंग्याको जोखिमपूर्ण यात्रा जारी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, ढाका   |   असोज २४, २०७४

– माफ नदी तरेर बंगलादेशमा शरण लिने क्रममा रोहिंग्या समुदायका १० बालबालिकाको मृत्यु

– तथ्यांकअनुसार बंगलादेशमा म्यानमारबाट भागेका पाँच लाखभन्दा बढी रोहिंग्या समुदायका व्यक्ति आश्रित
– २५ अगस्टदेखि रोहिंग्या समुदायका अधिकांश व्यक्ति डुंगा प्रयोग गरी माफ नदी पार गर्दै

– १५ दिनभित्र सरसफाइको कामले तीव्रता नपाउँदा शिविरमा हैजा फैलन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

म्यानमारको मुस्लिम समुदाय रोहिंग्याले जोखिमपूर्ण यात्रा गर्दै बंगलादेश जाने क्रम बढ्दो छ । बंगलादेशमा शरण लिने क्रममा उनीहरूको ज्यान नै जोखिमपूर्ण रहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको माफ नदी तरेर रोहिंग्या समुदायका मानिस बंगलादेश जाने गरेका छन् । माफ नदी पार गर्ने क्रममा धेरै रोहिंग्या मुसलमानको ज्यान गइसकेको छ ।

१० बालबालिका मृत अवस्थामा

माफ नदी पार गरी बंगादेश जाने क्रममा १० बालबालिका मृत अवस्थामा भेएिको बंगलादेशी प्रहरीले जनाएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै ती बालबालिकको शव नदीमा तैरिरहेको अवस्थामा भेट्टाएको हो । कोक्स बजार जिल्लामा पर्ने माफ नदीमा थप एक पुरुष र महिलाको समेत शव भेटिएको प्रहरीले अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई जानकारी दिएको छ । तथ्यांकअनुसार बंगलादेशमा पाँच लाखभन्दा बढी रोहिंग्या समुदायका व्यक्ति आश्रित छन् । उनीहरूको बसोवास व्यवस्थित छैन । सुरक्षित रहनका लागि उनीहरू अव्यवस्थित रूपमै बंगलादेशी शिविरमा आश्रित हुन बाध्य छन् ।

डुंगाको प्रयोग

गत २५ अगस्टदेखि रोहिंग्या समुदायका अधिकांश व्यक्ति डुंगा प्रयोग गर्दै माफ नदी पार गरिरहेका छन् । डुंगाको क्षमताभन्दा बढी व्यक्ति बस्दा दुघर्टना हुने गरेको प्रहरीको भनाइ छ । यस क्रममा सोमबारसम्म सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । म्यानमारको सैनिकले बस्तीमा आगो लगाउनुका साथै लखेटेपछि उनीहरू आफ्नो ज्यान रक्षा गर्न बंगलादेश पुगेका हुन् ।

अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

लाखौँ रोहिंग्या मुस्लिम शरण लिन आएपछि बंगलादेशले अन्तर्राष्ट्रिय समुदायसमक्ष राहतका लागि अपिल गरेको छ । आन्तरिक रूपमा विस्थापित भएका रोहिंग्याहरूलाई खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत तत्काल पु¥याउन नसकेको बंगलादेशी सरकारले जनाएको छ । यसैगरी दाता समूहले पनि रोहिंग्यालाई तत्काल अत्यावश्यक पर्ने वस्तु उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
गरेको छ ।

शरणार्थी शिविरमा हैजाको जोखिम

यता विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिइरहेका रोहिंग्या समुदायका नागरिकलाई हैजाको उच्च जोखिम रहेको जनाएको छ । शरण लिइरहेको शिविरमा स्वास्थ्य, खानेपानीका साथै सरसफाइमा ध्यान नदिइएको संगठनको भनाइ छ । यसकारण यस क्षेत्रमा हैजाको प्रकोप फैलिन सक्ने खतरा उच्च रहेको संगठनले बताएको छ । माफ नदी पार गरी बंगलादेशमा शरण लिइरहेका रोहिंग्या समुदायले ७० भन्दा बढी शिविर बनाएका छन् । अबको १५ दिनभित्र सरसफाइको कामले तीव्रता नपाउँदा शिविरमा हैजा फैलन सक्ने चेतावनी संगठनले दिएको छ । तत्कालै शिविरमा शुद्ध पानी वितरण गर्नुपर्ने देखिन्छ ।