शिक्षक बन्ने रहर भए बिजनेसम्यान - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २४, २०७४

विश्वकै ठूलो अनलाइन बिजनेस अलिबाबा ग्रुपका अध्यक्ष हुन् ज्याक मा । चीनकै धनी व्यक्तिमा उनको नाम दर्ज छ । इन्टरनेटले विश्वकै अर्थव्यवस्थामा उथलपुथल पारिरहेका वेला बजारको ठूलो हिस्सामा अलिबाबाले कब्जा जमाएको छ । त्यसैले त ज्याक विश्वभर चर्चित छन् । तर, अनलाइन व्यवसायमा सफलता चुम्न ज्याकले ठूलै दुःख बेहोरे । उनको संघर्षको कथा फिल्मजस्तो लाग्छ ः

विश्वकै ठूलो अनलाइन व्यापार

करिब ३० वटा जागिरबाट अस्वीकृत भएपछि ज्याक माले अलिबाबाको सुरुवात गरेका थिए । आजको दिनमा इन्टरनेट कम्पनीहरू जबर्जस्त फाइदामा छन् । ई–कमर्स बजार विश्वमा सबैभन्दा अगाडि छ । ज्याकको कुल सम्पत्ति ३५ हजार करोड रुपैयाँ छ । उनको अलिबाबा ग्रुपले विश्वमै सबैभन्दा धेरै अनलाइन सामान बिक्री गर्छ । यो कम्पनीले एक दिनमा १५ सय अर्ब रुपैयाँको सामान बिक्री गर्छ ।

यसरी सुरु गरे अलिबाबा डट कम

ज्याकको पहिलो कम्पनी चाइना पेजेज थियो । यो एक अनलाइन डायरेक्ट्री थियो । यसले डायरेक्ट्री व्यापारी र ग्राहकबीच पुलको काम गथ्र्यो । अर्थात् दुई पक्षबीच यसले लिंक उपलब्ध गराउँथ्यो । तर, यो काममा ज्याकलाई सफलता मिलेन । अन्ततः चाइना पेजेज चिनियाँ सरकारले आफ्नो कब्जामा लियो र एउटा सरकारी पोर्टल बनाइदियो ।

ज्याक मा, अध्यक्ष, अलिबाबा ग्रुप

तर, ज्याकले यो प्रतिफलबाट हार मानेनन् । २२ फेब्रुअरी १९९९ मा उनले अलिबाबा डट कम सुरु गरे । यसका लागि उनले आफ्ना १७ जना साथी तयार गरे । ज्याकले आफ्नो योजना सुनाउँदा उनीहरू खुसी भएर ज्याकलाई साथ दिएका थिए । लभगभ ६५ लाख रुपैयाँ जम्मा गरेर उनीहरूले अलिबाबा सुरु गरे ।

जीवनका मोडमा असफलै असफल

ज्याक पढाइमा उत्कृष्ट विद्यार्थी थिएनन् । उनी पाँच कक्षामा दुईपटक र आठ कक्षामा पनि तीनपटक फेल भएका थिए । उनी पुलिसमा भर्ती हुन चाहन्थे । निवेदन पनि दिए । तर, उनी फेल भए । प्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा पढ्नका लागि कैयौँ प्रयास गरे । तर, सधैँ ‘रिजेक्ट’ मात्रै भए । जब उनको सहरमा केएफसीले आफ्नो शाखा खोल्यो, त्यहाँ जागिरका लागि प्रयास गर्दा पनि उनी अस्वीकृत नै भए । करिब ३० जागिरबाट अस्वीकृत भएपछि ज्याकले अलिबाबा सुरु गरे र सफल पनि भए ।

सुन्दर थिएनन् तर, प्रेम बस्यो

ज्याकले जेङयिङसँग विवाह गरे । अहिले उनका एक छोरा र एक छोरी छन् । उनी हाङझोऊ विश्वविद्यालयमा पढ्दै गर्दा जेङयिङसँग पहिलो भेट भएको थियो । पढाइ सकेपछि उनले तुरुन्त विवाह गरे । जेङयिङका अनुसार ज्याक सुन्दर थिएनन्, तर कुनै सुन्दर पुरुषले गर्न नसक्ने काम उनले गर्न सक्ने देखेर आफूले प्रेम गरेको बताउँछिन् ।

चाहना एकातिर यात्रा अर्कोतिर

ज्याकलाई अंग्रेजी खुबै मन पर्छ । पढाइ सकेपछि उनले सामान्य अंग्रेजी शिक्षकका रूपमा केही समय काम गरे । तर, उनी यो विषयको ‘प्रोफेसनल’ शिक्षक बन्न चाहन्थे । अर्कोतर्फ, उनी कम्प्युटरका बारेमा धेरै जान्दैनथे । उनलाई यतिसम्म पनि थाहा थिएन कि मेल कसरी पठाउने । १० सेप्टेम्बर १९६४ मा चीनको जेजिआङ प्रान्तको सानो गाउँ हान्हाजुमा जन्मिएका ज्याकले १२ वर्षको हुँदा अंग्रेजी सिक्न मन गरेका थिए । यसका लागि उनले विदेशी पर्यटकलाई ‘गाइड’ गर्थे । हल्काफुल्का अंग्रेजी बोल्ने उनी पर्यटक लिएर घुम्न थालेपछि राम्रो बोल्न सक्ने भए ।

अलिबाबालाई यो अवस्थामा पु¥याउन ज्याकको दिमागी जादुले काम गरेको छ । सामान्य अंग्रेजी शिक्षकबाट यति ठूलो अनलाइन सपिङ कम्पनीको मालिक बन्दासम्मको ज्याकको जीवनयात्रा फिल्मी कहानीजस्तो लाग्छ ।