के होला मलिनाको रानी ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २३, २०७४

पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी अभिनीत प्रदर्शनमा आएका कुनै फिल्म पनि सफल भएनन् । उनी अभिनीत प्रतिक्षित फिल्म ‘रानी’ कात्तिक २ देखि प्रदर्शन हुँदै छ । तर, मलिना वुमन इन कन्सर्ट युएस यात्रामा सहभागी हुन अमेरिका उडेकी छिन् । रानीमा उनी प्रमुख भूमिकामा छिन् । निर्माता, निर्देशकले फिल्म प्रचारप्रसारमा मलिनाको साथ खोजेका छन् । तर, उनी अब फिल्म रिलिज भएपछि मात्रै स्वेदश फर्कनेछिन् ।

आफू अभिनीत फिल्मको प्रचारप्रसारमा पर्याप्त समय नदिने मनिला मात्रै पहिलो कलाकार होइनन् । निखिल उप्रेतीले ‘निर्भय’ र ‘राधे’ फिल्मको प्रमोसनमा निर्माता, निर्देशकलाई साथ दिएका थिएनन् । त्यसैगरी, दयाहाङ राई र केकी अधिकारीले पनि ‘घामपानी’ फिल्मको प्रचारप्रसारमा त्यत्ति समय व्यवस्थापन गरेका थिएनन् । त्यसैगरी, शिल्पा पोखरेलले आफू अभिनीत ‘वृन्दावन’ र ‘हामी शरणार्थी’लाई पनि साथ दिइनन् । भुवन केसीले ‘ब्ल्याक डायरी’को वास्ता गरेनन् भने ‘जय पर्शुराम’का लागि विराज भट्ट खटिएनन् ।

दयाराम दाहाल निर्देशित रानीमा मलिना दुई नवअभिनेता शारुख ताम्राकार र मनीष श्रेष्ठको केन्द्रमा छिन् । उनले रानीलाई विशेष रूपमा लिनुपर्ने थियो । तर, उनले त्यसो गरिनन् । उनी अभिनीत ‘झुम्की’, ‘ऋतु’, ‘द विनर’, ‘संरक्षण’ र ‘लीला’ फ्लप भए । रानीबाट भने आस गरिएको छ । रानीबाट उनले आफूलाई अब्बल प्रमाणित गरिन् भनेचाहिँ केही वर्ष उनलाई फिल्मको अभाव नहुने अनुमान गर्न सकिन्छ ।