सरकारी जागिर त्यागेर कृषि हुँदै राजनीतिमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २२, २०७४

एमाले नेता मोहनसिंह राठोर संसद्को सुशासन तथा अनुगमन समितिका सभापति पनि हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कैलाली–२ बाट प्रत्यक्ष निर्वाचित राठोरको राजनीतिक जीवनमा निकै उतार–चढाव भेटिन्छन् । पराजयका विभिन्न मोड पार गर्दै उनी राजनीतिमा सफलता खोजिरहेका छन् । पूर्वशिक्षा तथा खेलकुद राज्यमन्त्रीसमेत रहेका राठाैरले नयाँ पत्रिकाका कृष्ण कट्टेललाई आफ्नो जीवनका उतार–चढाव सुनाएः

पहाड र तराईमा बितेको बाल्यकाल

०१० मा जन्म भयो, सल्यानमा । ९–१० वर्षको उमेरसम्म गाउँकै पाठशालामा अध्ययन गरेँ । त्यतिखेर चौतारी नै स्कुल हुन्थ्यो । खरिपाटीमा लेखेर पढिन्थ्यो । भारतबाट आएका साधुसन्त जोगी बाबाहरूले पढाउने लेखाउने गर्नुहुन्थ्यो । पछि जिल्ला सदरमुकाममा ५ कक्षासम्म अध्ययन गरेँ । हाम्रो जग्गा तराईतिर पनि थियो । ०२१ मा हामी कैलाली झ¥यौँ । १० कक्षासम्मको अध्ययन नेपालगन्जमा गरेँ । त्यसलगत्तै काठमाडौं आएर पब्लिक कमर्स कलेजमा आइकम पढेँ । नेपाल कमर्स क्याम्पसबाट बिकम गरेँ । अनि, त्रिभुवन विश्वविद्यालयबाट ०३४ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेँ ।

ट्राभल्सको जागिरदेखि सरकारी सेवासम्म

त्रिविमा अध्ययनपछि करिब २ वर्ष यति ट्राभल्समा काम गरेँ । त्यसपछि ०३६ देखि ०४२ सरकारी सेवामा आबद्ध भएँ । सुरुमा कृषि मन्त्रालयअन्तर्गत बजार सेवा विभागमा सहायक कृषि बजार विज्ञका रूपमा अधिकृत स्तरको पदमा रहेर काम गरेँ । त्यतिखेर सिरहाको लहानमा सगरमाथा एकीकृत ग्रामीण विकास परियोजना थियो । त्यहाँ कृषि बजार विकास परियोजनाको कार्यालय प्रमुखका रूपमा ०३८ देखि ४ वर्ष काम गरेँ ।

पञ्चायत कालमा कर्मचारी क्षेत्रमा धेरै विकृति थिए । म त्यहाँ रमाउन सकिनँ । तत्कालीन कृषिमन्त्री हेमबहादुर मल्लले व्यावसायिक कृषितर्फ मुलुकलाई लैजानुपर्छ भनेर जनकपुरमा माछापालनलगायत कार्यक्रम लैजानुभएको थियो । लहानबाट जनकपुर नजिक पनि प¥यो । त्यहाँको बसाइका क्रममा मैले व्यावसायिक कृषितर्फ प्रेरित हुने मौका पाएँ । सरकारी कर्मचारीको हैसियतमा मलाई आत्मसन्तुष्टि थिएन । सुदूरपश्चिममा कृषिको परम्परागत प्रणालीलाई सुधार गर्दै व्यावसायिक कृषितर्फ लैजान मलाई मन थियो । अन्ततः म सरकारी जागिरबाट राजीनामा दिएर कैलाली फर्किएँ ।

मोहनसिंह राठाैर, सभापति, संसद्काे सुशासन तथा अनुगमन समिति

गाउँमा कृषि गर्न जाँदा धेरैले गिज्याए

सरकारी जागिर छाडेर गाउँघरमै हलो जोत्न आयो भनेर साथीभाइ र आफन्तले उँडाए । कतिपयले गिज्याए । पढेलेखेको मानिसले के गरेको भन्दै प्रश्न गर्थे । व्यावसायिक कृषितर्फ लाग्न सके सिंगो मुलुकलाई पनि फाइदा गर्छ भन्ने लागेर मैले आफ्नै जग्गामा कृषि काम थालेको थिएँ ।

हाम्रो जग्गाजमिन प्रशस्तै थियो । ट्र्याक्टर पनि किनेँ । कृषि विकास बैंकबाट ऋण लिएर बोरिङ, पम्पसेट बनाएँ । धान गहुँ मात्र होइन, माछापालन र फलफूल खेती पनि गर्न सकिने सम्भावना देखेँ । एउटा ड्राइभरसँग संगत बढाएर ट्र्याक्टर चलाउन सिकेँ । आफैँले जोत्ने काम गर्न थालेँ । माछापोखरी बनाएँ, बगैँचा बनाएँ । मेरो काम देखेर अन्य साथीले पनि सिको गर्दै थिए । म सन्तुष्ट नै थिएँ ।

थाहै नपाई राजनीतिमा

०४६ को आन्दोलनपछि बहुदलीय व्यवस्था आयो । पार्टीहरूले आफ्नो संगठन विस्तार गर्न थाले । तत्कालीन मालेका साथीहरू मकहाँ पुग्नुभयो । त्रिविमा पढ्दा विद्यार्थी संगठनको प्रगतिशील राजनीतिमा प्रभावित थिएँ । त्यो कुरा थाहा पाएर उहाँहरू पुग्नुभएको रहेछ । त्यो क्षेत्रमा वर्चस्व भने नेपाली कांग्रेसको थियो ।

०३६ को जनमत संग्रहमा कांग्रेसका कारण कैलालीमा बहुदल पक्षले नै जितेको थियो । त्यो वेला बहुदल र कांग्रेस भनेको एक–अर्काका पर्यायजत्तिकै बुझिन्थ्यो । मेरो दाइ स्वयं कांग्रेसको स्थानीय स्तरको नेता हुनुहुन्थ्यो । त्यही समयमा मालेका साथीहरू आएर मलाई निकै करकाप गर्नुभयो । तपार्इंले अगुवाइ गर्दिनुप¥यो भनेर संगठन विस्तारको काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

धेरै समय दिनुपर्दैन, अगुवाइ गरौँ न त भनेर म तयार भएँ । प्रारम्भिक कमिटीलाई त्यसवेला गाउँ पार्टी सक्रिय दल भन्ने गरिन्थ्यो । त्यसको प्रमुख भएर काम गरेँ । लगत्तै तत्कालीन माक्र्सवादी र मालेको एकीकरण भएर एमाले गठन भयो । पार्टी एकीकरण भइसकेपछि आ–आफ्ना साथीभाइ देखाएर जिल्ला कमिटी बनाउने कुरा आयो । माक्र्सवादीका यति र मालेका यति भन्दै संख्या देखाएर जिल्ला कमिटीमा जानुपर्ने अवस्था थियो । साथीहरूको आग्रहमा जिल्ला कमिटीमा बसेँ । आफ्नै तहमा बसेर साथीहरूलाई सहयोग गर्ने र मूल रूपमा भने कृषिमै सक्रिय रहने मेरो सोच थियो ।

दुईपटक गाविस अध्यक्ष

जिल्ला कमिटीमा गइसकेपछि बढी समय दिनुपर्ने भयो । लगत्तै ०४८ मा संसदीय चुनाव आयो । चुनावमा जित्न सक्ने व्यक्ति को छ भन्दै जाँदा साथीहरूले मेरो नाम लिनुभयो । त्यसवेला कैलालीमा तीनवटा निर्वाचन क्षेत्र थिए । त्यो वेला नेपाली कांग्रेसकै चर्चा थियो । हार्नकै लागि त के उठिरहून् ? भन्ने पनि लाग्यो । साथीहरू उठ्नुभयो । हामीले जित्नका लागि प्रयत्न ग¥यौँ, तर सकेनौँ ।

०४९ मा स्थानीय निकायको निर्वाचन भयो । जित्ने उम्मेदवारको खोजी फेरि सुरु भयो । कांग्रेसतिर बलिया मान्छेहरू थिए । साथीहरूले तपाईं उठ्नुस भनेर दबाब दिनुभयो । हाम्रो संगठन मजबुत थिएन । तर, ०४२ देखि ०४९ सम्म मैले गाउँघर स्तरमा एक प्रकारको प्रभाव बनाइसकेको थिएँ । अन्ततः स्थानीय निकायको निर्वाचनमा उठेँ । राम्रै मतले गाविस अध्यक्षमा विजयी भएँ । कैलालीको तत्कालीन दुईवटा नगरपालिका र ४२ वटा गाविसमध्ये सात ठाउँमा हामीले जित्यौँ । गाविस अध्यक्षमा निर्वाचित भइसकेपछि राजनीतिमा बढी समय दिनुपर्ने भयो । आधुनिक कृषि कामदार साथीहरूको भरमा अगाडि बढ्यो । बगैँचामा लगाएका बोटबिरुवा तथा माछाहरूको स्याहार राम्रो हुन पाएन । बैंकबाट ल्याएको ऋण तिर्नुपर्ने थियो । बिस्तारै मेरो आधुनिक खेती ओझेलमा प¥यो ।

गाविस अध्यक्षसँगै पार्टीको जिल्ला संगठनको उपसचिव भएँ । ९० प्रतिशतभन्दा बढी समय राजनीतिमा दिनुपर्ने भयो । ०५१ को निर्वाचनमा फेरि लड्नुप¥यो भन्ने कुरा आयो । त्यसवेला कैलालीमा चारवटा निर्वाचन क्षेत्र भइसकेका थिए । थारू बाहुल्य क्षेत्रमा म चुनाव उठ्दै गर्दा संगठन पनि कमजोर थियो । मलाईभन्दा थारू समुदायकै साथीलाई टिकट दिनुपर्छ भन्ने कुरा राखेँ । पार्टीले मेरा लागि दिएको औपचारिक टिकटलाई संशोधन गराएर हनुमान चौधरीलाई उठायौँ । तर, हामीले आँकलन गरेअनुसार तीनवटा निर्वाचन क्षेत्र जित्दा पनि त्यो निर्वाचन क्षेत्र भने हारियो ।

निर्वाचनपछि अल्पमतको सरकार बन्यो । विकास निर्माणका लागि थोरै रकम लगे पनि जनताको बीचमा प्रभावकारी काम गर्न थाल्यौँ । त्यसपछि एमालेप्रतिको जनलहर बढ्यो । ०५४ मा फेरि स्थानीय निकायको चुनाव भयो । साथीहरूलाई उठ्न आग्रह गरे पनि मलाई नै उम्मेदवार बन्न दबाब दिनुभयो । त्यसपछि म फेरि चुनाव उठेर गाविस अध्यक्षमा निर्वाचित भएँ ।

राजनीतिमा नमीठो पल

गाविस अध्यक्षमा दोस्रोपटक निर्वाचित भएको केही महिनापछि जिल्ला विकास समितिको चुनाव भयो । सभापतिका लागि पार्टीको तर्फबाट म उठेँ । केन्द्रमा लोकेन्द्रबहादुर चन्द र वामदेव गौतमको संयुक्त सरकार थियो । स्थानीय तहमा हामीले धेरै ठाउँ जितेका थियौँ, आफ्नो गाउँ आफैँ बनाऔँ अभियान निकै लोकप्रिय थियो । तर, कांग्रेस र हाम्रो बराबरी अवस्था थियो । राप्रपाले जसलाई समर्थन गथ्र्यो, उसैले जिल्ला विकास समितिमा नेतृत्व गर्ने अवस्था थियो । मुलुकका विभिन्न ठाउँमा एमाले र राप्रपाको गठबन्धन भएर हाम्रा साथीले जिते । तर, कैलालीको हकमा भने त्यस्तो भएन । राप्रपाले कांग्रेसलाई समर्थन गरेपछि जिल्ला विकास समितिमा म निर्वाचित हुन सकिनँ । एकातिर जिविस सभापति भइएन भने अर्कोतिर उम्मेदवार बनिसकेपछि गाविस अध्यक्षको पद गइसकेको थियो ।

०५६ मा प्रतिनिधिसभाको चुनाव फेरि आयो । २ नम्बर क्षेत्रबाट उठ्नुपर्छ भन्ने कुरा आयो । संगठन कमजोर नै थियो । जित्ने आशा नहुँदानहुँदै उठेँ, तर पराजित भएँ । पछिल्लो क्रममा म पार्टीको आठौँ र नवौँ महाधिवेशनमा केन्द्रीय समितिमा खुला तर्फबाट प्रतिस्पर्धामा उत्रिएँ, तर दुवैमा पराजित भएँ ।

राजनीतिमा यसरी उकालो

पार्टीभित्र जिम्मेवारी बढ्दै गयो । जिल्लामा पार्टी सचिव भएर काम गरेँ । सचिव त्यसवेला कार्यकारी प्रमुख मानिन्थ्यो । ०५९ मा केन्द्रीय अनुशासन निरीक्षण कमिटीको सदस्य भएँ । ०६० देखि निरन्तर काठमाडौं बस्न थालेँ । ०६३ मा शिक्षा तथा खेलकुद राज्यमन्त्रीको जिम्मेवारी पाएँ । सांसद् नभए पनि मन्त्री बन्न पाउने प्रावधान थियो । पार्टीले मूल्यांकन गरेर राज्यमन्त्रीको जिम्मेवारी दियो ।
०६४ मा संविधानसभाको पहिलो निर्वाचन भयो । मलाई पार्टीले चुनावमा उठायो ।

तर, देशभर माओवादीको दबदबा थियो । अन्ततः पराजित भएँ । शिक्षा तथा खेलकुद राज्यमन्त्री हुँदा मैले आफ्नो क्षेत्रमा केही महŒवपूर्ण काम गरेँ । करिब १८ वटाजति प्ल टु कलेज थपेँ । आफ्नो निर्वाचन क्षेत्रमा दुईवटा क्याम्पस लगेँ । सिटिइभिटीको सम्पर्क कार्यालय सुदूरपश्चिम र मध्यपश्चिममा थिएन । मैले एउटा धनगढी र अर्को नेपालगन्जमा स्थापना गराएँ । त्यो बिस्तारै अगाडि बढिरहेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा कभर्ड हल सुरुवात गरेको थिएँ । अधुरो अवस्थामा थियो । ७० को संविधानसभाको निर्वाचनमा निर्वाचित भएँ । त्यहाँको कभर्ड हल निर्माणको बाँकी काम अहिले पूरा गरिएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा जनताले जिताए । त्यसयताका दिनमा संविधान निर्माण र कार्यान्वयनमा सकेको भूमिका खेलेको छु । पार्टीले डेढ वर्षअघिदेखि मलाई संसद्को सुशासन तथा अनुगमन समितिको सभापतिमा रहने जिम्मेवारी दियो । सक्रिय राजनीतिलाई अझै सक्रिय बनाउने चाहना छ ।