सम्पादकीय : ध्रुवीकरणको शृंखला - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २२, २०७४

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच निर्वाचनमा तालमेल गर्दै पार्टी एकता नै गर्ने सहमति भएपछि त्यसले देशभित्र र बाहिरसमेत तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ । आफूसँग सरकारमा रहेको र केही अघिसम्म दीर्घकालीन सहकार्य गर्ने सहमतिमा कायम रहेको माओवादी केन्द्र अचानक मुख्य प्रतिद्वन्द्वी दल एमालेसँग चुनावी तालमेलमा सामेल भएपछि कांग्रेसले पनि गैरवामपन्थी गठबन्धनको प्रयास आरम्भ गरिसकेको छ । यसैगरी, मधेसमा क्रियाशील संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टिबीच पनि निर्वाचनमा तालमेल गरेर जाने सहमतिमा हस्ताक्षर भएको छ । साथै, उनीहरूले कांग्रेससँग सहकार्यको सम्भावनालाई खुला राखेका छन् । एमालेको निर्वाचन चिह्नमा चुनाव लड्ने गरी केही दल र स्वतन्त्र व्यक्तिले सम्झौता गरेका छन् । माओवादी केन्द्रसँग पनि मिलेर उसैको निर्वाचन चिह्नमा चुनाव लड्ने गरी केही दलले सहमति–सम्झौता गरेका छन् । यी सबै घटनाक्रमले राजनीतिलाई तीव्र रूपले गतिशील बनाइदिएको छ । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन जम्मा सात दिन बाँकी रहेको सन्दर्भमा एकातिर दलहरू आन्तरिक गृहकार्यमा सक्रियतापूर्वक जुटेका छन् भने अर्कातिर निर्वाचनपछिको परिदृश्यमा आफ्नो स्थान र हैसियतबारे चिन्ता गर्दै सकेसम्म मिलेर निर्वाचनमा जान रुचि देखाइरहेका छन् । एमाले–माओवादी एकतालाई नेपालको राजनीतिमा चीनको प्रभाव विस्तारका रूपमा भारतीय अखबारले व्याख्या गरेको, अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गर्ने गरी हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अन्तिम समयमा आएर रोकिएकोजस्ता विषयले यो एकताको भूराजनीतिक असर पनि देखिन थालेको अनुमान गरिएको छ ।

दलहरूबीच हुने गठबन्धनका दुईवटा पक्ष हुन्छन् । एउटा गठबन्धन निर्वाचन भइसकेपछि आफ्नो हैसियतअनुसार नयाँ सरकार गठन गर्दा या बीचमा सरकार परिवर्तन गर्दा हुने गर्छ । यस्तो गठबन्धनले जनतालाई छनोटको अधिकार दिँदैन, केवल दल र त्यसका नेताको अल्पकालीन हितमा यी गठबन्धन बन्ने र भत्कने गर्छन् । अर्को गठबन्धन निर्वाचनपूर्व गरिने र गठबन्धनका माध्यमबाटै जनतालाई सीधा अपिल गर्दै अनुमोदन खोज्ने गरी गरिन्छ । यस्तो गठबन्धनबारे जनताको मत निर्वाचनमार्फत व्यक्त हुन पाउँछ । अर्थात् जनतालाई छनोटको अधिकार हुन्छ । यसैले निर्वाचनपछिको गठबन्धनभन्दा निर्वाचनअघिको गठबन्धन राम्रो मानिन्छ । तर, खासगरी कांग्रेसको वृत्तबाट जे–जस्ता प्रतिक्रिया सार्वजनिक भएका छन् त्यसले यो गठबन्धनबाट सो दलका नेतालाई एउटा धक्का लागेकोजस्तो देखिन जान्छ । यस्तो गठबन्धनलाई लोकतन्त्रविरोधी या राष्ट्रियता विरोधी भनेर बिल्ला लगाउनु तर्कसंगत मान्न सकिन्न । किनभने, यो संविधानमार्फत हामीले जुन बहुलवादसहित लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणाली अपनाइरहेका छौँ त्यसको स्थापना र विकासमा दुवै वामपन्थी दलको भूमिका कांग्रेसको भन्दा कम थियो भन्न मिल्दैन । संविधानले परिकल्पना गरेका राजनीतिक मूल्यको सीमाभित्र बसेर बन्ने गठबन्धनबारे चिन्ता लिइरहनु जरुरी पनि छैन । यस्ता गठबन्धनमध्येबाटै छनोट गर्ने अधिकार जनतालाई भएकाले ठीक–बेठीक छुट्याउने र असललाई छनोट गर्ने जिम्मेवारी जनतालाई नै दिनु र जुनसुकै गठबन्धनलाई पनि प्रजातान्त्रिक अभ्यासका रूपमा स्विकार्नु नै उचित देखिन्छ ।