इपिजीको पाँचौँ बैठक : सीमा व्यवस्थापनमा केन्द्रित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं, २१ असोज   |   असोज २२, २०७४

नेपाल र भारतबीच भएका सबै सन्धि सम्झौता पुनरावलोकन गरेर सरकारलाई सुझाब दिन गठिन प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक शनिबार सुरु भएको छ । बैठकमा १९५० को सन्धि, सीमा व्यवस्थापन र नेपाल–भारत जलस्रोत सहकार्यका विषयमा छलफल भएको छ ।

बैठकमा इपिजीको नेपालका सदस्य एवं पूर्वसचिव सूर्यनाथ उपाध्यायले नेपाल–भारत सीमा व्यस्थापनबारे प्रस्तुतीकरण गरेका थिए । स्रोतका अनुसार उनले नेपाल र भारतबीच सीमा खुला भए पनि सुरक्षाका हिसाबले नियन्त्रित नै रहेको बताएका थिए ।

दुवैतर्फ मजबुत सुरक्षा उपस्थिति रहेको, तर आवतजावत गर्ने सर्वसाधारणको रेकर्ड राखिनुपर्ने उपाध्यायको भनाइ थियो । नेपाल र भारत दुवैको सुरक्षा स्वार्थ सम्बोधन गर्न सीमा व्यवस्थापन हुनुपर्ने र परिचयपत्रका आधारमा आवतजावत हुनुपर्नेमा उनको जोड थियो ।

बैठकमा जलस्रोत र १९५० को सन्धिबारे पनि छलफल भएको समूहका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले जानकारी दिए । नेपालका तर्फबाट थापासहित सदस्यहरू सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र डा. राजन भट्टराई सहभागी थिए । भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी थिए । पाँचौँ बैठक आइतबार पनि निरन्तर हुने सदस्य डा. भट्टराईले जानकारी दिए । छैटौँ बैठक दुई महिनापछि भारतमा बस्ने गरी पाँचौँ बैठक सम्पन्न हुनेछ ।

संयोजक डा. थापाले बैठकमा दुवैतर्फबाट खुला र सघन रूपमा छलफल भएको बताए । उनले आगामी वर्ष इपिजीको म्याद सकिनुअघि नै प्रतिवेदन तयार गर्नेगरी दुवै पक्ष एक भएर सक्रिय भएको पनि जानकारी दिए ।