चुनौति सामना गर्न कांग्रेसभित्र एकता अनिवार्य : प्रदीप पौडेल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

उपेन्द्र खनाल, तनहुँ, २१ असोज   |   असोज २१, २०७४

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र एकता जरुरी रहेको बताएका छन । तनहुँको थर्पुमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताए ।

 

 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले जसलाई टिकटदिए पनि खुलेर सबैले सहयोग गर्नुपर्ने भन्दै उनले पार्टीले पनि लोकप्रिय र जित्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने धारणा व्यक्त गरे ।

टिकट वितरणमा स्थानीय तहको निर्वाचनमा जस्तो कमजोरी दोहोर्याउन नहुने भन्दै उनले पार्टीले आधिकारिक उम्मेदवार बनाइसकेपछि भने जसलाई पनि पूर्ण रूपमा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसपटक कांग्रेस खलबलियो भने सदाका लागि कमजोर बन्छ । त्यसैले पार्टीले जसलाई टिकट दिन्छ, त्यसलाई एकताबद्ध भएर जिताउन लाग्नुपर्छ ।’

एकताबद्ध र सुदृढ कांग्रेसले मात्र विद्यमान चुनौति सामना गर्न सक्ने बताएका युवा नेता पौडेलले पार्टीलाई सबैखाले चुनौति पार लगाउन सक्ने सक्षम बनाउन आवश्यक रहेको पनि बताए ।

पौडेल २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका एक बलिया उम्मेदवारका रुपमा देखिएका छन् ।